
बुर्तिबाङ बैसाख २८
निसीखोला गाउँपालिकाद्धारा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० अन्र्तगत हालसम्म सम्पादित कार्यक्रम, योजना, बिकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा पालिकाका नागरिकको बिचमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको थियो ।
गत बैसाख ३ देखि ९ गतेसम्म ७ वटै वडामा वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको पालिकाले नागरिकका समस्या, सुनासो, र सुझाब सुन्ने र भावि दिनमा थप सुधारात्मक तवरले अगाडी बढ्ने उदेस्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको र पालिकाबासी नागरिकले दिएका सुझावलाई ग्रहण गर्दे अगाडी बद्ने गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।
आयोजित कार्यक्रमका अवसरमा सहभागिहरुले बढिमात्रामा स्वास्थ्य बीमाकार्यक्रम प्रभावकारी बन्न नसकेको, लामो समय सम्म पनी पालिकाले एम्बुलेन्स ल्याउन नसकेको, जनप्रनिधिले निर्वाचित भइसकेपछि गरेका प्रतिबद्धता तर्फ ध्यान दिन नसकेको, कृषिको आधुनिकिकरण, बजार व्यवस्थापनतर्फ प्रभावकारी नदेखिएको, छिमेकी जिल्ला संगको सिमाना विबाद टुँग्याउन नसकेको, बजार अनुगमन, करको दायरा व्यवस्थापन हुन नसकेको विषयलाई सहभागिले आफनो प्रश्नको रुपमा जोड दिएका थिए ।
त्यस्तै पालिकाले जनप्रतिनिधीका निम्ती खरिद गर्न लागिएको मोटरसाईकल खरिद अनावस्यक रहेको, सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले सरकारी सेवा सुविधा लिने तर आफना बालबच्चालाई निजी विद्यालयमा पढाउँदै गर्दा पनी पालिकाले उचित निती कार्यविधीका कार्यक्रम ल्याउन नसकेको, पालिका भित्र विभिन्न क्लबले गर्ने खेलकुदका कार्यक्रममा जुवातास मौलाउँदै गर्दा नियमन हुन नसकेको, शिक्षा कार्यविधीमा जनप्रतिनिधी विद्यालय व्यबस्थापन समितीको अध्यक्ष हुन नपाउने व्यवस्था हुँदापनी जनप्रतिनिधी विद्यालय व्यवस्थापन समितीमा हुँदै गर्दा पालिकाले समितीको अध्यक्ष पदबाट हटाउन नसकेको, शिक्षक, कर्मचारी स्वास्थ्यकर्मी भ्रमणमा जाँदै गर्दा बजेट हुने तर नागरिकको अति आवस्यक मानिएको स्वास्थ्य क्षेत्रको विकास र स्वास्थ्य बीमा तर्फ ध्यान दिन नसकेको, लगाएतका गुनासो सुझाब र प्रश्न सहभागिले राखेको हुन ।
त्यस्तै सहभागिहरुले पालिकाले योजना र बजेट ल्याउनु अगाडी बिज्ञ व्यक्तिको परामर्स ल्याउनु पर्ने, वडा सदस्यलाई पालिकाले कार्यपालिका बैठकमा समेत नबोल्याएर जिम्मेवार बिहिन बनाउन खोजेको, पालिकाको अनलाईनमा सुचनाहरु नियमित अपलोड नभएको, सुचना प्रवाहमा कमजोरी देखिएको, पालिकामा बेरुजु बद्नुका कारण र नियमनको अवस्था लगाएतका बिषयमा समेत नागरिकहरुले ध्यानाकषर्ण गराएका थिए ।
त्यसैगरी दुई दुई पटक सम्म प्रमुख प्रशासकिय अधिकृत आउँदा समेत पालिका अध्यक्षले फिर्ता पठाएको आइटी कर्मचारीको विज्ञापन खुल्ला गरेर पनी प्रकृया अगाडी नबढाएको लगाएतका विषय उठान भएका हुन । त्यस्तै कतिपय सहभागिहले गाउँपालिकालाई थप समृद्ध बनाउनका निम्ती स्वयम् नागरिक, यहाँका राजनैतिक दल, बुद्धिजिवीहरु समेत जिम्मेवार भएर रचनात्मक सुझाव, साथ सहयोग दिएर अगाडी बद्नुपर्नेमा जोड दिएका थिए । पाँचबर्षे कार्यकाल वर्तमान जनप्रतिनिधीको भएपनी आगामी दिनमा अन्य व्यक्तिको समेत समय आउने भएका कारण सबैले सम्मेमित र जिम्मेवार पुर्वक तर्क राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा २३ जनाले मौखिक रुपमा आफनो प्रश्न जिज्ञासा र गुनासो व्यक्त गरेका हुन ।
सहभागिले राखेका प्रश्नको पालिका अध्यक्ष सुर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,वडा अध्यक्ष हेम बहादुर बुढा ,कृर्षि शाखा प्रमुख तारा बहादुर नेपाली,शिक्षा शाखा प्रमुख जयराम पुन, स्वास्थ्य साखा प्रमुख जुनी घर्ति, पशु शाखा प्रमुख लगाएतले सहभागिबाट आएका प्रश्नको जवाफ दिनुभएको थियो ।
जवाफदेही निकायबाट नागरिकले दिएका सुझाव, प्रतिकृया, गुनासो एवं प्रश्नलाई लिएर आफुहरुलाई आगामी दिनमा थप सचेत भएर अगाडी बद्ने उत्प्ररणा प्राप्त भएको बताउँदै पालिकाबाट भए गरेका कमिकमजोरी लाई सुधार गरेर अगाडी बद्ने प्रतिबद्धता जनाएका हुन । कार्यक्रम पालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता,गाउँपालिका उपाध्यक्ष प्रेम घर्ति मगरको स्वागत, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दको प्रगति प्रतिवेदन रहेको कार्यक्रममा गण्डकी प्रदेश पुर्व साम्सद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेलको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम निसीखोला गाउँपालिकाको आयोजना सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न भएको हो ।