निसीखोला दास्रो अध्यक्ष कप ः पुरुष भलिबलको उपाधि गलकोटलाई

विनोद विश्वकर्मा ,बुर्तिबाङ,बागलुङ
जिल्लाको निसीखोला गाउँपालिकामा सञ्चालित दोस्रो अध्यक्ष कप बिहिबार सम्पन्न भएको छ ।

निसीखोला गाउँपालिका द्धारा आयोजित दोस्रो अध्यक्ष कपको पुरुष भलिबलमा घरेलु टोली निसीखोला लाई पराजित गदै गलकोट नगरपालिकाले उपाधि हात पारेको छ ।

यस्तै महिला भलिबलमा तमानखोला गाउँपालिका प्रथम र निसीखोला गाउँपालिका द्धितिय भएका छन् । यस्तै ३५ बर्ष माथीको पुरुष भलिबल प्रतियोगितामा निसीखोला गाउँ पालिका २ प्रथम र निसीखोला गाउँपालिका वडा नं ३ द्धितिय भएको छ ।
पुरुष भलीवल तर्फ ५ समुह र महिला भलीवल तर्फ ४ समुहको सहभागिता रहेको थियो ,कार्यक्रम सञ्चालन गर्नका निम्ती पालिकाले १५ लाख रुपैयाँ बजेट विनीयोजन गरेको थियो ।

प्रतियोगिता तर्फ पूरुष भलीवल मा प्रथम द्धितिय ,तिर्तिय हुनेले क्रमश १ लाख १५ हजार, ७० हजार र ४५ हजार प्राप्त गरेका छन् । महिला भलिवल तर्फ क्रमश ७० हजार, ४५ हजार र २५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित