बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको लु १ ख ५९५६ नम्बरको बस जोर धारा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेका २३ जनालाई अस्पताल पठाइएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। दुर्घटनामा १ महिलाको ज्यान गएको बुझिएको छ दुर्घटनामा पर्नेहरुको विस्तृत विवरण आइनसकेको हो
बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।‘सडकबाट २ सय मिटर तल बस खसेको छ