बुर्तिबाङमा निःशुल्क स्वस्थ शिविर हुँदै ।

बुर्तिबाङ फागुन ०८ गते

नेपाली सेनाको आयोजनामा यही फागुनको १० गते शनिबार बुर्तिबाङ प्रादेशिक अस्पतालमा विभिन्न रोगहरूको निःशुल्क रुपमा स्वास्थ्य शिविर मार्फत चेकजाँच तथा उपचार हुने भएको छ ।

पश्चिम बागलुङका ४ वटा पालिकामा रहेका स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई लक्षित गर्दे शिविर आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको श्री नं. २३ वाहिनी अड्डाको नेतृत्व, श्रीमेहर गणको संयोजकत्व र प्रभु बैँकको सहयोगमा शिविर सञ्चालन हुन लागेको श्री मेहर गणका सह सेनानी दुर्गा बहादुर थापाले बताउनु भयो ।

शिविरमा चिकित्सक सेवा, स्त्री तथा प्रसुती सेवा, हाड जोर्नी, सेवा, दन्त सेवा, बालरोग, छालारोग, प्रयोगशाला तथा एक्सरे सेवा साथै कृषि सेवा र आयुर्वेद सेवा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।

बिहान ८ देखि ११ बजेसम्म निःशुल्क टिकटको व्यवस्था गरिने र ११ देखि ४ बजेसम्म चेकजाँच तथा उपचार हुने सह सेनानी दुर्गा बहादुर थापाले ढोरपाटन टाइम्सलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित