बैसाख ३ गते
निसीखोला गाउँपालिका स्तरिय सामुदायिक वन उपभोक्ता महासँघको दोश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल निसीखोला गाउँपालिका महासंघ अध्यक्ष चन्द्रमाला बुढा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथी निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
आयोजित कार्यक्रमममा बोल्दै प्रमुख अतिथी बुढामगरले सामुदायिक वन क्षेत्रको विकास र विस्तारमा पालिका स्तरिय सामुदायिक वन उपभोक्ता महासँघको महत्वपूर्ण भुमिका रहने बताउँदै सामुदायिक वनको जर्गेना र सम्रक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै गाउँपालिकाले समेत विभिन्न कार्यक्रम लिएर अगाडी बढ्ने बताउनु भयो ।
सामुदायिक वन महासंघ नेपालका केन्द्रिय सदस्य प्रेम लामिछानेको विशेष आतिथ्यता,सामुदायिक वन महासंघ जिल्ला अध्यक्ष राज बहादुर थापा , सामुदायिक वन महासंघ प्रदेश सदस्य कमला पुन, निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, सब डिभिजिन वन कार्यालय बुर्तिबाङका रेन्जर खिम बहादुर श्रीस लगाएतको आतिथ्यता एवं सुभकामना मन्त्व्य रहेको थियो ।
अधिवेशनले नोक बहादुर खत्री अध्यक्ष रहेको ९ सदस्य कार्यसमितीको गठन गरिएको छ । समितीको उपाध्यक्ष पुनिकला बुढा, सचिव पुनिकला बुढा (ख) कोषाध्यक्ष ओम बहादुर रसाईली, सदस्यमा कृष्ण कुमारी कुवंर, राम बहादुर घर्ति चयन हुनुभएको छ । वडा नं. १,३ र ७ नम्वर वडाका प्रतिनिधी राख्ने गरि ३ सदस्य पद रिक्त राखिएको बताइएको छ ।
लेखा समिती तर्फ सम्योजक चिरञ्जवी पौडेल सहित अन्य दुई पदादिकारी चयन गर्ने निर्णय भएको छ । उमेश छन्त्याल सम्योजक रहेको ३ सदस्य न्यायिक समितीको गठन गरिएको छ ।
जिल्ला तथा प्रदेश प्रतिनिधी तर्फ चन्द्रमाला बुढा, कमला पुन चयन हुनु भएको छ । सल्लाहकार समिती तर्फ चन्द्रमाला बुढा, कमला पुन, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा, भानसिंह बुढा रहनु भएको हो । निसीखोला गाउँपालिका स्तरिय स्थानीय वन महासंघका सचिव नोक बहादुर खत्रीले उद्धघाटन सत्रको कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।