Home Blog Page 130

निसीखोलाको देविस्थानमा निशुल्क स्वास्थ्य शिविर हुँदै

0

बुर्तिबाङ बैसाख २८ गते
जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ स्थित देविस्थान माध्यमिक विद्यालयमा शुक्रबार देखि ३ दिने निशुल्क आँखा शिविर तथा दुई दिने बृहत स्वास्थ्य शिविर हुने भएको छ ।
कर्मफ्लाईटस् फाउन्डेशन पोखरा र निसीखोला गाउँपालिकाको आयोजना तथा हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो ।
शिविरमा निशुल्क रुपमा आँखा परिक्षण तथा मोतियाविन्दुको अप्रेशन तथा धौलागिरी अस्पत्ताल बागलुङका डाक्टरद्धारा विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण तथा उपचार हुने जनाइएको छ । आँखाको लागी बैसाख २९ देखि ३१ गतेसम्म र स्वास्थ्य चेकजाँच तथा उपचारका निम्ती बैसाख ३० र ३१ गते शिविर हुने जनाइएको हो ।
स्वास्थ्य शिविरमा बरिष्ठ फिजिसियनद्धारा स्वास्थ्य परिक्षण, महिला तथा प्रसुती रोग सम्वन्धी विशेषज्ञ उपचार सेवा, सामान्य चिकित्सा तथा पेट सम्वन्धी विशेषज्ञ उपचार, हार्डजोर्नी तथा नशा सम्वन्धी बिशेषज्ञ सेवा, भिडियो एक्सरे र आवस्यकिय औषधी र परामर्स दिइने बताइएको हो ।
शुक्रबार बिहान ८ बजेदेखि नै सिबिर सुचारु हुने शिविर सम्योजक तथा निसीखोला गाउँपालिका १ का अध्यक्ष चन्द्रसिंह रामजालीले बताउनु भयो ।

निसीखोला गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमःनिती र कार्यक्रममा जिम्मेवार निकाय गम्भिर बन्न सहभागिको जोड

0

बुर्तिबाङ बैसाख २८
निसीखोला गाउँपालिकाद्धारा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० अन्र्तगत हालसम्म सम्पादित कार्यक्रम, योजना, बिकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा पालिकाका नागरिकको बिचमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको थियो ।
गत बैसाख ३ देखि ९ गतेसम्म ७ वटै वडामा वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको पालिकाले नागरिकका समस्या, सुनासो, र सुझाब सुन्ने र भावि दिनमा थप सुधारात्मक तवरले अगाडी बढ्ने उदेस्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको र पालिकाबासी नागरिकले दिएका सुझावलाई ग्रहण गर्दे अगाडी बद्ने गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।

आयोजित कार्यक्रमका अवसरमा सहभागिहरुले बढिमात्रामा स्वास्थ्य बीमाकार्यक्रम प्रभावकारी बन्न नसकेको, लामो समय सम्म पनी पालिकाले एम्बुलेन्स ल्याउन नसकेको, जनप्रनिधिले निर्वाचित भइसकेपछि गरेका प्रतिबद्धता तर्फ ध्यान दिन नसकेको, कृषिको आधुनिकिकरण, बजार व्यवस्थापनतर्फ प्रभावकारी नदेखिएको, छिमेकी जिल्ला संगको सिमाना विबाद टुँग्याउन नसकेको, बजार अनुगमन, करको दायरा व्यवस्थापन हुन नसकेको विषयलाई सहभागिले आफनो प्रश्नको रुपमा जोड दिएका थिए ।

त्यस्तै पालिकाले जनप्रतिनिधीका निम्ती खरिद गर्न लागिएको मोटरसाईकल खरिद अनावस्यक रहेको, सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले सरकारी सेवा सुविधा लिने तर आफना बालबच्चालाई निजी विद्यालयमा पढाउँदै गर्दा पनी पालिकाले उचित निती कार्यविधीका कार्यक्रम ल्याउन नसकेको, पालिका भित्र विभिन्न क्लबले गर्ने खेलकुदका कार्यक्रममा जुवातास मौलाउँदै गर्दा नियमन हुन नसकेको, शिक्षा कार्यविधीमा जनप्रतिनिधी विद्यालय व्यबस्थापन समितीको अध्यक्ष हुन नपाउने व्यवस्था हुँदापनी जनप्रतिनिधी विद्यालय व्यवस्थापन समितीमा हुँदै गर्दा पालिकाले समितीको अध्यक्ष पदबाट हटाउन नसकेको, शिक्षक, कर्मचारी स्वास्थ्यकर्मी भ्रमणमा जाँदै गर्दा बजेट हुने तर नागरिकको अति आवस्यक मानिएको स्वास्थ्य क्षेत्रको विकास र स्वास्थ्य बीमा तर्फ ध्यान दिन नसकेको, लगाएतका गुनासो सुझाब र प्रश्न सहभागिले राखेको हुन ।


त्यस्तै सहभागिहरुले पालिकाले योजना र बजेट ल्याउनु अगाडी बिज्ञ व्यक्तिको परामर्स ल्याउनु पर्ने, वडा सदस्यलाई पालिकाले कार्यपालिका बैठकमा समेत नबोल्याएर जिम्मेवार बिहिन बनाउन खोजेको, पालिकाको अनलाईनमा सुचनाहरु नियमित अपलोड नभएको, सुचना प्रवाहमा कमजोरी देखिएको, पालिकामा बेरुजु बद्नुका कारण र नियमनको अवस्था लगाएतका बिषयमा समेत नागरिकहरुले ध्यानाकषर्ण गराएका थिए ।


त्यसैगरी दुई दुई पटक सम्म प्रमुख प्रशासकिय अधिकृत आउँदा समेत पालिका अध्यक्षले फिर्ता पठाएको आइटी कर्मचारीको विज्ञापन खुल्ला गरेर पनी प्रकृया अगाडी नबढाएको लगाएतका विषय उठान भएका हुन । त्यस्तै कतिपय सहभागिहले गाउँपालिकालाई थप समृद्ध बनाउनका निम्ती स्वयम् नागरिक, यहाँका राजनैतिक दल, बुद्धिजिवीहरु समेत जिम्मेवार भएर रचनात्मक सुझाव, साथ सहयोग दिएर अगाडी बद्नुपर्नेमा जोड दिएका थिए । पाँचबर्षे कार्यकाल वर्तमान जनप्रतिनिधीको भएपनी आगामी दिनमा अन्य व्यक्तिको समेत समय आउने भएका कारण सबैले सम्मेमित र जिम्मेवार पुर्वक तर्क राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा २३ जनाले मौखिक रुपमा आफनो प्रश्न जिज्ञासा र गुनासो व्यक्त गरेका हुन ।


सहभागिले राखेका प्रश्नको पालिका अध्यक्ष सुर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,वडा अध्यक्ष हेम बहादुर बुढा ,कृर्षि शाखा प्रमुख तारा बहादुर नेपाली,शिक्षा शाखा प्रमुख जयराम पुन, स्वास्थ्य साखा प्रमुख जुनी घर्ति, पशु शाखा प्रमुख लगाएतले सहभागिबाट आएका प्रश्नको जवाफ दिनुभएको थियो ।

जवाफदेही निकायबाट नागरिकले दिएका सुझाव, प्रतिकृया, गुनासो एवं प्रश्नलाई लिएर आफुहरुलाई आगामी दिनमा थप सचेत भएर अगाडी बद्ने उत्प्ररणा प्राप्त भएको बताउँदै पालिकाबाट भए गरेका कमिकमजोरी लाई सुधार गरेर अगाडी बद्ने प्रतिबद्धता जनाएका हुन । कार्यक्रम पालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता,गाउँपालिका उपाध्यक्ष प्रेम घर्ति मगरको स्वागत, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दको प्रगति प्रतिवेदन रहेको कार्यक्रममा गण्डकी प्रदेश पुर्व साम्सद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेलको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम निसीखोला गाउँपालिकाको आयोजना सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न भएको हो ।

स्थानिय तहबाटै श्रम स्वीकृती प्राप्त गर्दे नागरिक

0

बैसाख २६ गते
स्थानिय तहबाटै श्रम स्वीकृतीप्राप्तहुने भएपछि बैदेशिक रोजगारिमा जाने नागरिकका निम्ती सहज सहज हुने भएको छ ।
विगतमा बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लिएर बैदेशिकयात्रामा जानेहरुका लागी आजदेखि आफु बस्दै आएको स्थानिय तहबाटै श्रम स्वीकृती लिन पाइने व्यवस्था भएको हो ।
बागलुङका स्थानिय तहहरुले समेत आजदेखि पालिकाका बैदेशिक रोजागारिमा जान लागिरहेका नागरिकलाई श्रम स्वीकृर्ति दिएर औपचारिक रुपमा सेवाको सुरुवात गरेका छन । ढोरपाटन नगरपालिकामा वडा नं. २ का राजेश कुमाल लाई श्रम स्वीकृर्ति उपलब्ध गराएको हो ।
कुमाल मलेसिया जाने तयारीमा हुनुहुन्छ । त्यस्तै जिल्लाको वडिगाड गाउँपालिकाले पनी वडा नं. ५ काटेक बहादुर जिसीलाई श्रम स्वीकृर्ति उपलब्ध गराएको हो ।
पालिकाबाट अबदेखि बैदेशिक रोजगारिमा जान चाहानेहरुले सहजै रुपमा श्रम स्वीकृर्ति लिन सक्ने ढोरपाटन नगरपालिकाका श्रम तथा रोजगार शाखा प्रमुख हिरालाल खनालले बताउनु भयो ।
पालिकाबाट श्रम स्वीकृर्ति लिनका निम्ती पालिकाबाट आवेदन फारम भर्नुपर्न, सक्कली नागरिता, भिसा, सम्पूर्ण विवरण खुल्ने कागजात, करार सम्झौतापत्र, इमेल र मोवाईल नम्वर, परिवारको नजिकको सदस्यको विवरण, बैँक खाता विवरण चेकको फोटोकपी, पासपोर्ट साईजको फोटो, नयाँ जानेहरुका लागी र बिदामा आएको भए पुरानो सम्झौता पत्र उपलब्ध गराउनु पर्ने खनालले बताउनु भयो ।

ढोरपाटन नगरपालिकामा डेढ महिनापछि आर्थिक कारोबार सुरु

0

बुर्तिबाङ बैसाख २६
ढोरपाटन नगरपालिकामा करिब डेढ महिनापछि नगरपालिकाको आर्थिक कारोबार सुरु हुने भएको छ ।लेखा शाखा प्रमुख नभएको डेढ महिना बित्दै गर्दा मालपोत कार्यालय बुर्तिबाङका लेखापाल प्रतिक घर्ति मगरलाई अर्का लेखा कर्मचारी व्यवस्था नहुन्जेल सम्म नगरपालिकाको लेखा हेर्ने गरि व्यवस्थापन गरिएपछि अब नगरपालिकाको रोकिएका आर्थिकका कार्य सुरु हुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।
लेखा शाखा प्रमुख नहुँदा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारी तलव तथा विभिन्न योजनाको भुक्तानी रोकिँदा सबै काम ठप्प भएको थियो ।

मालपोत कार्यालय र ढोरपाटन नगरपालिकाको लेखा हेर्ने गरि प्रतिक घर्ति मगरलाई व्यवस्थापन गरिएको बताइएको हो । नगरपालिकामा हालसम्म करिब ८० प्रतिशत काम सकिँदा २० प्रतिशत बजेट भुक्तानी भएको प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीको भनाई छ । पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने र अन्य काम सुरु हुने बताइएको हो ।विभिन्न मन्त्रालय, मन्त्री र सांसद संग पुगेर लेखा कर्मचारी माग गर्दा समेत समेत नगरपालिकाले समयमा कर्मचारी पाउन नसकेको हो

भिरबाट लडेर घाईते मन बहादुरको उपचारमा आर्थिक अभाब

0

बैसाख २४
बागलुङको ढोरपाटन नगरपालिका ५ बाहुनगाउँका २५ बर्षिय मन बहादुर वि.क. घाँसकाट्ने क्रममा भिरबाट लड्दा सक्त घाईते भएका छन । गत बैसाख १७ गते घरनजिकैको बनमा घाँस काट्न गएका मन बहादुर भिरबाट लडेपछि उनको घाँटीको हड्डी भाँचिएको बताइएको हो । पोखरा स्थित मनिपाल अस्पत्तालमा उपचाररत वि.क.को आइसियूमा उपचार भइरहेको हो ।
हालसम्म बेहोसी अवस्थामा रहेका मन बहादुरको उपचार गर्दा हालसम्म ३ लाख बढि रकम सकिएको र आर्थिक अभाबका कारण भाईलाई उपचार गर्न समस्या पर्दे आएको निजका दिदि कौसिला वि.क.को भनाई छ । आईसियूमा प्रति घण्टा ६ हजार रुपैया ँतिरेर उपचार भइरहेको छ । क्रणधन गरेर संकलन भएको पैसा पनी सकियो भाइको उपचारमा समस्या प¥यो डक्टरले अप्रशेन गर्ने भन्नु भएको छ आफुसंग आर्थिक अभाव रहेका कारण सहयोगको अपेक्षा गरिएको कौसिलाले बताइन ।
यहिँ बैसाख १० गते धुमधाम संग विवाह गरि श्रीमती भित्र्याएका मन बहादुर यहि बैसाख २१ गते बैदेशिक रोजगारीको लागी साउदी जाने तयारिमा रहेका थिए ।
अब त घरमा पनी पैसा छैन क्रण खोजेर पनी पाइँदैन भाईलाई बचाइदिन सबैले सक्दो सहयोग गरिदिनुहोस कौसिलाको चित्कार छ । सहयोग गर्न इच्छुकले कौसिला वि.कको. मोवाईल नम्वर ९८२६००८३६२ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुने छ ।

उत्तरगंगा माविमा बिव्यस गठनको माग गर्दे राजनैतिक दलको सक्रियता: असार सम्म समितीले पुर्णता पाउँछ मेयर नेपाली

0

बैसाख २४ गते
विगत ८ बर्षदेखि विद्यालय व्यवस्थापन समिती गठन हुन नसकेर हालसम्म भद्रगोल बनेको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ स्थित उत्तरगंगा नमुना माध्यमिक विद्यालयमा तत्काल विद्यालय व्यवस्थापन समितीको गठन हुनुपर्ने, हालसम्मको आयव्याय प्रस्ट हुनुपर्ने माग सहित बिद्यालयका प्रध्यानाध्यापक, शिक्षा शाखा प्रमुख संगै ढोरपाटन नरपालिकाका मेयर उपमेयरको यहाँका राजनैतिक दलहरुले ध्यानाकर्षण गराएका छन ।
पटक पटक विद्यालय व्यवस्थापन समिती गठनको माग उठेपनी नगरपालिकाले चासो नदेखाएको , विद्यालयका प्रध्यानाध्यापक मुखदर्शक बनेको भन्दै उत्तरगंगा माविको निकासका निम्ती दलहरु एकजुट बनेका हुन ।
शनिबार ढोरपाटन नगरपालिका वडा नं. १ का जनप्रतिनिधी र राजनैतिक दलको संयूक्त बैठकको निर्णय अनुसार शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल र ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, उपमेयर धन बहादुर कायतलाई आइतबार एकठाउँमा राखेर तत्काल निकास निकाल्न दबाब दिएका हुन ।
यस बिषयमा नगरप्रमुख देवकुमार नेपालीले बोल्दै पहिले देखिकै बिबादमा रहेको विद्यालय भएका कारण नगरपालिकाले ध्यान नदिएको र अब तत्काल जेठ मशान्त सम्म हालसम्मको लेखा परिक्षण गर्न विद्यालयका प्रध्यानाध्यापक इश्री प्रसाद पौडेललाई अनुरोध गर्दे असार दोश्रो सातासम्म विद्यालय व्यवस्थापन समिती गठन गर्ने प्रकृयामा आफुहरुले भुमिका निर्वाह गर्ने बताए ।
नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० को निती कार्यक्रममा समेत विद्यालय व्यवस्थापन समिती गठन गर्ने विषय लेखिएको छ । कार्यपालिका बैठकमा समेत निर्णय भइसकेको भएपनी हालसम्म विद्यालय व्यवस्थापन समिती गठन नहुँदा स्थानिय सरकारसंग प्रस्न आउनु स्वभाविक भएको बताउँदै आफुले पनी यस विषयमा निरन्तर ध्यानाकर्षण गराइरहेको नगरप्रमुख संग उपमेयर धनबहादुर कायतले बताए ।
हालसम्म नगरपालिकाले आफुलाई पत्र नपठाइको कारण आफुले यसविषयमा भुमिका निर्वाह गर्न नसकेको प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलको तर्क छ भने जनप्रतिनिधीले आफुलाई समिती गठनको जिम्मेवारी नदिएका कारण आफु अगाडी बद्न नसकेको शिक्षा साखा प्रमुख ज्ञानेन्द्र सापकोटाको भनाई थियो ।
दलहरुले समिती गठन गर्न दिएनन भन्ने भ्रमलाई चिर्न र विद्यालयलाई अगाडी बढाउनका निम्ती यहाँका दलहरु एकभएर अगाडी बढिएको नेपाली कांग्रेसका प्रतिनिधी सोम बहादुर पौवीले बताए । रचनात्मक कामको निम्त्ी दलहरुको साथ र सहयोग रहन्छ तर यस्ता महत्वपूर्ण विषयलाई स्थाीन्य सरकारले् गम्भिर रुपमा लिनपर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेसका प्रतिनिधी सोम बहादुर पौवी, नेकपा एमालेका टंक प्रसाद पौडेल , नेकपा माओबादी केन्द्रका कुलपती सापकोटा, राष्ट्रिय जनमोर्चाका ओम प्रसाद बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टीका निमबहादुर भण्डारी, जनता समाजबादी पार्टीका गंगा बहादुर घर्ति, नेपाल कम्युनिष्ट पार्टीका हरि बहादुर कुवंर, ढोरपाटन नगरपालिका वडा नं. १ का सदस्य गोपाल महत लगाएतको उपशिथतीमा नगरपालिका र विद्यालयका प्रध्यानाध्यापकलाई ध्यानाकर्षण गराइएको थियो ।

निसीखोला गाउँपालिकाले किन समयमै गर्न सकेन सबै नागरिकको स्वास्थ बीमा ?

0

बुर्तिबाङ बैसाख २४
निसीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा सबै नागरिकको स्वास्थ्य वीमा गर्ने लोकप्रिय कार्यक्रम लिएपनी आर्थिक अपुग रहेको भन्दै हालसम्म जम्मा ३५ प्रतिशत हाराहारीमा मात्रै नागरिकको स्वास्थ्य वीमा भएको पाइएको छ ।
कुल ५ हजार ६३५ घरपरिवार संँख्या र २३ हजार १ सय १९ जनसँख्या रहेको पालिकामा हालसम्म दुई हजार पैँतिस घरधुरी र ६ हजार ८ सय २ जना नागरिकको वीमा भएको स्वास्थ्य सम्योजक टोप बहादुर चन्दले बताउनु भयो ।

संघिय सरकारको कुल १ करोड, गण्डकी प्रदेशसको पचास लाख र स्थानिय पालिकाको पचास लाख गरि कुल दुई करोड बजेटमा सबै नागरिकको वीमा गर्ने अभियान सहित निती कार्यक्रम लिएको पालिकामा संघिय सरकारको तर्फदेखि हालसम्म पनी १ करोड बजेट प्राप्त नभएका कारण वीमा कार्यक्रम रोकिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।
निसीखोला गाउँपालिकाका अधिकांस नागरिकमा स्वास्थ्य सम्वन्धी समस्या लुकाएर राख्ने, समयमा उपचार नगर्ने, आर्थिक अभावकै कारण उपचारबाट बञ्चित भएर ज्यान गुमाउने वाध्यतालाई अन्त्य गर्नका निम्ती आफुहरुले कार्यक्रम लिएपनी संघिय सरकारबाट समयमा बजेट नपठाउँदा कार्यक्रम प्रभावकारी बन्न नसकेको अध्यक्ष घर्तिले बताउनु भयो ।

हालसम्म पालिकाको पचास लाख र गण्डकी प्रदेसको गरि कुल ७१ लाख ५६ हजार ८ सय रुपैयाँको वीमा भइसकेको छ । बाँकी रहेका नागरिकको बजेट गण्डकी प्रदेश र संघिय सरकारले पठाएको खण्डमा यसै बर्ष कति सम्भव हुन्छ हामी कार्यक्रम अगाडी बढाउँछौँ बजेट अपुग भएको खण्डमा आगामी साउन देखिनै सुरु हुने गरि छुट भएका सबै नागरिकको वीमा अनिवार्य गरिने अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ ।
पालिकाले वडा स्तरमा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका अवसरमा स्थानिय नागरिकले समयमा आफुहरुको वीमा नभएको गुनासो गरेका थिए । यसबर्षको असार मसान्त सम्म कम्तीमा पनी ६० प्रतिशत नागरिकको वीमा गाउँपालिकाले गर्ने र बाँकी रहेकाको साउन लगत्तै सुरु गरिने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो ।
पालिकाले लिएको निती कार्यक्रम र बजेट अन्र्तगत रहेर संघिय सरकारले बजेट अभाव देखाउँदै करिब देड करोड बजेट काट्ने तयारी गरिहेका कारण पनी योजना अनुसार काम गर्नमा कठिनाई देखिएको पालिका अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ । स्वास्थ्य वीमा गरेका नागरिकले वीमा प्रारम्भ भएको मितिले एकबर्षसम्म सुविधा पाउने छन ।

निसीखोलामा डुबेर बालिकाको मृत्यु

0

निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढोरबराह मन्दिर ढोरपाटनमा ५ सय बढी भेडाका बली

0

विनोद रसाईली, बुर्तिबाङ बागलुङ

बागलुङ जिल्लाको प्रशिद्ध धार्मिक स्थल ढोरबराह मन्दिरमा बैशाख पुर्णिमाको अवसरमा ५ सय २० भेडाको बली चढाईएको छ ।

शुक्रबार बैशाख पुर्णिमाको अवसरमा बिहान ५ बजे देखी ढोर बराह मन्दिरमा बली चढाउन थालिएको थियो साझा सम्ममा ५ सय बढी भेडाको बली चढाईएको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष खिम बहादुर घर्तिले जानकारी दिनु भयो ।

ढोरबराह मन्दिरमा विषेश गरी वर्षको २ पटक जनै पुर्णिमा र बैशाख पुर्णिमाको अवसरमा विषेश पुजाँआजँ हुने गरेको छ । मन्दिरमा बली चढाउदा मनोङक्षा पुरा हुने जनविश्वास रहेको छ । ढोरपाटनमा पुजाँ गर्नको लागि बागलुङ जिल्ला सहित म्याग्दी,रुकुम,रोल्पा, प्युठान,गुल्मी,पाल्पा,अर्घाखार्ची,बुटवल,काठमाडौँ पोखरा, लगायतका बिभिन्न जिल्ला बाट दर्शनार्थी पुग्ने गरेको वडा अध्यक्ष घर्तिले बताउनु भयो । ढोरबराह मन्दिरमा भक्तजनलाई सहजता प्रदान गर्न भन्दै स्थानियले ठेक्काको माध्यमबाट विषेश पुजाँलाई सहज बनाउने गरेका छन् ।

ढोरपाटन नगरपालिका वडा नं ७,८,र ९ वडा का स्थानियहरुले आलो पालोमा ठेक्का लगाउने गरेका छन् जस अन्र्तगत यस वर्ष वडा नं ७ ले ठेक्का लगाउने जिम्मा पाएको थियो ।

ढोरपाटनमा शुक्रबार हुन लागिरहेको बृहत परियोजना घोषणा कार्यक्रमको निसीखोला गाउँपालिकाद्धारा असन्तुष्टी

0

बैसाख २१ गते
ढोरपाटनमा शुक्रबार हुन लागिरहेको बृहत परियोजना घोषणा कार्यक्रमको निसीखोला गाउँपालिकाले असन्तुष्टी जनाएको छ ।
बैसाख पुर्णिमाको अवसरमा भोली शुक्रबार ढोरपाटन उपत्यकामा घोषणा हुन गइरहेको फेवाताल÷वेगनासताल–ढोरपाटन धौलागिरी–कालीगण्डकी अध्ययन भ्रमण एवम् ढोरपाटन घोषणापत्रःधौलागिरी –ढोरपाटन क्षेत्र बृहत परियोजना सार्वजनिक कार्यक्रम गाउँपालिका संग सहकार्य सम्मोन्य सरसल्लाह नगरी साझेदारी संस्थाको रुपमा राखिएकोमा आपत्ति जनाउँदै विरोधाभासपूर्ण कार्यक्रममा गाउँपालिकाको सहमती र सर्मथन नरहने गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, वडा नं. ५ का अध्यक्ष हर्कमान घर्ति, वडा नं. ६ का अध्यक्ष हेम बहादुर बुढामगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।


स्थानीय समुदाय बस्दै आएको र पुर्खाेँदेखि बसोबार तथा पशुपालन गर्दे आइरहेको क्षेत्रमा स्थानियलाई पस्नै नमिल्ने गरि ढोरपाटन सिकार आरक्षमा नेपाली सेना राखेर तथा स्थानीय बासिन्दाको उठिबास हुने गरि परापुर्व कालदेखि वस्दै आएका आदिवासी जनजातीको अधिकारलाई समेत कुण्ठित पार्ने गरि राज्यले दमन गरिरहेको र काुननी रुपमा समेत सोही व्यहोरा रहेका कारण अहिले सञ्चालन गरिने भनिएको कार्यक्रम समेत सो लाई अनुमोदन हुने गरी कार्यान्यन गर्ने भित्री आसयका साथ घोषणा पत्र आएको भन्दै गाउँपालिकाले विरोध गर्नुपरेको विज्ञप्तीमा जनाइएको छ ।

उक्त विषयमा गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले चित्त नवुझेको विषयमा दुई पक्षविच छलफल गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
ढोरपाटनमा समृद्ध नेपालका अभियान्ता÷सगरमाथा आरोही कृष्ण के.सी. लगाएत आयोजक सहआयोजक र व्यवस्थापक, साझेदारी आरोही तथा गैर–सरकारी संघसंस्थाबाट कार्यक्रम हुन लागिरहेको जनाइएको छ ।