Home Blog Page 132

बुटवलबाट बुर्तिबाङ तर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटना १ जनाको ज्यान गयो

0

 बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको लु १ ख ५९५६ नम्बरको बस जोर धारा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा  परेका २३ जनालाई  अस्पताल पठाइएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। दुर्घटनामा १ महिलाको ज्यान गएको बुझिएको छ दुर्घटनामा पर्नेहरुको विस्तृत विवरण आइनसकेको हो

बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।‘सडकबाट २ सय मिटर तल बस खसेको छ

तरलता अभाव देखाएर सहकारी बन्द

0

बागलुङ — आर्थिक तरलता अभाव भन्दै एक सहकारी संस्थाले कार्यालय बन्द गरेको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाले बुधवारको सञ्चालक बैठकले निर्णय गरेको भन्दै सूचना टाँसेर कार्यालय बन्द भएको जनाएको हो । केहीदिन अघिदेखि नै सहकारीले बचतकर्ताको रकम दिएको थिएन ।

बिहीबार बिहान कार्यालय पुग्नेले सूचना टाँसेको देखेपछि शेयर सदस्य, बचतकर्ता लगायतले आफ्नो रकम डुब्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘मेरो बचत इमेज सहकारीमा मात्रै थियो, बर्बाद हुने भयो’ बागलुङ नगरपालिका–१ का सुजन रेग्मीले भने, ‘पैसा झिक्न नपाए कारोवारमा समस्या हुने भयो ।’ उनले सञ्चालक कसैले पनि फोन गर्दा नउठाए

सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगर प्रमुख छन् । कार्यालय बन्द भएको बारे सोध्न फोन गर्दा नेपालीले उठाएनन् । नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी बन्द भएकोबारे जानकारी नपाएको बताए । ‘केही समस्या भएको भए संस्थागत कुरा गरेको भए पनि हुन्थ्यो’ शर्माले भने, ‘कार्यालय बन्द गर्नु राम्रो होइन ।’ तरलता अभाव भए पनि सानो कारोवार गर्न सकिने र ठूलो भुक्तानी क्रमशः दिन सकिने शर्माले बताए ।

कारोवार बन्द भएपछि बिहिवार बचतकर्ताको भीड लागेको थियो । भीड धेरै भएपछि दिनभरी प्रहरीले सुरक्षा दिएका थियो । सहकारीका कर्मचारी पनि कार्यालयमा थिएनन् ।

गैरसेयर सदस्यसँग कारोबार गरेको खुलेको छ । ‘मेरो सेयर छ/छैन, ५ लाख बढी कारोबार थियो,’ बानपा–२ की पूजा शर्माले भनिन्, ‘हामी बर्बाद हुने भयौं ।’ यसअघि उनले यहाँकै शिव शिखर सहकारी संस्थामा पनि लाखौंको कारोबार गरेको र भुक्तानी नपाएको गुनासो गरिन् । शिव शिखर सहकारीले पनि २ महिनाअघिदेखि नै भुक्तानी नदिएपछि सेयर र बचतकर्ताले सहकारीको पसलबाट सामान उठाएका थिए । अहिले उक्त सहकारीको पनि कारोबार ठप्प छ । सञ्चालक सम्पर्कभन्दा बाहिर छन् भने यहाँ सञ्चालित पसल पनि बन्द भएको छ ।

गत पुसमा भएको साधारणसभामा इमेजले सहभागी सेयर सदस्य र बचतकर्तालाई प्रतिवेदनसमेत दिएको थिएन । संस्थाको पदाधिकारीबारे अधिकांशले जानकारी नपाएको गुनासो गरे । ‘साधारणसभामा बोलाएर गयौं, तर पदाधिकारी पनि चिनिएन, आर्थिक प्रतिवेदन पनि बताइएन,’ एक बचतकर्ताले भने, ‘यस्तो अवस्था हुने रहेछ त्यसैले कुरा लुकाइएको होला ।’ सहकारीले १८ प्रतिशत ब्याज दिने भन्दै बचतकर्ताको रकम संकलन गरेको थियो । अध्यक्ष नेपालीले पोखरा, बागलुङ, बुर्तिवाङ र काठमाडौंमा बनाएका घरमा सहकारीको लगानी भएकोले नगद अभाव भएको हुन सक्ने अनुमान गरिएको छ ।

कान्तिपुर अनलाईनबाट साभार

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर ४ सय बढिले लिय सुविधा

0

बैसाख ४
जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य इकाईमा आइतबार निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित सिविरमा ढोरपाटन नगरपालिका वडा नंं. ६,७,८ र ९ तथा निसीखोला गाउँपालिकाको वडा नं. ५ निशेल ढोरका गरि ४ सय बढि नागरिकले सेवा लिएको वडा अध्यक्ष खिम बहादुर घर्ति मगरले बताउनु भयो ।


दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा मुटुरोगको लागी ईसिजी जाँच, मधुमेहको लागी डाईबेटिज, दाँत, सम्वन्धि, स्त्रिरोग, तथा जनजल चेकजाँच तथा निः शुल्क औषधि उपलब्ध गराइएको थियो । उपचार गर्न आएका मध्ये अधिकांसमा दाँत र स्त्रिरोगको समस्या रहेको पाइएको वडा अध्यक्ष खिम बहादुर घर्तिले बताए ।

शिविरमा वेलायत, अमेरिका, जर्मनी लगाएतका देशका ६ जना र नेपालका ४ जना गरि कुल १० जना स्वास्थ्य कर्मीले उपचार तथा विरामीलाई परामर्स उपलब्ध गराएका हुन । शिविरबाट आफुहरुलाई निकै राहत र स्वास्थ्य अवस्था बारे जान्ने अवसर प्राप्त भएको स्थाीनयले बताए ।

 

निसीखोला गाउँपालिका स्तरिय सामुदायिक वन उपभोक्ता महासँघको दोश्रो अधिवेशन

0

बैसाख ३ गते
निसीखोला गाउँपालिका स्तरिय सामुदायिक वन उपभोक्ता महासँघको दोश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल निसीखोला गाउँपालिका महासंघ अध्यक्ष चन्द्रमाला बुढा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथी निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
आयोजित कार्यक्रमममा बोल्दै प्रमुख अतिथी बुढामगरले सामुदायिक वन क्षेत्रको विकास र विस्तारमा पालिका स्तरिय सामुदायिक वन उपभोक्ता महासँघको महत्वपूर्ण भुमिका रहने बताउँदै सामुदायिक वनको जर्गेना र सम्रक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै गाउँपालिकाले समेत विभिन्न कार्यक्रम लिएर अगाडी बढ्ने बताउनु भयो ।
सामुदायिक वन महासंघ नेपालका केन्द्रिय सदस्य प्रेम लामिछानेको विशेष आतिथ्यता,सामुदायिक वन महासंघ जिल्ला अध्यक्ष राज बहादुर थापा , सामुदायिक वन महासंघ प्रदेश सदस्य कमला पुन, निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, सब डिभिजिन वन कार्यालय बुर्तिबाङका रेन्जर खिम बहादुर श्रीस लगाएतको आतिथ्यता एवं सुभकामना मन्त्व्य रहेको थियो ।


अधिवेशनले नोक बहादुर खत्री अध्यक्ष रहेको ९ सदस्य कार्यसमितीको गठन गरिएको छ । समितीको उपाध्यक्ष पुनिकला बुढा, सचिव पुनिकला बुढा (ख) कोषाध्यक्ष ओम बहादुर रसाईली, सदस्यमा कृष्ण कुमारी कुवंर, राम बहादुर घर्ति चयन हुनुभएको छ । वडा नं. १,३ र ७ नम्वर वडाका प्रतिनिधी राख्ने गरि ३ सदस्य पद रिक्त राखिएको बताइएको छ ।
लेखा समिती तर्फ सम्योजक चिरञ्जवी पौडेल सहित अन्य दुई पदादिकारी चयन गर्ने निर्णय भएको छ । उमेश छन्त्याल सम्योजक रहेको ३ सदस्य न्यायिक समितीको गठन गरिएको छ ।
जिल्ला तथा प्रदेश प्रतिनिधी तर्फ चन्द्रमाला बुढा, कमला पुन चयन हुनु भएको छ । सल्लाहकार समिती तर्फ चन्द्रमाला बुढा, कमला पुन, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा, भानसिंह बुढा रहनु भएको हो । निसीखोला गाउँपालिका स्तरिय स्थानीय वन महासंघका सचिव नोक बहादुर खत्रीले उद्धघाटन सत्रको कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

ढोरपाटन उद्योग वाणिज्य संघको आयोजनामा शुभकामना आधान प्रदान

0

बैसाख ३ गते
ढोरपाटन उद्योग वाणिज्य संघको आयोजनामा आइतबार बुर्तिबाङमा शुभकामना आधान प्रदान एवं बुर्तिबाङ बजारमा ट्राफिक व्यवस्थापन विषयक अन्र्तक्रृया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा गण्डकी प्रदेस सभा सदस्य दिलमाया पौवीको प्रमुख आतिथ्यता, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर लगाएत जनप्रतिनिधी, राजनैतिक दल, पत्रकार, उद्योग वाणीज्य संघका पदादिकारी , ट्राफिक प्रहरी लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको कार्यक्रमममा बोल्ने वक्ताहरुले बुर्तिबाङमा ट्राफिक व्यवस्थापनका निम्ती तत्काल कार्यक्रम अगाडी बढाउनु पर्नेमा जोड दिएका छन ।

साँघुरो बजार अव्यवस्थित यातायातका साधन पार्किङ, बजारमा अव्यवस्थित रुपमा राखिएका ब्रेकर लगाएतका विषयमा छलफल गरिएको हो । सहभागिहरुले बजारलाई व्यवस्थित गर्न र दुर्घटना न्युनिकरणमा समयमै सचेतता अपनाउनु पर्नेमा सहभागिले जोड दिएका हुन । सहभागिबाट उठेका जिज्ञासा र समस्यालाई स्थानिय सरकार तथा उद्योग वाणिज्य संघले सम्मोन्य गरेर अगाडी बढ्ने बताइएको छ । कार्यक्रम संस्थाका महासचिव ज्ञान प्रसाद कंडेलले सञ्चालन गर्नुभएको थियो ।

बडिगाड गाउँपालिकामा बृहत शैक्षिक सम्मेलन

0

विनोद विश्वकर्मा ,बुर्तिवाङ,बागलुङ

बडिगाड गाउँपालिकाले शैक्षिक क्षेत्रमा विद्यमान समस्या एवम चुनौतिको समाधान सहित शैक्षिक सुदृढिकरण का लागि वृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।

सनिबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बडिगाड गाउपालिका भित्रका शैक्षिक समस्या चुनौति र समाधानको बारेमा सम्बन्धित सरोकारवालाहरुको चासो चिन्तन र योजना बनाइ शिक्षा क्षेत्रमा अब्बलता हासिल गर्ने उदेश्यले कार्यक्रम गरिएको बडिगाड गाउपालिकाले जानकारी दिएको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएको गण्डकि प्रदेश सभा सदस्य दिलमाया पौवीले सरकारी विद्यालयलाइ केही रचनात्मक कार्य गर्ने बाध्यता रहेको अन्यथा विद्यालयको अवस्था कमजोर हुनसक्ने सम्भावना औल्याउदै नेपालका शैशिक संस्थाहरु सीपमुलक र रोजगारमुलक शिक्षा हुन नसक्दा देशको लागि आवश्यक जनशक्तिको रुपमा उत्पादन हुने विद्यार्थीहरु अन्य देशमा पलायन हुन पुगेको र यो देश विकासको हित विपरित भएको बताउनु भयो । विद्यालयले सीप सङ्गसङ्गै नैतिकता र संस्कारको विकाश गर्न आवश्यक रहेको बताउदै यसको अभावमा आम किशोरकिशोरीहरु कुलतमा फस्ने त्रास रहेको प्रतिक्रिया दिनु भयो ।


कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत पराजुलीले बोल्दै सिकाइ ठिक हुनको लागि पाठ्यक्रम , भौतिक अवस्था र सिकाइमा पुरस्कारको व्यवस्था भएमा शैक्षिक अवस्था अब्बल हुने उहाले भनाइ व्यक्त गर्नुभयो । समावेशि समानुपातिक प्रणालीमा सबैले फाइदा लिन अनुरोध गर्नुभयो ।


सिकाइको पछाडी त्यसको विज्ञान जरुरी रहेको उहाको जोड रहेको थियो । जस अनुसार गाउँपालिकाले अभ्यास गर्न पनि अनुरोध गर्नुभयो । सङ्गसङ्गै सस्कार को विषय अबको आवश्यकता रहेको उहाको भनाई थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाडको निति तथा कार्यक्रम अनुसार वृहत शैक्षिक सम्मेलन कार्यक्रम आयोजना गरिएको र यसबाट गाउँपालिकाको शैक्षिक भविश्य सुनौलो हुने अपेक्षा गर्दै उपस्स्थित सम्पुर्ण बौद्दिक व्याक्तित्व बाट सुझाव, सल्लाह र ठोस योजनाहरु उपलब्ध गराउन आग्रह गर्दै विद्यालय मर्ज तथा दरवन्दि मिलानका कार्यक्रमहरु अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

उहाले शिक्षक सेवा आयोगका निशुल्क कक्षाहरु सन्चालन गर्न लागेको पनि उहाले जानकारी दिनुभएको थियो ।
वृहत राष्ट्रिय शैक्षिक अभियानका संम्योजक अभिषेक घिमिरेले बोल्दै कुनैपनि देशको भविष्य अधोगति तर्फ लैजानको लागि शिक्षा र स्वास्थ्यमा विकृत बनाए पुग्छ , त्यसैले देशलाइ समृद्द बनाउन व्यवहारिक शिक्षा आवश्यक पर्ने प्रस्तुति दिनुभएको थियो । शैक्षिक क्षेत्रमा देखिएको वर्तमान स्थिति, समस्या र समाधानको उपायहरुको बारेमा उत्प्रेरणा जगाउने मन्तव्य सहित प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बाग्मति नगरपालिकामा भएका असल अभ्यासहरुको बारेमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले चर्चा तथा अभ्यासका बारेमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै ऐतिहासिक काम र नविन कामको सुरुवात गरि शैक्षिक सम्मेलनको आयोजना गरेको प्रति शैक्षिक सुधारको अपेक्षा गर्नुभएको थियो ।

गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले बोल्दै बडिगाड गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधारको सफलताको शुभकामना व्यक्त गर्दै भुगोल, सामाजिक, सास्कृतिक अवस्थाको ख्याल गर्दै समयानुकुल शिक्षाको योजना बनाउन सुझाव व्यक्त गर्नुभएको थियो । सम्मेलनको क्रममा विभिन्न क्षेत्रका विज्ञले आफ्ना भनाइ र सुझावहरु प्रस्तुत गरेका थिए उक्त सुझावलाई संकलन गरेर गाउँपालिकाले प्रतिवेदन तयार गर्ने पालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भन्डारीको स्वागत र बडिगाड गाउपालिका शिक्षा शाखा अधिकृत पुर्ण घर्तिको सञ्चालमा सम्पन्न भएको थियो ।

घोडाबाँधेमा एक सय ९८ देशका झण्डा

0

बागलुङको घोडाबाँधे भ्यूटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो । जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमापर्ने भएको हुँदा भ्युटावरलाई प्रवद्र्धन गर्न थालिएको पर्यटन अभियन्ता कृष्ण केसीले बताए ।

उनले नयाँ वर्षको अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले प्रचारप्रसारका लागि झण्डा फहराएर सुरुआत गरेको बताए । धौलागिरि–ढोरपाटन वृहत परियोजना तयार गरेर यहाँको विकास गरिने केसीको भनाइ छ ।

यस परियोजनाअन्तरगत धौलागिरि, निलगिरि, ढोरपाटन र कालीगण्डकीको प्रवर्द्धन गरने केसी बताउँछन् ।  घोडाबाँधेमा संसारकै ठूलो घोडाको मूर्तिसमेत निर्माण गरिने उनको भनाइ छ । केसी भन्छन्, ‘घोडाबाँधे क्षेत्र यस्तो ठाउँ हो, जुन नेपालमा बिरलै छन्, पर्यटकीय हिसाबले प्रचुर सम्भावना भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ, यसको प्रचारलाई व्यापक बनाउन हामीहरूले एक सय ९८ देशका झण्डा फरफराएका छौँ, अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर यसको विकास गर्ने योजना बनाएका छौँ ।’

केसीले भ्युटार क्षेत्रलाई ‘वल्ड कल्चर भेलेज’का रुपमा विकास गर्ने बताए । उनले विश्वका कला, संस्कृतिलाई यहाँ संरक्षित गरी आन्तरिक तथा बाह्य पर्यटक बनाउने योजना बनाएको सुनाए । गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा मगरले स्थानीय भूगोल, सम्पदा, संस्कृतिको पहिचान र चिनारीबाट पर्यटन प्रवर्द्धन गर्न स्थानीय जनसमुदाय जागरुक हुन आवश्यक रहेको बताए ।

ल्लिामा अनगिन्ती पर्यटकीय क्षेत्र रहेको र ती क्षेत्र प्रचारप्रसारका कारण पछाडि परेको बताए । भ्युटावरको प्रचारप्रसारका लागि गलकोट नगरपालिकाका, जैमिनी नगरपालिकाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चासो दिएका छन् ।
रासस

बुर्तिबाङमा निर्माण व्यवसायी संघको इकाई गठन : अध्यक्षमा खिम बहादुर पुन

0

बैशाख २ गते
पश्चिम बागलुङका व्यवसाहीहरु द्धारा शनिवार निर्माण व्यवसाही संघ इकाई गठन गरिएको छ । क्षेत्र नं. २ बागलुङ प्रदेश सभा २ अन्र्तगत निर्माण व्यवसाहीहरुको भेलाले खिम बहादुर पुन अध्यक्ष रहेको ९ सदस्य समितीको गठन गरिएको जनाईएको छ ।
समितीको उपाध्यक्षमा जाल बहादुर कुवंर क्षेत्री, सचिव तेजिन्द्र थापा, कोषाध्यक्ष खुम बहादुर अदै, सदस्यहरुमा क्रमश नरजंग घर्तिमगर, मसुमन अर्गेजा, धर्म बहादुर घर्ति, लालसिंह घर्ति शिवराज कंडेल चयन भएका छन ।
त्यस्तै दिपक कुमार अदै सहित ४ सदस्य सल्लाहकार समितीको गठन गरिएको छ ।

समितीमा सुरेन्द्र कुमार बुढा मगर, लिङकन घर्ति मगर, लाल बहादुर घर्ति रहनु भएको हो । ठेक्का व्यवस्थापन समिती तर्फ सुमित घर्ति मगर, लालसिंह घर्ति, भुमिराज पुन, तारा घर्ति मगर, विर बहादुर वि.क. चयन हुनुभएको हो ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालका र तमानखोला गाउँपालिका अन्र्तगत रहेका व्यवसाही समितीमा आवद्ध रहेका हुन । निर्माण व्यवसाही संघ बागलुङ जिल्ला सदस्य दिपक कुमार अदैको अध्यक्षतामा बसेको बैठकले समितीको चयन गरिएको बताइएको छ ।

जन्मदिनको अवसरमा सुसान्त अखेलीद्धारा बृद्धाआश्रममा खाद्यान्न सहयोग

0

२०८० बैसाख १ गते बुर्तिबाङ
बागलुङ नगरपालिका १४ बलेवाका प्रकाश अखेली तथा सबिता अखेलिका सुपुत्र सुसान्त अखेलीकोे जन्मदिनको पावन अवसरमा शुक्रबार पर्बत जिल्ला कुश्मा नगरपालिका ५ मोदिबेनी रहेको बृद्धाआश्रममा बस्ने जेष्ठ नागरिकलाई खाद्यान्न बितरण गरिएको छ ।

सिटिजन लाईफ इन्योरेन्सका एजेन्सी समेत रहेकी बालक सुसान्तकी आमा सबिता अखेलीका अनुसार घरमा अनावस्यक गरिने फजुल खर्चलाई कटाएर बाबुको जन्मोत्सबमा मानव सेवा मध्येको केही काम गर्ने अभिप्राय स्वरुव बृद्धाआश्रममा रहनु भएका १२ जना जेष्ठ नागरिकलाई खाध्यान्ह हस्तान्त्रण गरिएको बताउनु भयो ।

नुन, तेल, पिठो, चामल लगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको अखेलीको भनाई छ । जन्म दिनमा अनावस्यक खर्च गरेर गरिने फजुल खर्चलाई कटाएर गरिएको मानविय सहयोग आफैमा सकारात्मक रहेको उहाको भनाइ रहेको छ । खाद्यान्न सामाग्री बितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स क.लि का क्षेत्रीय शाखा प्रमुख दिपेन्द्र शर्मा लम्साल, एजेन्सी म्यानेजर साबीत्रि शर्मा ( सानू) कृषि बिकास बैक कर्मचारी तथा बालक सुसान्त कि माइजू कल्पना सापकोटा लगायतको उपस्थिति थियो ।

निसीखोला दास्रो अध्यक्ष कप ः पुरुष भलिबलको उपाधि गलकोटलाई

0

विनोद विश्वकर्मा ,बुर्तिबाङ,बागलुङ
जिल्लाको निसीखोला गाउँपालिकामा सञ्चालित दोस्रो अध्यक्ष कप बिहिबार सम्पन्न भएको छ ।

निसीखोला गाउँपालिका द्धारा आयोजित दोस्रो अध्यक्ष कपको पुरुष भलिबलमा घरेलु टोली निसीखोला लाई पराजित गदै गलकोट नगरपालिकाले उपाधि हात पारेको छ ।

यस्तै महिला भलिबलमा तमानखोला गाउँपालिका प्रथम र निसीखोला गाउँपालिका द्धितिय भएका छन् । यस्तै ३५ बर्ष माथीको पुरुष भलिबल प्रतियोगितामा निसीखोला गाउँ पालिका २ प्रथम र निसीखोला गाउँपालिका वडा नं ३ द्धितिय भएको छ ।
पुरुष भलीवल तर्फ ५ समुह र महिला भलीवल तर्फ ४ समुहको सहभागिता रहेको थियो ,कार्यक्रम सञ्चालन गर्नका निम्ती पालिकाले १५ लाख रुपैयाँ बजेट विनीयोजन गरेको थियो ।

प्रतियोगिता तर्फ पूरुष भलीवल मा प्रथम द्धितिय ,तिर्तिय हुनेले क्रमश १ लाख १५ हजार, ७० हजार र ४५ हजार प्राप्त गरेका छन् । महिला भलिवल तर्फ क्रमश ७० हजार, ४५ हजार र २५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।