Home Blog Page 131

ने क पा माओबादी केन्द्र द्धारा बुर्तिबाङमा राजनैतिक तथा वैचारिक प्रशिक्षण 

0

विनोद विश्वकर्मा, बुर्तिबाङ बागलुङ
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र द्धारा बुर्तिबाङमा राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न भएको छ ।

“टिप्पणी शुझाव र संगठनका लागि नेता कार्यकर्ता र जनता संग भेट गरौँ,विचार र नेतृत्वको आधारमा संगठित तागत निमार्ण र सम्बृद्धीमा जोड दिउँ ” भन्ने मुल नाराका साथ ने क पा माओबादी केन्द्र बागलुङ क्षेत्र नंम्बर २ (ख) को आयोजनामा पार्टी संग जनताको विश्वास कम हुदै गएको कारण पार्टीलाई मजभुत बनाउने भन्दै निसीखोला गाउँपालिका,तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।

कार्यक्रमको अवसरमा ने क पा माओबादी केन्द्र केन्द्रिय सदस्य कृष्ण के सीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य के सीले माओबादी पाटी अन्य पाटी जस्तो भएको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । पार्टीले आधारभुत वर्ग समुदायलई विर्सियर यो अवस्था भएको कारण यसलाई विर्सना नहुने बताउनु भयो ।
पार्टीलाई थप सुद्धिधिकरण गर्न आवश्यक छ र यसलाई पश्चिम बागलुङका ३ पालिकाले सुरुवात गर्न प्रश्ताव गर्नु भयो । यसलाई अन्य पालिकाले पनि सिक्न सक्ने बताउनु भयो ।

कार्यक्रम आवसरमा ने क पा माओबादी केन्द्र केन्द्रिय सदस्य निल बहादुर पुन, ने क पा माओबादी केन्द्र र जिल्ला समन्वय समिति बागलुङका सचिव केशर थापा,ले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा नेकपा माओबादी केन्द्र निसीखोला अध्यक्ष कुविर विश्वकर्मा, तमानखोला अध्यक्ष प्रेम रोका, ढोरपाटन नगर अध्यक्ष भिम गौतमले पार्टीको पालिका गत रिपोर्टिङ प्रश्तुत गर्नु गरेका हुन् । कार्यक्रम नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रेम घर्तीको अध्यक्षता ने क पा माओबादी केन्द्र जिल्ला समन्वय समिति बागलुङका सदस्य हेमेन्द्र घर्तिको स्वागत र ने क पा माओबादी केन्द्रका नारायण सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रमा आस्था राख्ने नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।

वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाद्धारा श्रमिकलाई फलफुल वितरण

0

बैसाख १८ गते
वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाद्धारा १४३ औँ श्रमिक दिवशका अवसरमा विभिन्न निर्माण कार्यमा संलग्न श्रमिकहरुका निम्ती फलफुल र पानी वितरण गर्नुभएको छ ।
सोमबार बिहान मध्यपहाडी लोकमार्ग तथा वडिगाड गाउँपालिका अन्र्तगत सडक, भवन निर्माणमा कार्यरत श्रमिकहरुका निम्ती अध्यक्ष थापाले केरा, स्याउ लगाएतका फलफुल र मिनिरल वाटर हस्तान्त्रण गर्नुभएको हो ।
श्रमिकको सम्मान गर्न सकेमात्र देश विकास हुने बताउँदै काममा मात्र होइन उचित खानपान, आरामको समेत मानिसका निम्ती आवस्यकता रहेको बताउनु भयो ।

तमानखोला गाउँपालिकामा शैक्षिक बैठक तथा अन्र्तक्रिया कार्यक्रम: सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर बृद्धिमा टेवा पुग्ने अपेक्षा

0

बुर्तिबाङ बैसाख १७ गते
तमानखोला गाउँपालिकाद्धारा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्य सहित आइतबार शैक्षिक बैठक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न २१ वटा सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, जनप्रतिनिधी लगाएतको उपश्थितीमा सञ्चालन भएको कार्यक्रममा प्रशिक्षकको रुपमा रहनु भएका डा. प्रमोद ढकालले प्रशिक्षण एवंम अन्र्तक्रिया गर्नुभएको हो ।
शिक्षाको गुणस्तर कसरी बृद्धि गर्ने, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कनुका अवस्था र कारण, त्यसको न्युनिकरण र समाधानका उपाय लगाएतको विषयमा छलफल एवंम अन्र्तक्रिया गरिएको थियो ।
आयोजित कार्यक्रमबाट बढिमात्रामा सामुदायिक विद्यालयमा अभिभावकको आर्कषण कम भएको, शिक्षकमा सक्रियताको अभाव,दिन काट्ने प्रबृर्ति, प्रविधिसंग सामुदायिक विद्यालयका शिक्षक फड्को मार्न नसकेको शिक्षकहरुबाटै प्रतिक्रिया प्राप्त भएको पाइएको छ । शिक्षा निती समेत पुरानै भएका कारण पनी विद्यार्थि अहिलेपनी घोकन्ते विद्या लिन बाध्य भएको लगाएतका विषय उठान भएका हुन ।


कार्यक्रममा प्रशिक्षकको रुपमा रहनुभएका डा. प्रमोद ढकालले शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न भौतिक क्षेत्रको विकासले मात्र परिणाम दिन नसक्ने बताउनु भयो । शिक्षकमा सिक्ने र सिकाउने उत्सुक्ता हुन नसक्नु, आफनो पेशालाई परिमार्जन मुखि बनाउन नसक्नु, परिमार्जित समयअनुसार प्रविधिको क्षेत्रमा अगाडी बद्न नसक्नुनै अहिलेको मुख्य समस्या रहेको बताउनु भयो ।
त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा शिक्षक, व्यवस्थापन समिती, अभिभावक र राज्यको समेत उत्तिकै जिम्मेवारी रहने बताउँदै प्रविधिमैत्री, उत्पादन मुखि, सिपमुलक र व्यबहारिक शिक्षा विद्यार्थिलाई सिकाउन सके मात्रै शैक्षिक गुणस्तरमा बृद्धि हुने वक्ताहरुको जोड थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै स्थानीय तहको पुनर संरचना पश्चात तमानखोला गाउँपालिकाले विद्यालयको भौतिक क्षेत्रको विकासमा ६० देखि ७० प्रतिशत सम्म विकास गरिसकेको बताउँदै अबका दिनमा भौतिक संगै शैक्षिक गुणस्तर बृद्धि गर्ने अभियानमा जोडिने बताउनु भयो ।


उहाँले शैक्षिक गुणस्तर बृद्धि गर्नमा सबै जिम्मेवार व्यक्तिले ध्यान दिन जरुरी रहेको प्रस्ट पार्नुभयो शिक्षक आफनो पेशा प्रति जिम्मेवार बन्नुपर्ने, प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउँदै पालिकाले शिक्षा क्षेत्रको बिकासका निम्ती शिक्षकलाई बिषयगत तालिम, व्यवस्थापन समितीलाई व्यवस्थापकिय क्षमताको विकास तालिम दिने, अभिभाबकलाई थप जिम्मेवार बोध गराउने, बद्दो बाल विवाह न्युनिकरणमा सबैले सम्मोन्य गरेर अगाडी बढ्ने, बालबालिकालाई कम्तिमा उच्च शिक्षा सम्म अध्ययन गर्ने बानिको बिकास गराउन पहल गर्ने, पाठ्यक्रममा प्रविधिकरण, स्थानिय पाठ्यक्रमलाई थप व्यवस्थित गरी अगाडी बढाउने विषयमा पालिकाले कार्यक्रम र अभियान लिएर अगाडी बद्ने बताउनु भयो । संघ र प्रदेशको भरमा पालिका आर्थिक रुपमा चल्नुपर्दा कतिपय विषयमा पालिकाले लिएको निती अनुरुप चल्न समस्या भइरहेको बताउँदै विभिन्न चुनौतिका बावजुद पनी शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न सकेमा मात्र पालिकाको बिकास र समृद्धि हुने बताउनु भयो ।


कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा नंं. ३ का अध्यक्ष तथा सामाजिक विकास समिती सम्योजक झक बहादुर बुढा, वडा नंं. २ का अध्यक्ष नारायण सुनार, ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, वडा नंं. ६ का अध्यक्ष चित्र छन्त्याल, विद्यालय व्यवस्थापन समिती अध्यक्षको तर्फदेखि धनगौज्वती माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष गिर बहादुर घर्ति, जनजागृर्ति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक बेद बहादुर बुढा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सबै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रमका अवसरमा शिक्षक सेवा उर्तिण गरि विभिन्न विद्यालयमा पदस्थापन भएका नव नियूक्त शिक्षकलाई सम्मान गरिएको थियो ।
कार्यक्रम शान्ति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सत्यनारायण सिंहले सञ्चालन गर्नुभएको थियो ।

जिल्ला प्रशासन बागलुङ द्धारा बुर्तिबाङ बजार अनुगमन

0

बुर्तिबाङ ,बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा बुर्तिबाङमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको सक्रियतामा बुर्तिबाङ बजारका दुई दर्जन बढि पसल, होटल मेडिकलको अनुगमन गरिएको हो ।

यहाँ स्थित होटल, विभिन्न मेडिकल, गल्ला किराना पसल, पाउरोटी उद्योग, होटल लगाएतको अनुगमन गरिएको थियो । खाध्य वस्तुको म्याद रहे नरहेको, होटलमा सरसफाईको अवस्था, मेडिकल तथा फार्म सिमाफार्मसिस्ट भए नभएको, व्यवसायदर्ता भएन भएको लगाएतका विषयमा अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा दुई वटा मेडिकल बन्द गरिएको हो । क्षितिज पोलिक्लिनिक एक स्थानमा दर्ता गरि दुई स्थानबाट व्यवसाय गरिएको र सिटि क्लिनिकमा फार्मसिस्ट नभएका कारण नगरपालिकामा ध्यानाकर्षण गराउने गरि सटर बन्दगर्न लगाइएको थियो ।
त्यस्तै अनुगमन गरिएका व्यावसायी मध्य अधिकांसलाई दर्ता प्रमाणपत्र देखिने स्थानमा राख्न , मुल्य सुचि टाँस गर्न, व्यवसाय अनिवार्य स्थानिय तहमा समेत दर्ता गर्न , लेवलन भएका सामान नराख्न सुझाब दिइएको थियो ।
एक महिनामा पुनह अनुगमन गरिने र दिइएको सुझाव पालना नभएको खण्डमा कार्वाही प्रक्रिया अगाडी बढाउने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत दिनेश शर्मा, ढोरपाटन नगरपालिकाको तर्फदेखि चुडामणी भुषाल, पत्रकार, प्रहरी , उद्योग बाािण्ज्य संघ ढोरपाटनका पदाधिकारी लगाएतको उपश्थिति रहेको थियो ।

विद्या विकास माविमा प्रअ भिम कुमारीको मनोमानी : परिक्षामा उतिर्ण विद्यार्थिलाई रिसिविका कारण फेल गराइएको आरोप

0

बागलुङ बैसाख १४ गते
विद्या विकास माध्यमिक विद्यालयका प्रअको मनोमानीले त्यस क्षेत्रमा यतिवेला निकै चर्चा पाएको छ । कसैको कुरा नसुन्ने र अभिभावक संगको रिसिबिका कारण कक्षा उतिर्ण भएका विद्यार्थी समेत फेल गराउने देखि मनोमानी रुपमा विद्यार्थीबाट शुल्क असुल्ने सम्मका हर्कत त्यहाँको विद्यालयका प्रअ भिमकुमारी भण्डारी थापा ले गर्दे आएकी हुन ।

गत २०७९ को शैक्षिक सत्र अन्र्तगत बार्षिक परिक्षामा कक्षा २ मा अध्ययनतर विद्यार्थी मौसम थापा र कक्षा ९ मा अध्ययनतर नारायण भण्डारी उत्तर पुस्तिकामा उर्तिण भएपनी नतिजा प्रकाशनमा फेल भएको भनिएपछि विद्यालयमा निकै हँगामा मच्चियो ।
मौसम थापाका बाबा तेजेन्द्र थापाले आफनो बच्चा फेल भएको भन्ने जानकारी पाएपछि बच्चाको उत्तरपुस्तिका आफुलाई देखाउन विद्यालय प्रशासन संग पटक पटक आग्रह गरे तर विद्यालयका प्रध्यानाध्यापकले उत्तरपुस्तिका दिन नमानेपछि गत बैसाख १० गते विद्यालयमा ताला लगाइदिए लगत्तै अभिभावक स्थानीय बासी, जनप्रतिनिधी, प्रहरी प्रशासन बसेर २४ घण्टापछि ११ गते विद्यालय खोल्ने निर्णय पनी भयो ।

बुधबार विद्यालयका शिक्षकहरुको बैठकले दुई जना विद्यार्थीको उत्तर पुस्तिकामा उर्तिण भएपनी उर्तिण गराउनु पर्नेमा त्रुटि भएको भन्दै क्षमा याचना सहित विज्ञप्ती निकालेका छन । उता विद्यालयका प्रअ रहेकी भण्डारीले शैक्षिक सत्र २०७९ मा कक्षा ८ को प्रवेश पत्र बनाउने बहानामा विद्यार्थीसंग ३५ जना संग ३०० रुपैयाँका दरले आर्थिक असुल गरेर विद्यालयको खातामा नराखी आफुले राखेको स्थानीय तेजिन्त्र थापाको भनाई छ ।

यस्तो पटक पटक गल्ति गर्दा विद्यालयको शैक्षिक तथा व्यवस्थापकिय पक्षमा समस्या आएको स्थानियको भनाई छ । बैसाख ११ गते यि दुबै विषयमा छलफल हुँदै गर्दा प्र.अ. भण्डारीले अभिभावक संग माफि समेत मागिन
उता विद्यालयको आर्थिक अनियमितता भएको भन्दै विद्यालयका प्रअ माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको जनाईएको छ विद्यार्थी छात्रबृर्तिमा मनोमानी गरेको लगाएतका नियतबस गतिविधी प्र.अ.बाट विद्यालयमा मौलाएको विद्यालयका एक शिक्षकले बताए । प्रअको मनोमानीका कारण व्यवस्थापन पक्ष फितलो बन्दै गएको उनले बताए ।
विद्यालयमा भएको यो घटना अत्यन्तै दुःखद भएको र उर्तिण भएका विद्यार्थीलाई समेत व्यक्तिगत रिसिविका कारण फेल गराउनु गलत भएकोे ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताए ।
उक्त विद्यालयमा २०७५ सालदेखि सामाजिक परिक्षण हुन सकेको छैन ।

२०७९ साल पौष महिनामा नगरपालिकाका प्रतिनिधीकै उपश्थिीतिमा भरत पुन अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिती गठन भयो । पुनको उमेर हद नपुगेको भन्दै उक्त समितीलाई अहिले निश्कृय बनाइएको छ । नगरपालिकाले अर्का समिती गठन प्रकृयातिर ध्यान दिन नसक्दा विद्यालयको शैक्षिक, आर्थिक र व्यवस्थापन पक्ष अव्यवस्थित बन्दै गएको बताइएको हो ।

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु , एक जना घाइते

0

२०८० बैशाख १४ बिहीबार

 गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका २ दर्लिङ्ग बाट बाग्लुङको भिमगिठे तर्फ आउदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा गए राती ११:४० बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सह चालक बडिगाड गाउँपालिका वडा नं. ९ बल्गासका १८ वर्षीय किशोर केसीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

त्यस्तै सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन केसीको अवस्था मध्यम रहेको हुदा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

जिप सडकदेखि करिब १५० मिटर तल खसेको र घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ढोरपाटन नगरपालिकामा एक महिनादेखि लेखा प्रमुख बिहिन

0

बुर्तिबाङ बैसाख १३
बागलुङको ढोरपाटन नगरपालिकामा विगत एक महिना देखि नगरपालिका लेखा शाखा प्रमुख विहिन बनेको छ ।
आर्थिक बर्षको तेश्रो चैमासिक चल्दै गर्दा लेखा शाखामा कर्मचारी नभएपछि योजनाको फरफारकको काम रोकिएको छ ।
नगरपालिकाबाट हुने सबै प्रकारका आर्थिक कारोबार बन्द भएको सुचना अधिकारी चण्डीराज पौडेलले बताए ।

करिब देडसय योजनाको भुक्तानी दिन बाँकी छ फाईल पाँजेर राखिएको छ लेखा प्रमुख नभएका कारण सेवा प्रवाहमा समस्या भएको पौडेलले बताए । लेखा प्रमुख शिव प्रसाद सर्मा गत चैत्र महिनामा यहाँबाट सरुवा भएसंगै नगरपालिकाले एक महिना वित्नै गर्दासमेत हालसम्म लेखा प्रमुख व्यवस्थापन गर्न नसकेको हो ।

अधिकांस योजना सम्पन्न हुने भुक्तानी लिने समय भएका कारण पनी लेखा शाखा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या देखिएको नागरिकको गुनासो छ ।

देवेन्द्र पौडेलको चुनाव खर्च १८ लाख ९० हजार

0

बागलुङ प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता पौडेलले निर्वाचन प्रतिनिधी राजिव घिमिरेमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन् ।

निर्वाचन प्रतिनिधि घिमिरेले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन कार्यालयमा विवरण बुझाउन निर्देशन दिएअनुसार बुझाइएको र निर्वाचन आयोगले बैशाख १२ गतेभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएपछि सार्वजनिक गरिएको बताए ।

विवरणअनुसार पौडेलले सबैभन्दा धेरै खर्च प्रचारप्रसार र खाना खाजामा गरेका छन् । प्रचारप्रसार र खाना खाजामा ४÷४ लाख खर्च भएको छ । यातायात व्यवस्थापनमा ३ लाख, प्रतिनिधी परिचालनमा ३ लाख, कार्यालय व्यवस्थापन संचालनमा २ लाख ५० हजार, गोष्ठी अन्तरक्रिया कार्यक्रममा ९० हजार र सभा मञ्च व्यवस्थापनमा १ लाख ५० हजार गरि १८ लाख ९० हजार खर्च भएको घिमिरेले बताए ।

रेडियो ढोरपाटन १३ औँ वर्षमा प्रबेश ः तमानखोला बाल गृहमा स्टेशनरी सहयोग

0

विनोद रसाईली, बुर्तिबाङ, बागलुङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्ज १२ वर्ष पुरा भई १३ वर्षमा प्रबेश गरेको छ ।

“गरिवी निवारणको लागि वातावरणि स्वास्थ्य शिक्षा” द्धारा सञ्चालित रेडियोले सामाजिक उत्तर दायित्व अन्र्तगत बाल गृहमा आश्रित २७ जना बालवालिकालाई कपि तथा पेन्शिल हस्तान्तरण गरेको छ ।

सोमबार एक कार्यक्रममो आयोजना गदै रेडियोले बाल गृहमा पुगेर हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष झक बहादुर बुढा,तमानखोला गाउँपालिका कार्यपालिका सदस्य मिना कुमारी बुढाथोकी,लगाएतको उस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष बुढाले रेडियोलाई १३ वर्ष प्रबेशको अवसरमा सुभकामना दिदै समाजमा रेडियोको महत्व रहेको भन्दै रेडियोले यस्तोखालको काम प्रशंसनिय रहेको बताउनु भएको थियो । सहयोगले विद्यार्थीको शिक्षामा उल्लेखनिय सहयोग गर्ने बताउनु भएको छ ।


यस्तै रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पण्डेले बिद्यार्थी शिक्षामा सहयोग पुग्ने आशाका साथ सहयोग गरिएको बताउनु भयो । पण्डेले रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा रहेका वेशाहरा तथा अनाथ बालबालिकाको लागी सहयोग गर्न पाउदा खुशी भएको प्रतिक्रिया दिनु भयो । साथै रेडियोले ढोरपाटन नगरपालिका २ को खल्लबाङमा रहेको अर्नाकोट माध्यामिक विद्यालयका २० जना विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण गरिएको छ ।


बागलुङ जिल्लाको पश्चिम क्षेत्र सहितआसपासकाजिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, पर्वत, म्याग्दी, मुस्ताङ, प्युठान, रुकुम, रोल्पा, रुपन्देही, स्याङजा, नवलपरासी, कपिलवस्तु लगाएत क्षेत्रकाश्रोताले प्रत्यक्ष र अनलाईन मार्फत विश्वभर सुन्दै आउनु भएको छ । विभिन्नचुनौतीकोभिड १९ तथाविभिन्नप्राकृर्तिक विपत्तिको सामनागर्दे सिमितश्रोत र साधनका बावजुट यस क्षेत्रको विकास समृद्धिमा स्थानिय सरकार तथाअन्यविभिन्ननिकायले गरिरहेका राम्राकामको प्रचार प्रसार खराबप्रबृर्तिको निरन्तर खवरदारी गर्ने यहाँकाकला संस्कृर्ति, पर्यटन प्रर्वधनलाई जर्गेनागर्ने, राज्यको नजर पुग्ननसकेको क्षेत्रमा राज्यलाई उत्तरदायीबनाउने नागरिकलाई सुसुचितबनाउने जस्ता कार्यमा रेडियोले निरन्तर भुमिका निर्वाह गर्दे आइरहेको छ ।

अर्नाकोट माध्यमिकविद्यायल ढोरपाटन नगरपालिका २ खल्बाङको ४८ औँ बार्षिकोत्सव

0

बुर्तिबाङ,
अर्नाकोट माध्यमिक विद्यायल ढोरपाटन नगरपालिका २ खल्बाङको ४८ औँ बार्षिक उत्तसवतथा २० औँ अभिभावक दिवश सम्पन्नभएको छ ।
विद्यालयले आन्तरिक कार्यक्रम सहित बार्षिक उत्सव मनाएको हो । आयोजित कार्यक्रमलाई मंगलबार ढोरपाटन नगरपालिका उपमेयर धनबहादुर कायतले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्न सकेमात्रै सामुदायिक विद्यालयको विकास हुने बताउनु भयो । उहाँले थपवोल्दै सामुदायिक विद्यालयतर्फ राज्यले धेरै लगानी गरे पनि परिणाम निकाल्न नसकेको बताउँदै विद्यार्थी, शिक्षक अभिभावक र राज्य सबैले अपनत्व लिन सकेमात्र सामुदायिक विद्यालयको विकास हुनेमा जोड दिनुभयो ।


कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका वडा नंंं. २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै आफुले अध्ययन गरेको र आफनै पुर्खाहरुले स्थापना गरेको यस विद्यालयको शैक्षिक भौतिक बिकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित आफना हजुरबुवा बोम बहादुर खत्रीको नाममा पचास हजार रुपैयाँ चन्दा दिने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, ढोरपाटन शिक्षाशाखा प्रमुख ज्ञानेन्द्र सापकोटा लगाएतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रमका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रबृर्ति वितरण, विद्यार्थीको प्रतिभा प्रस्फुटन लगाएतका कार्यक्रम सम्पन्नभएको हो ।

कार्यक्रमकै सन्दर्भमा सामुदायिक रेडियो ढोरपाटनको तर्फदेखि २० जना विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण गरिएको छ । रेडियोको १३ औँ बर्ष प्रवेशको अवसरमा जेहेन्दार, गरिव र विद्यालयमा उत्कृष्ट अंक लिएका विद्यार्थीलाई आफुहरुले स्टेशनरी उपलब्ध गराइएको स्टेशनप्रमुख छविलाल पाण्डेले बताउनु भयो ।
आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता, शिक्षक इन्द्र कुवंरको स्वागत विद्यालयका प्रध्यानाध्यापक धनबहादुर महतको सञ्चालनमा कार्यक्रम सम्पन्नभएको थियो ।