
विनोद विश्वकर्मा, बुर्तिबाङ बागलुङ
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र द्धारा बुर्तिबाङमा राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न भएको छ ।
“टिप्पणी शुझाव र संगठनका लागि नेता कार्यकर्ता र जनता संग भेट गरौँ,विचार र नेतृत्वको आधारमा संगठित तागत निमार्ण र सम्बृद्धीमा जोड दिउँ ” भन्ने मुल नाराका साथ ने क पा माओबादी केन्द्र बागलुङ क्षेत्र नंम्बर २ (ख) को आयोजनामा पार्टी संग जनताको विश्वास कम हुदै गएको कारण पार्टीलाई मजभुत बनाउने भन्दै निसीखोला गाउँपालिका,तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।
कार्यक्रमको अवसरमा ने क पा माओबादी केन्द्र केन्द्रिय सदस्य कृष्ण के सीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य के सीले माओबादी पाटी अन्य पाटी जस्तो भएको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । पार्टीले आधारभुत वर्ग समुदायलई विर्सियर यो अवस्था भएको कारण यसलाई विर्सना नहुने बताउनु भयो ।
पार्टीलाई थप सुद्धिधिकरण गर्न आवश्यक छ र यसलाई पश्चिम बागलुङका ३ पालिकाले सुरुवात गर्न प्रश्ताव गर्नु भयो । यसलाई अन्य पालिकाले पनि सिक्न सक्ने बताउनु भयो ।
कार्यक्रम आवसरमा ने क पा माओबादी केन्द्र केन्द्रिय सदस्य निल बहादुर पुन, ने क पा माओबादी केन्द्र र जिल्ला समन्वय समिति बागलुङका सचिव केशर थापा,ले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए ।
साथै कार्यक्रममा नेकपा माओबादी केन्द्र निसीखोला अध्यक्ष कुविर विश्वकर्मा, तमानखोला अध्यक्ष प्रेम रोका, ढोरपाटन नगर अध्यक्ष भिम गौतमले पार्टीको पालिका गत रिपोर्टिङ प्रश्तुत गर्नु गरेका हुन् । कार्यक्रम नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रेम घर्तीको अध्यक्षता ने क पा माओबादी केन्द्र जिल्ला समन्वय समिति बागलुङका सदस्य हेमेन्द्र घर्तिको स्वागत र ने क पा माओबादी केन्द्रका नारायण सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रमा आस्था राख्ने नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।