
बैसाख ४
जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य इकाईमा आइतबार निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित सिविरमा ढोरपाटन नगरपालिका वडा नंं. ६,७,८ र ९ तथा निसीखोला गाउँपालिकाको वडा नं. ५ निशेल ढोरका गरि ४ सय बढि नागरिकले सेवा लिएको वडा अध्यक्ष खिम बहादुर घर्ति मगरले बताउनु भयो ।
दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा मुटुरोगको लागी ईसिजी जाँच, मधुमेहको लागी डाईबेटिज, दाँत, सम्वन्धि, स्त्रिरोग, तथा जनजल चेकजाँच तथा निः शुल्क औषधि उपलब्ध गराइएको थियो । उपचार गर्न आएका मध्ये अधिकांसमा दाँत र स्त्रिरोगको समस्या रहेको पाइएको वडा अध्यक्ष खिम बहादुर घर्तिले बताए ।
शिविरमा वेलायत, अमेरिका, जर्मनी लगाएतका देशका ६ जना र नेपालका ४ जना गरि कुल १० जना स्वास्थ्य कर्मीले उपचार तथा विरामीलाई परामर्स उपलब्ध गराएका हुन । शिविरबाट आफुहरुलाई निकै राहत र स्वास्थ्य अवस्था बारे जान्ने अवसर प्राप्त भएको स्थाीनयले बताए ।