देवेन्द्र पौडेलको चुनाव खर्च १८ लाख ९० हजार

बागलुङ प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता पौडेलले निर्वाचन प्रतिनिधी राजिव घिमिरेमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन् ।

निर्वाचन प्रतिनिधि घिमिरेले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन कार्यालयमा विवरण बुझाउन निर्देशन दिएअनुसार बुझाइएको र निर्वाचन आयोगले बैशाख १२ गतेभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएपछि सार्वजनिक गरिएको बताए ।

विवरणअनुसार पौडेलले सबैभन्दा धेरै खर्च प्रचारप्रसार र खाना खाजामा गरेका छन् । प्रचारप्रसार र खाना खाजामा ४÷४ लाख खर्च भएको छ । यातायात व्यवस्थापनमा ३ लाख, प्रतिनिधी परिचालनमा ३ लाख, कार्यालय व्यवस्थापन संचालनमा २ लाख ५० हजार, गोष्ठी अन्तरक्रिया कार्यक्रममा ९० हजार र सभा मञ्च व्यवस्थापनमा १ लाख ५० हजार गरि १८ लाख ९० हजार खर्च भएको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित