ढोरपाटन नगरपालिकामा एक महिनादेखि लेखा प्रमुख बिहिन

बुर्तिबाङ बैसाख १३
बागलुङको ढोरपाटन नगरपालिकामा विगत एक महिना देखि नगरपालिका लेखा शाखा प्रमुख विहिन बनेको छ ।
आर्थिक बर्षको तेश्रो चैमासिक चल्दै गर्दा लेखा शाखामा कर्मचारी नभएपछि योजनाको फरफारकको काम रोकिएको छ ।
नगरपालिकाबाट हुने सबै प्रकारका आर्थिक कारोबार बन्द भएको सुचना अधिकारी चण्डीराज पौडेलले बताए ।

करिब देडसय योजनाको भुक्तानी दिन बाँकी छ फाईल पाँजेर राखिएको छ लेखा प्रमुख नभएका कारण सेवा प्रवाहमा समस्या भएको पौडेलले बताए । लेखा प्रमुख शिव प्रसाद सर्मा गत चैत्र महिनामा यहाँबाट सरुवा भएसंगै नगरपालिकाले एक महिना वित्नै गर्दासमेत हालसम्म लेखा प्रमुख व्यवस्थापन गर्न नसकेको हो ।

अधिकांस योजना सम्पन्न हुने भुक्तानी लिने समय भएका कारण पनी लेखा शाखा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या देखिएको नागरिकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित