बडिगाड गाउँपालिकामा बृहत शैक्षिक सम्मेलन

विनोद विश्वकर्मा ,बुर्तिवाङ,बागलुङ

बडिगाड गाउँपालिकाले शैक्षिक क्षेत्रमा विद्यमान समस्या एवम चुनौतिको समाधान सहित शैक्षिक सुदृढिकरण का लागि वृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।

सनिबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बडिगाड गाउपालिका भित्रका शैक्षिक समस्या चुनौति र समाधानको बारेमा सम्बन्धित सरोकारवालाहरुको चासो चिन्तन र योजना बनाइ शिक्षा क्षेत्रमा अब्बलता हासिल गर्ने उदेश्यले कार्यक्रम गरिएको बडिगाड गाउपालिकाले जानकारी दिएको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएको गण्डकि प्रदेश सभा सदस्य दिलमाया पौवीले सरकारी विद्यालयलाइ केही रचनात्मक कार्य गर्ने बाध्यता रहेको अन्यथा विद्यालयको अवस्था कमजोर हुनसक्ने सम्भावना औल्याउदै नेपालका शैशिक संस्थाहरु सीपमुलक र रोजगारमुलक शिक्षा हुन नसक्दा देशको लागि आवश्यक जनशक्तिको रुपमा उत्पादन हुने विद्यार्थीहरु अन्य देशमा पलायन हुन पुगेको र यो देश विकासको हित विपरित भएको बताउनु भयो । विद्यालयले सीप सङ्गसङ्गै नैतिकता र संस्कारको विकाश गर्न आवश्यक रहेको बताउदै यसको अभावमा आम किशोरकिशोरीहरु कुलतमा फस्ने त्रास रहेको प्रतिक्रिया दिनु भयो ।


कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत पराजुलीले बोल्दै सिकाइ ठिक हुनको लागि पाठ्यक्रम , भौतिक अवस्था र सिकाइमा पुरस्कारको व्यवस्था भएमा शैक्षिक अवस्था अब्बल हुने उहाले भनाइ व्यक्त गर्नुभयो । समावेशि समानुपातिक प्रणालीमा सबैले फाइदा लिन अनुरोध गर्नुभयो ।


सिकाइको पछाडी त्यसको विज्ञान जरुरी रहेको उहाको जोड रहेको थियो । जस अनुसार गाउँपालिकाले अभ्यास गर्न पनि अनुरोध गर्नुभयो । सङ्गसङ्गै सस्कार को विषय अबको आवश्यकता रहेको उहाको भनाई थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाडको निति तथा कार्यक्रम अनुसार वृहत शैक्षिक सम्मेलन कार्यक्रम आयोजना गरिएको र यसबाट गाउँपालिकाको शैक्षिक भविश्य सुनौलो हुने अपेक्षा गर्दै उपस्स्थित सम्पुर्ण बौद्दिक व्याक्तित्व बाट सुझाव, सल्लाह र ठोस योजनाहरु उपलब्ध गराउन आग्रह गर्दै विद्यालय मर्ज तथा दरवन्दि मिलानका कार्यक्रमहरु अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

उहाले शिक्षक सेवा आयोगका निशुल्क कक्षाहरु सन्चालन गर्न लागेको पनि उहाले जानकारी दिनुभएको थियो ।
वृहत राष्ट्रिय शैक्षिक अभियानका संम्योजक अभिषेक घिमिरेले बोल्दै कुनैपनि देशको भविष्य अधोगति तर्फ लैजानको लागि शिक्षा र स्वास्थ्यमा विकृत बनाए पुग्छ , त्यसैले देशलाइ समृद्द बनाउन व्यवहारिक शिक्षा आवश्यक पर्ने प्रस्तुति दिनुभएको थियो । शैक्षिक क्षेत्रमा देखिएको वर्तमान स्थिति, समस्या र समाधानको उपायहरुको बारेमा उत्प्रेरणा जगाउने मन्तव्य सहित प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बाग्मति नगरपालिकामा भएका असल अभ्यासहरुको बारेमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले चर्चा तथा अभ्यासका बारेमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै ऐतिहासिक काम र नविन कामको सुरुवात गरि शैक्षिक सम्मेलनको आयोजना गरेको प्रति शैक्षिक सुधारको अपेक्षा गर्नुभएको थियो ।

गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले बोल्दै बडिगाड गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधारको सफलताको शुभकामना व्यक्त गर्दै भुगोल, सामाजिक, सास्कृतिक अवस्थाको ख्याल गर्दै समयानुकुल शिक्षाको योजना बनाउन सुझाव व्यक्त गर्नुभएको थियो । सम्मेलनको क्रममा विभिन्न क्षेत्रका विज्ञले आफ्ना भनाइ र सुझावहरु प्रस्तुत गरेका थिए उक्त सुझावलाई संकलन गरेर गाउँपालिकाले प्रतिवेदन तयार गर्ने पालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भन्डारीको स्वागत र बडिगाड गाउपालिका शिक्षा शाखा अधिकृत पुर्ण घर्तिको सञ्चालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित