विनोद विश्वकर्मा,बुर्तिबाङ, बागलुङ
जिल्लाको तमानखोला गाउँपालिका वडा नं ३ मा रहेको तमान युवा क्वलले आयोजना गरेको चैते दशै मेला बिहिबार सम्पन्न भएको हो ।

समापन समारोेहको प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश सांसद दिलमाया पौवीले संबोधन गर्नु भएको थियो । सम्बोधन गदै सांसद पौवीले तमानको चैते दशै मेला यस क्षेत्रको एक ऐतिहासिक मेला भएको र मेलाले खेल क्षेत्रमा निकै महत्पपुर्ण काम गरेको र मेलाले सुन्दर तमान गाउँमा पर्यटनको पनि आशा जगाएको बताउनु भयो । संबोधनकै क्रममा सांसद पौबीले खेल क्षेत्रको विकासको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । “यस ठाउँको विकासको लागि गाउँपालिका,प्रदेश सरकार र संघिय सरकार मिलेर काम गर्ने छौ, हामिले काम गदै गर्दा हाम्रो नजर नपरेको हुन सक्छ तपाईहरुले निर्धक भएर हामिलाई भन्न सक्न हुन्छ हामिले कति गर्न सक्छौ गर्ने छौ,खेल क्षेत्र संगै शिक्षा क्षेत्रलाई पनि अगाडी बढाउनु पर्दछ ” सांसद पौवीले भन्नु भयो ।

कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा,उपाध्यक्ष हिरा कुमारी छन्त्याल,तमानखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष झक बहादुर बुढा,कार्यपालिका सदस्य हिक्मत जक्क्तपुरी, ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य विमला कुमारी महत,लगायतको उपश्थिति रहेको थियो ।
आयोजित कार्यक्रममा सञ्चालित पुरुष भलिबल प्रतियोगितामा थिरवाङ विकास युवा क्लव तमानखोला गाउँपालिका १ प्रथम र आयोजक तमान युवा क्लव द्धितिय भएका छन् । यस्तै आयोजत सेभेन ए साईड फुटबल प्रतियोगितामा बुर्तिबाङ फुटबल युवा क्लव ढोरपाटन नगरपालिका ए प्रथम र ढोरपाटन नगरपालिका बी द्धितिय भएका छन् ।

मेलाको अवसरमा ताराखेल प्रतियोगिता,छेलो प्रतियोगिता,लगाएतका कार्र्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा विजेता समुहलाई बिहिबार नै पुरस्कार बितरण सहित कार्यक्रम सम्पन्न भएको थियो । चैते दशैको मेला एस ई ई का कारण पछाडी सरेको थियो ।











दुई दिन गरिएको परिक्षण उडान सफल रहेका कारण प्रतिवेदन आएपछि ढोरपाटनमा प्याराग्लाइडिङको सम्भावना रहनेमा आफु आशाबादी रहेको कायतको भनाई छ । प्याराग्लाइडिङ परिक्षण रिर्पाट सफल भएसंगै थप ढोरापाटनको प्रर्यटन प्रर्वधनमा टेवा पुग्ने स्थानीयको आंकलन रहेको छ ।पक्कि सडक निर्माणमा ढिलाई भइरहेका कारण ढोरपाटन पुग्ने प्रर्यटकलाई असहज भइरहेको अवस्थामा सिधा र सहज सडक सञ्जाल जोडिएमा ढोरपाटनमा आन्तरिक तथा बाह्य प्रर्यटक आवागमनमा बृद्धि हुने उपप्रमुख कायतले बताए ।






पौवीले निरन्तर सम्वन्धित निकायमा पहल गरिहरको प्रस्ट पार्नुभयो ।मोटरेवल पुल धेरै थाउँमा निर्माण पहल गर्नुभएका सांसद कुवंरले मोटरेवल पुललाई समेत प्राथमिकता साथ पहल अगाडी बढाउँदै आएको बताउनु भयो । कार्यक्रममा विशिष्ठ अतिथी माननिय दिलमाया पौवीले वोल्दै विकास निर्माण मार्फत नागरिकका समस्या सम्वोधन गर्नु आफुहरुको दायित्व भएका कारण जनताको समस्यामा सम्मोन्य गरेर अगाडी बढ्ने बताउनु भयो ।
