spot_img

अर्नाकोट माध्यमिकविद्यायल ढोरपाटन नगरपालिका २ खल्बाङको ४८ औँ बार्षिकोत्सव

बुर्तिबाङ,
अर्नाकोट माध्यमिक विद्यायल ढोरपाटन नगरपालिका २ खल्बाङको ४८ औँ बार्षिक उत्तसवतथा २० औँ अभिभावक दिवश सम्पन्नभएको छ ।
विद्यालयले आन्तरिक कार्यक्रम सहित बार्षिक उत्सव मनाएको हो । आयोजित कार्यक्रमलाई मंगलबार ढोरपाटन नगरपालिका उपमेयर धनबहादुर कायतले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्न सकेमात्रै सामुदायिक विद्यालयको विकास हुने बताउनु भयो । उहाँले थपवोल्दै सामुदायिक विद्यालयतर्फ राज्यले धेरै लगानी गरे पनि परिणाम निकाल्न नसकेको बताउँदै विद्यार्थी, शिक्षक अभिभावक र राज्य सबैले अपनत्व लिन सकेमात्र सामुदायिक विद्यालयको विकास हुनेमा जोड दिनुभयो ।


कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका वडा नंंं. २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै आफुले अध्ययन गरेको र आफनै पुर्खाहरुले स्थापना गरेको यस विद्यालयको शैक्षिक भौतिक बिकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित आफना हजुरबुवा बोम बहादुर खत्रीको नाममा पचास हजार रुपैयाँ चन्दा दिने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, ढोरपाटन शिक्षाशाखा प्रमुख ज्ञानेन्द्र सापकोटा लगाएतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रमका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रबृर्ति वितरण, विद्यार्थीको प्रतिभा प्रस्फुटन लगाएतका कार्यक्रम सम्पन्नभएको हो ।

कार्यक्रमकै सन्दर्भमा सामुदायिक रेडियो ढोरपाटनको तर्फदेखि २० जना विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण गरिएको छ । रेडियोको १३ औँ बर्ष प्रवेशको अवसरमा जेहेन्दार, गरिव र विद्यालयमा उत्कृष्ट अंक लिएका विद्यार्थीलाई आफुहरुले स्टेशनरी उपलब्ध गराइएको स्टेशनप्रमुख छविलाल पाण्डेले बताउनु भयो ।
आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता, शिक्षक इन्द्र कुवंरको स्वागत विद्यालयका प्रध्यानाध्यापक धनबहादुर महतको सञ्चालनमा कार्यक्रम सम्पन्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित