बागलुङ बैसाख १४ गते
विद्या विकास माध्यमिक विद्यालयका प्रअको मनोमानीले त्यस क्षेत्रमा यतिवेला निकै चर्चा पाएको छ । कसैको कुरा नसुन्ने र अभिभावक संगको रिसिबिका कारण कक्षा उतिर्ण भएका विद्यार्थी समेत फेल गराउने देखि मनोमानी रुपमा विद्यार्थीबाट शुल्क असुल्ने सम्मका हर्कत त्यहाँको विद्यालयका प्रअ भिमकुमारी भण्डारी थापा ले गर्दे आएकी हुन ।
गत २०७९ को शैक्षिक सत्र अन्र्तगत बार्षिक परिक्षामा कक्षा २ मा अध्ययनतर विद्यार्थी मौसम थापा र कक्षा ९ मा अध्ययनतर नारायण भण्डारी उत्तर पुस्तिकामा उर्तिण भएपनी नतिजा प्रकाशनमा फेल भएको भनिएपछि विद्यालयमा निकै हँगामा मच्चियो ।
मौसम थापाका बाबा तेजेन्द्र थापाले आफनो बच्चा फेल भएको भन्ने जानकारी पाएपछि बच्चाको उत्तरपुस्तिका आफुलाई देखाउन विद्यालय प्रशासन संग पटक पटक आग्रह गरे तर विद्यालयका प्रध्यानाध्यापकले उत्तरपुस्तिका दिन नमानेपछि गत बैसाख १० गते विद्यालयमा ताला लगाइदिए लगत्तै अभिभावक स्थानीय बासी, जनप्रतिनिधी, प्रहरी प्रशासन बसेर २४ घण्टापछि ११ गते विद्यालय खोल्ने निर्णय पनी भयो ।
बुधबार विद्यालयका शिक्षकहरुको बैठकले दुई जना विद्यार्थीको उत्तर पुस्तिकामा उर्तिण भएपनी उर्तिण गराउनु पर्नेमा त्रुटि भएको भन्दै क्षमा याचना सहित विज्ञप्ती निकालेका छन । उता विद्यालयका प्रअ रहेकी भण्डारीले शैक्षिक सत्र २०७९ मा कक्षा ८ को प्रवेश पत्र बनाउने बहानामा विद्यार्थीसंग ३५ जना संग ३०० रुपैयाँका दरले आर्थिक असुल गरेर विद्यालयको खातामा नराखी आफुले राखेको स्थानीय तेजिन्त्र थापाको भनाई छ ।
यस्तो पटक पटक गल्ति गर्दा विद्यालयको शैक्षिक तथा व्यवस्थापकिय पक्षमा समस्या आएको स्थानियको भनाई छ । बैसाख ११ गते यि दुबै विषयमा छलफल हुँदै गर्दा प्र.अ. भण्डारीले अभिभावक संग माफि समेत मागिन
उता विद्यालयको आर्थिक अनियमितता भएको भन्दै विद्यालयका प्रअ माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको जनाईएको छ विद्यार्थी छात्रबृर्तिमा मनोमानी गरेको लगाएतका नियतबस गतिविधी प्र.अ.बाट विद्यालयमा मौलाएको विद्यालयका एक शिक्षकले बताए । प्रअको मनोमानीका कारण व्यवस्थापन पक्ष फितलो बन्दै गएको उनले बताए ।
विद्यालयमा भएको यो घटना अत्यन्तै दुःखद भएको र उर्तिण भएका विद्यार्थीलाई समेत व्यक्तिगत रिसिविका कारण फेल गराउनु गलत भएकोे ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताए ।
उक्त विद्यालयमा २०७५ सालदेखि सामाजिक परिक्षण हुन सकेको छैन ।
२०७९ साल पौष महिनामा नगरपालिकाका प्रतिनिधीकै उपश्थिीतिमा भरत पुन अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिती गठन भयो । पुनको उमेर हद नपुगेको भन्दै उक्त समितीलाई अहिले निश्कृय बनाइएको छ । नगरपालिकाले अर्का समिती गठन प्रकृयातिर ध्यान दिन नसक्दा विद्यालयको शैक्षिक, आर्थिक र व्यवस्थापन पक्ष अव्यवस्थित बन्दै गएको बताइएको हो ।