Home Blog Page 134

निसीखोलामा बाख्रा पालक कृषकलाई तालिम: मासुमा आत्मनिर्भर बनाउने उदेश्य

0

चैत्र २१ गते
जिल्लाको निसीखोला गाउँपालिकाले पालिकालाई मासुमा आत्मनिर्भर बनाउने उदेश्य सहित व्यवसाहीक बाख्रा पालन गर्दे आएका कृषकलाई तिन दिने व्यवसाहीक बाख्रा पालन र व्यवस्थापन बिषयक तालिम सुरु गरेको छ ।
मंगलबार देखि सुरु भएको तालिममा पालिकाको पशु सेवा साखाको आयोजनामा प्रत्यक वडाबाट पाँच जनाको दरले सातवटै वडाका ३५ जनालाई तिनदिने तालिम दिन सुरु गरिएको जनाइएको छ ।

प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले वोल्दै निसीखोला गाउँपालिकालाई कृषि र मासुमा आत्मनिर्भर बनाउन सकेमात्र निसीखोला गाउँपालिकाको विकास हुने बताउनु भयो । उहाँले थप बोल्दै इमानदार र मिहिनेती कृषकका निम्ती गाउँपालिकाले सक्दो सहयोग गर्दे जाने प्रतिबद्धता समेत जनाउनु भयो ।


कार्यक्रममा आर्थिक बिकास समिती सम्योजक एव्म वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता पशु सेवा साखाका प्रमुख कृष्ण चन्द, पशु सेवा साखाका नायब पशु स्वास्थ्य प्राविधिक दल बहादुर शाहीको प्रशिक्षण रहेको हो ।
पालिकाभर कृषि तथा पशु फार्म दर्ता गरेर अगाडी बढेका कृषकको सँख्या २ सय बढि भइसकेको अवस्थामा सहभागि कृषका निम्ती बाख्रा पालन गर्दा खोर व्यवस्थापन, रोग परजिवी नियन्त्रण, आहारा व्यवस्थापन, पशु वीमा र त्यसको फाईदा, बाख्राको अभिलेख व्यवस्थापन अन्य व्यवस्थापन लागएतका विषयमा तालिम दिइने पशु शेवा साखा नायब पशु स्वास्थ्य प्राविधिक दल बहादुर शाहीले बताउनु भयो

“अशल भएर ऋण लिनु पर्छ ,अशल भएर ऋण तिर्नु पनि पर्छ” मेयर नेपाली

0

विनोद विश्वकर्मा,बुर्तिबाङ
धैलागिरी लघु वित्त वित्तिय संथा लि. बुर्तिबाङ शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय शाक्षारता कार्यक्रमम सम्पन्न गरेको छ ।
मंगलबार ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो । प्रमुख अतिथिको रुपमा रहनु भएका मेयर नेपालीले लघुवित्त संस्थाले महिला दिदी बहिनीलाई संगठित गर्न सकेकोमा खुशी लागेको बताउनु भयो । लघुवित्त बाट ऋण लिएर विभिन्न उद्यमको काम गर्न अनुरोध गर्न भयो ।
“अशल भएर ऋण लिनु पनि पर्छ अशल भएर ऋण तिर्नु पनि पर्छ,गाउँ शिक्षाको गुणस्तिरियता कमजोर भएकोे कारण गाउँका दिदी बहिनी बच्चा पढाउन बजार झर्ने र गाउँका जग्गा बाँझो बस्ने गरेको छ त्यसकारण हामि पर निभर भयौ त्यसैले अहिले अर्थतन्त्रमा परर्निभर भएका छौ” मेयर नेपालीले भन्नु भयो ।


कार्यक्रममा विशिष्ट अतिथि धवलागिरी लघुवित्त लि.का कार्यकारी अधिकृत मिन बहादुर बोहराले लघुवित्त संस्थाहरु मिलेर अगाडी बढेमा देशमा सम्बृद्धि लिन सफल हुने बताउनु भएको छ । अहिलेको सन्दर्भमा बच्चालाई कुलत बाट फस्ने जोखीम धेरै भएको र त्यसलाई नियन्त्रण गर्नको लागि महिला दिदी बहिनीको महत्वपुर्ण स्थान रहने भनाई राख्नु भयो । त्यस्तै कार्यक्रमका अतिथि सेयर सदस्य नेत्रलाल चालिसेले सही तरिकाले ऋण लिने र दिने गरेमा अहिले बजारमा फैलिएको हल्लाले लघुवित्तलाई कुनैै असर नपार्ने जिकिर गर्नु भयो ।


कार्यक्रममा अवसरमा संस्थाका धनिष्ठ अधिकृत तथा अशुलि विभाग शाहयक टंक प्रसाद ढकालले कार्यक्रममो बारेमा स्पष्ट पार्नु भएको थियो । यस्तै लिला बहादुर बुढा,नेपाल बैंक बुर्तिबाङ शाखाका शाखा प्रबन्धक सुनिल चौधरी प्रभु बैंक शाखा प्रबन्धक खिम बहादुर खत्री,लगायतले कार्यक्रममा मन्तन्य व्याक्त गरेका थिए । कार्यक्रममा प्रेम पौडेल, गरिमा बैंकका शाखा प्रमुख जित बहादुर गर्बुजा , ग्लोवल आईएम इ बैंक शाखा प्रमुख ईश्वर राज भन्डारी ,नेस्डो सम्बृद लघुवित्त शाखा प्रमुख पुष्पा मल्ल लगाएत ११९ वटै केन्दका केन्द्र प्रमुख हरुको उपस्थिति रहेको थियो ।


कार्यक्रम धौलागिरी लघुवित्त केन्द्र नं ६० की लेखा कुमारी घर्तिको अध्यक्षता , धौलागिरी लघुवित्त बुर्तिबाङ शाखा प्रमुख धनमायाँ श्रिषको स्वागत र लघुवित्तका गुल्मी धुर्कोट शाखाका शाखा प्रमुख चिरणजिवी पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ढोरपाटन उद्योग वाणिज्य संघको प्रथम अधिवेशन ः अध्यक्षमा छन्त्याल र महासचिवमा कंडेल

0

विनोद विश्वकर्मा ,बुर्तिबाङ

ढोरपाटन उद्योग वाणिन्य संघको प्रथम अधिवेशन बाट अध्यक्षमा ढालेन्द्र छन्त्याल र महासचिवमा ज्ञान प्रसाद कंडेल सर्वसम्वत निर्वाचन भएका छन् ।

संघको गत सनिबार औपचारिक उद्घाटन पश्ुचात सुरु भएको अधिवेसनको वन्द सत्रले सबै राजनितिक दलको हैसियत कायम रहने गरी सहति गरी समिति चयन गर्ने जनाउनदै आएका राजनितिक दलले सोमबार राति अवेर सम्ममा भागबन्डा टंगो लगाएको थियो ।

साथै ११ सदस्य खुल्ला समिति समेत सर्वसम्बत भएका छन् जसमा तेजिन्द्र थापा मगर,रमेश कुवँर,टोप बहादुर के सी,सरन पाण्डे,तेजिन्द्र खत्री,धनराम पुरी,वीर बहादुर गुरुङ,कृष्ण भन्डारी,सोप बहादुर पौवी,दिपक कुमार अदै,केरसिङ गुरुङ,रहेका छन् त्यूस्तै २ जना महिला तर्फबाट शान्ति पौडेल र कर्मला घर्ति,वाणिज्य तर्फ प्रेम प्रसाद न्यौपाने,उद्योग तर्फ हेम प्रसाद बि.क, र लेखा समितिको संयोजकमा फारम बहादुर कुवँर र सदस्यमा खुम बहादुुुर अदै सर्वसम्वत निवार्चित भएको निर्वाचन समिति सदस्य हिरालाल खनालले जानकारी दिनु भएको छ ।

प्रदेशसभा सदस्य कुवँर र पौवीको आ.व.८० ÷८१ को योजना प्राथमिकिकरण तथा अन्तरक्रिया

0

बुर्तिबाङ

प्रदेशसभा सदस्य, जनप्रतिनिधि र राजनीतिक दलहरु बीच बुर्तिबाङमा आउँदै गरेको नयाँवर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ को आयोजनाको प्राथमिकीकरणमा समेत छलफल गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं गण्डकी प्रदेशसभा सदस्य द्रोर्ण कुमार कुँवरले कार्यक्रममा बोल्दै गण्डकी प्रदेश र समृद्ध बागलुङको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले ढोरपाटन, निसीभुजी, तमान, बडिगाड क्षेत्रको समग्र विकासका लागि आफूले प्रदेश सभा सदस्यको हैसियतले निरन्तर कामगरिरहेको र आउँदा दिनमा पनि यस क्षेत्रवासी जनताको समस्या र महत्वलाई बुझेर सबैसंग हातेमालो गरी अगाडि बढ्ने बताउनु भयो । आफूलाई क्षेत्र बासी जनाताले विश्वास गरेर विजयी बनाएकाले आफ्नो कार्यकालमा निःस्वार्थ भावले निरन्तर जनताको सेवामा समर्पित रहेर कामगर्ने बताउनु भयो ।


त्यसैगरी कार्यक्रमकी विशिष्ट अतिथि गण्डकी प्रदेश सदस्य दिलमाया पौवीले जनताको माग र आवश्यकतालाई प्राथमिकीकरण गरी विकास र समृद्धिको लागि आफूले निरन्तर काम गरेको र आउँदा दिनमा पनि निरन्तर जनताको सेवामा रहँदै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायत विकासका योजनालाई अगाडि बढाउन आफू निरन्तर सक्रियताका साथ लाग्ने बताउनु भयो ।

कार्यक्रममा पूर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, नेपाली काँग्रेशका जिल्ला उपसभापति तारानाथ पौडेल, माओवादी केन्द्रका केन्द्रिय सदस्य निलबहादुर पुन, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, नयाँशहर आयोजना बुर्तिबाङका प्रमुख अभिषेक अधिकारी, समाजसेवी तुल्सीराम अर्याल, दुर्गादेवी घर्ती, हरिबहादुर घर्ती, अशोक वि.क. पत्रकार लोकेन्द्र सुनार लगायतले बोल्नु भएको थियो । त्यसैगरी कार्यक्रममा तीन ओटै पालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले अन्तरक्रियामा आफ्ना जिज्ञाशा र भनाईहरु राख्नुभएको थियो ।


उक्तकार्यक्रम ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको सहजीकरणमा सम्पन्नभएको हो । कार्यक्रममा बागलुङ पश्चिम क्षेत्रका विकास आयोजना र समस्याहरुको बारेमा व्यापक छलफल तथा अन्तरक्रिया सम्पन्न भएकाको छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य द्रोर्ण कुमार कुँवर र दिलमाया पौबीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका गरी तीनओटै स्थानीय पालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विशेष गरी यस क्षेत्रकाविकास आयोजना तथा अलपत्र परेका राष्ट्रिय गौरबका आयोजनाहरु यथासीघ्र सम्पन्न हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा उत्तरगंगा जलविद्युत आयोजना, सालझण्डी ढोरपाटन मोटर बाटो, घोडाबाँधे–अछते–बागलुङ खण्डको मध्यपहाडी लोकमार्ग, ढोरपाटन शिकार आरक्ष, बुर्तिबाङ–तमान–खुंखानी मोटर बाटो, बुर्तिबाङ नयाँ शहर विकास आयोजना, निसीभुजी जनता क्याम्पस, उत्तरगंगा मा.वि., बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगायतका पक्षमा जोडिएका विषयहरुका साथै शिक्षा, खानेपानी, पर्यटन लगायत तीन ओटै स्थानीय पालिकाका विकास योजनाना, आवश्यकता र महत्वका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो ।

उक्त कार्यक्रममा तीन ओटै पालिकाका साझा आवश्यकता, समस्या र महत्वलाई जोड दिंदै १९ ओटा आयोजना लाई प्राथमिकीकरण गरी प्रदेश सरकारमा माग गर्ने निर्णय समेत गरिएको छ ।
उक्त कार्यक्रममा भएका निर्णय अनुसार बुर्तिबाङ प्राथमिक केन्द्रलाई ५० शैयाको जिल्ला अस्पतालमा स्तरोन्नती गर्ने, निसीभुजी जनता क्याम्पसलाई आंगिक वा प्राविधिक क्याम्पसको रुपमा विकास गर्ने उत्तरगंगा जलाशय युुक्त विद्युत आयोजनाको काम तीव्र रुपमा कार्यान्वयन गराउनपहलगर्ने, तीनओटै पालिकालाई पायक पर्ने ठाउँमा फोहोर व्यवस्थापन स्थलनिर्माण गर्ने, तीनओटै पालिकाका २२ ओटै वडाहरुमा केन्द्रिय विद्युत ्प्रशारण लाइनविस्तार गर्ने, अर्नाकोट विमान स्थलको निर्माण कार्यलाई अगाडि बढाउने, बुर्तिबाङ हुँदै तमानखोला म्याग्दी सडक स्तरोन्नती गर्ने, पाखुते झिम्पा निसी सडकको स्तरोन्नती गर्ने, कृषि संकलन केन्द्र तथा बजार व्यवस्थापन र चिस्यान केन्द्र निर्माण गर्ने, अन्तर जिल्ला, अन्तर पालिका र अन्तर वडाको सीमा समस्यालाई तत्काल समाधान गर्ने, ईलाका प्रशाशन, मालपोत तथा नापी कार्यालय बाट हुने सेवाप्रवाह लाई नागरिक मैत्री बनाउने, ढोरपाटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गर्ने, बाढी पीडितलाई राहत तथा व्यवस्थापन गर्ने, तीन ओटै पालिकामा सडक संजालको विस्तार र पुलनिर्माणलाई जोड दिने, सालझण्डी ढोरपाटन सडकलाई तत्काल कालोपत्रे गरी योजनाको कार्यलाई अगाडि बढाउने लगायतका योजाना हरुलाई प्राथमिकीकरण गरिएको छ ।
ढोरपाटन नगरपालिकाका उप प्रमुख धनबहादुर कायतको अध्यक्षता रहेको उक्त कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीको स्वागतमन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गर्नुभएको थियो ।

ढोरपाटन उद्योग बाणिज्य संघको अधिवेशन बाट नयाँ कार्यसमिति चयन सर्वसम्मत हुने 

0

लोकेन्द्र निरासी, बुर्तिबाङ 

ढोरपाटन उद्योग बाणिज्य संघको प्रथम अधिवेशन बाट लामो प्रयास र छलफल पछि नयाँ कार्यसमितिको चयन सर्वसम्मतहुने भएको छ । स्थानीय राजनीतिक दलहरुबीच पटक पटकको छलफल बाट मात्र सर्वसम्मतको प्रयास सफलहुने भएको छ ।


सोमबार विहान अध्यक्ष पदका लागि दाबीविरोधको उजुरी परेपछि अधिवेशन निर्वाचनको सबै प्रक्रिया स्थगित भएको थियो ।
तीन दिनदेखि स्थानीय राजनीतिक दलहरु बीच लगातार बसाई र छलफल भए पनि नयाँ कार्यसमिति चयनका लागि सर्बसम्मत समझदारी बन्न नसकेपछि उक्त छलफल निष्कर्ष विहीन बनेको थियो । सहमती जुट्न नसकेपछि उता अधिवेशन निर्वाचन समितिले गत शनिबार बाटै निर्वाचन प्रक्रियालाई अगाडि बढाएको थियो ।
आइतबार दिउँसो ३ः३० बजे सम्म उम्मेदवारी मनोनयन दर्ताको अन्तिम समय रहेको थियो भने समय सीमा भित्र अध्यक्ष पदको लागि ढालेन्द्र छन्त्याल र जीतकुमारी माझीको उम्मेदवारी परेको थियो भने महा सचिव पदका लागि ज्ञान प्रसाद कँडेल र सहबिन अर्गेजाको उम्मेदवारी परेको थियो भने सदस्यपदका लागि २८ जना, लेखा संयोजक पदमा १ जना र लेखा समिति सदस्यमा १ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको नामावली आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको थियो ।
निर्वाचन समितिको कार्यतालिका अनुसार सोमबार विहान १० बजे सम्म उम्मेदवार उपर दाबीविरोध गर्ने समय रहेकोमा अध्यक्ष पदकी उम्मेदवार जितकुमारी माझीले अध्यक्ष पदका अर्का उम्मेदवार ढालेन्द्र छन्त्यालको उम्मेदवारी उपर दाबीविरोधको लिखित उजुरी गरेपछि र उक्तउजुरी जिल्ला प्रशासन कार्यालय बागलुङमा समेत बोधार्थ बठाएकाले उक्त उजुरी उपर जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णय नआउँदा सम्म निर्वाचनको प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै निर्वाचन समितिले सूचना टाँस गरी निर्वाचन स्थगित गरेको हो ।

दाबीविरोध गर्ने जितकुमारी माझीले अध्यक्षपदमा उम्मेदवार हुनकालागि एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्नेमा अध्यक्ष पदका उम्मेदवार छालेन्द्र छन्त्याल कार्यसमितिको सदस्यमा नरहेको भनी दाबीविरोध गरेकी थिइन् ।
यस विषयमा ढोरपाटन उद्योग बाणिज्य संघको कार्यसमितिको बैठक बसीतत्काल उजुरी उपर निर्णयार्थ निर्देशनको माग गरी जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन पेश गरिएको थियो ।
पत्रमा उल्लेख भएअनुसार ढालेन्द्र छन्त्याल वर्तमान कार्यसमितिको सल्लाहकार संयोजक रहेको र यसभन्दा अगाडिको बागलुङ उद्योग बाणिज्य संघ ईकाई समिति बुर्तिबाङको तत्कालीन कोषाध्यक्ष समेत रहेको र उक्तइकाई नै विधिवत रुपमा ढोरपाटन उद्योग बाणिज्य संघमा परिणत भएको भनीउल्लेख गरिएको थियो ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई जानाकारी लिंदा उद्योग बाणिज्य संघको विषयमा उहाँहरु नै बसेर विधिविधान अनुसार प्रक्रियालाई अगाडि बढाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको बोधार्थ सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले संस्थाको विधानअनुसार उजुरी वाविवाद आएमा निर्वाचन समितिले टुङ्गो लगाउने कानुनीव्यवस्था अनुसार नै गर्न गराउन निर्देशन गरेकोबताउनु भयो ।
गत शनिबार ढोरपाटन उद्योग बाणिज्य संघको प्रथम अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपनि राजनीतिक रस्साकस्सी काकारण समिति चयनमा साझा सर्वसम्मत सहमती जुट्न नसक्दाअधिवेशनको प्रक्रियालम्बिदै गएको थियो । पछिल्लो समयमा भने जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसारको पत्रप्राप्त भएपछि राजनीतिक दलहरु बीच पुनः छलफल गरी पदीय भागवण्डा गरी अन्तिम टुङ्गो लगाउने गरी प्रयास भएको आयोजकले जनाएको छ । आज राति सम्मसर्व सम्मत सहमती जुटे मामंगल बार नै नयाँ कार्यसमितिको घोषणा हुने निर्वाचन समितिले जानाकारी दिएको छ ।

अर्नाकोटमा कर्मफ्लाईट्स फाउन्डेसन द्धारा निमार्ण गरिएको बर्थिङ सेन्टर पालिका लाई हस्तान्तरण

0

विनोद विश्वकर्मा,बुर्तिबाङ,बागलुङ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ अर्नाकोटमा कर्मफ्लाईट्स फाउन्डेसन पोखराद्धारा निमार्ण गरिएको बर्थिङ सेन्टर तथा अन्य संरचनालाई सनिबार हस्तान्तरण तथा भवन उद्घाटन गरेको छ ।

कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष घर्तिले कर्मफ्लाईट्स फाउन्डेसनले अर्नाकोटलाई स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने उदेश्यले ,यहाँका जनताको मर्मलाई बुझेकोमा धन्यवाद व्याक्त गर्नु भयो । घर्तिले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले समेत जनताको स्वास्थ्यलाई मध्यनजर गदै बिभिन्न क्षेत्रमा काम गरिरहेको र अर्नाकोट बासीको समस्याको पनि समधानमा जोड दिने बताउनु भयो । विगतमा वडा अध्यक्ष भएको समयमा त्यस ठाउँको सम्स्या पानीको पनि भएको कारण वडा नं ६ भलकोट बाट पानी खुवाउन आफुले कोषिस गरे पनि समस्याको समाधान हुन नसकेको र त्यसलाई अवको दिनमा आफ्नो कार्यकाल भित्र काकाकुल अर्नाकोटलाई जसरी पनि पानी उपब्ध गराउने बताउनु भयो ।

“यहाँ हरुलाई निरन्तर पानी ल्याउनको लागि गाउँपालिका ,प्रदेश वा संघ बाट भए पनि बजेट मिलाएर पानीको लागि पहल गर्ने प्रतिबद्धता गर्दछु ,अहिले पनि निसीखोलाको भल्कोट बाट पानी दिदा केही समस्या हुने हो कि भनेर केही व्यात्तिले अवरोध गर्ने गरेका छन् । त्यसलाई जसरी पनि कन्भिन्स गरेर अर्नाकोटलाई वडा नं ६ बाट पानि ल्याउन पहल गर्ने छु ” अध्यक्ष घर्तिले भन्नु भयो ।
गाउँपालिकाले स्वास्थ्य सस्थालाई सुविधा सम्पन्न बनाउन पालिकाले स्वास्थय र शिक्षामा विशेष जोड दिएको र स्वास्थ्य ईकाइमा पनि समस्या रहेको भन्दै यसलाई अझै पनि सुविधा सम्पन्न बनाउनको लागि पालिका तयार रहेको रहे पनि बजेट अभाव भएको बताउनु भएको छ ।
यस्तै कार्यक्रमको विशिष्ट अतिथि निसीखोला गाउँपालिका निर्वतमान अध्यक्ष तारानाथ पौडेलले अर्नाकोट पर्यटकिय क्षेत्र भएको भए पनि अर्नाकोटको विभिन्न समस्या मध्य स्वास्थ्य पनि एक भएको र यसलाई कर्मफ्लाईट्स फाउन्डेसनले सहयोग गरेकोमा धन्यबाद दिनु भयो । सुत्केरीको स्वास्थ्य लाई ख्याल गदै अर्नाकोटमा बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भयो । आफ्नो कार्यकालमा अर्नाकोटमा पानीको समस्या रहेको र यसलाई समाधान खोज्दै छलफल गदै गर्दा पनि यसको समस्याको समाधान हुन नसकेको प्रति दुःख व्याक्त गर्नु भयो ।


कार्यक्रमको अवसरमा कर्मफ्लाईट्स फाउन्डेसनका अध्यक्ष लक्ष्मण थापाले संस्थाले गरेको कामले जनतालाई पुर्ण रुपमा फाईदा दियोस् भनेर सञ्चालन गर्ने गरेको र यसलाई स्थानियले स्वामित्व लिएर उपभोग गर्न अनुरोध गर्नु भयो ।
यस्तै कर्मफ्लाईट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम कुवँरले यस भन्दा अगाडी पहिलो चरणमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरेको तर त्यसले मात्रै यहाँका जनताको स्वास्थय समस्याको समाधान नहुने भन्दै बर्थिङ सेन्टर स्थापना गरिएको बताउनु भयो ।

कार्यक्रममो अवसरमा निसीखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष चन्द्र सिंह रामजाली, निसीखोला गाउँपालिका स्वास्थय संयोजक टोप बहादुर चन्द, ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेग बहादुर खत्री अर्नाकोट स्वास्थ्य ईकाइ ईन्चार्ज विष्णु कुवँर, बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्र नर्सिङ ईन्चार्ज पार्वति अर्याल, लगाएतले आफ्ना्े मन्तव्य व्याक्त गरेका थिए ।
गत साउन महिनामा योजना सम्झौता भै गत पौष १४ बाट निमार्ण सुरु गरेकामा फाल्गुन मसान्तमा सम्पन्न भएको थियो । ८५ लाख ५० हजारको कुल लागत र स्थानियको कुल ४ लाख ८० हजार बराबरको जनश्रमदानमा कर्मफ्लाईट्स फाउन्डेसन पोखराले निमार्ण गरेको हो । सामुदायिक स्वास्थ्य ईकाई बाट निसीखोला गाउँपालिका वडा नं २ र ढोरपाटन नगरपालिकाको वडा नं २,वडा नं ५,र ७ का करिव ५ सय घरधुरीका ५ हजार जनाले प्रत्यक्ष सेवा लिन पाउने निसीखोला गाउँपासलिका वडा नं २ का अध्यक्ष कुविर बिश्वकर्माले जानकारी दिनु भयो ।
प्रथमिक स्वास्थय केन्द्र टाढा भएको र निसीखोला गाउँपालिको स्वास्थय चौकी पनि टाढा भएको कारण ढोरपाटन नगरपालिका सहितको जनतालाई प्रशुतिको लागि भोग्दै आएको समस्यालाई समाधान गर्नको लागि बर्थिङ सेन्टर स्थापना गरिएको कर्मफ्लाईट्स फाउन्डेसन पोखराका कार्यक्रम निर्देशक प्रेम कुवँरले जानकारी दिनुभयो । ५२ लाखको लागतमा ३ कोठाको बर्थिङ सेन्टर निमार्ण गरिएको छ प्रशुति कोठा,कुरुवा कोठा,भन्डारण कोठा तथा भुकम्प प्रतिरोधि भवन निमाण गरेको कार्यक्रम निदेशक कुवँरको भनाई छ । स्वास्थ्य ईकाईमा जम्मा १ जना कार्यलय सहयोगी र ४ जना स्वास्थयकर्मी रहेका छन् ३ जना कर्मफ्लाईट्स फाउन्डेसन र २ जना गाउँपालिकाले राखेको संस्थाका कार्यक्रम निर्देशक कुवँरको बताउनु भयो ।
अर्नाकोट सामुदायिक स्वास्थय ईकाईलाई विभिन्न रिपोटिङको लागि कम्प्युटर ल्याव तथा एसविआई एक जना मात्रै भएको हुदा १ जना कतै बाहिरा हुदा समस्या पर्ने हुदा थप एक जनाको आवश्यक रहेको ईन्चार्ज विष्णु कुवँरले जानकारी दिनु भयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका योजना शाखा प्रमुख पुरुसोतम गौतम , युनिका फाउन्डेसन द नेदरल्यान्डस , द क्यालाउडबेस फाउन्डेसनका प्रतिनिधि,वडा नं ५ का अध्यक्ष हर्क बहादुर घर्ति,ढोरपाटन नगरपालिका वडा नं ७ का अध्यक्ष धन बहादुर अदै, लगाएत स्थानियको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा स्थानिय पञ्चेबाजा, स्थानिय मारुनी नाच,आमासमुहको नाचगान तथा ,अर्नाकोट माध्यामिक बिद्यालयका विद्यार्थीले नाच प्रश्तुत गरेका थिए । सामुदायिक स्वास्थ्य ईकाई तथा कर्मफलाईट्स फाउन्डेसनले अतिथिलाई मायाको चिनो तथा प्रशंसा पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा निसीखोला गउँपालिका वडा नं २ का अध्यक्ष कुविर वि.कको अध्यक्षता रहेको थियो ।

ढोरपाटन उद्योग वाणिज्य संघको अधिवेशन निर्वाचन कार्यतालिका सार्वजनिक:सहमतीको प्रयास असफल बन्दै

0

चैत्र १८ बुर्तिबाङ
ढोरपाटन उद्योग वाणिज्य संघको प्रथम अधिवेशनको वन्द सत्रबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सहमतीको प्रयास खोजीएपनी हालसम्म सहमती हुन सकेको छैन । दलहरुविच सहमतीको प्रयास जारि रहेको बुझिएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले , राष्ट्रिय जनमोर्चा र माओबादी केन्द्र विचको शनिवार साँझ भएको छलफलबाट भाडवण्डा मिल्न नसक्दा सहमती हुन नसकेको नेपाली कांग्रेसका धन बहादुर कायतले बताए । सहमती नभएको खण्डमा निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना हुन्छ । त्यसका लागी निर्वाचन समितीले निर्वाचन तालिका समेत बाहिर ल्याएको हो ।
जसमा आइतबार बिहान ११ बजेदखि १२ः३० सम्म उमेद्वारको मनोनय दर्ता गर्ने, दिउँसो १ बजे नामावली प्रकाशन गर्ने, दिउँसो १ः१५ देखि २ बजेसम्म उमेद्वारको नामावलीमा दावि विरोध कार्यक्रम सार्वजनिक भएको छ । त्यस्तै दिउसो २ बजे देखि २ः३० सम्म दावि विरोध उपर जाँचवुझ र उमेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको हो ।

चैत्र २० गते बिहान ७ बजेसम्म उमेद्वारले नमा फिर्ता लिने, विहान ८ बजे अन्तिम नामावली प्रकाशन गर्ने र २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको हो ।
पहिलो चरणमा सत्ता गठवन्धनका दलहरु नेपाली कांग्रेस, राजमो र नेकपा माओबादी केन्द्र विचको सहमती अनुसार नेकपा एमाले सहित सबै व्यवसाही मिलेर जाने सहमती नभए ३ दल मिलेर निर्वाचनमा जाने सहमती भएको थियो । पछिल्लो छलफलबाट चारदल विच सहमती हुन नसकेको र छलफलको क्रमलाई जारी राखिएको बताइएको छ ।

ढोरपाटन उ.वा.संघको साधारण सभा तथा प्रथम अधिवेशन :उत्पादनलाई जोड्ने गरि अगाडी बढ्छौँ सांसद भट्टचन

0

चैत्र १८ गते शनिवार बुर्तिबाङ
ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको प्रथम अधिवेशन तथा साधारण सभा सुरु भएको छ । बुर्तिबाङ बजारमा सुरु भएको अधिवेशन तथा साधारण सभाको उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएसंगै वन्द सत्रको कार्यक्रम सुरु हुने भएको हो ।
अधिवेशनबाट सहमती वा निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भन्ने विषय बन्द सत्रबाट मात्रै थाहा हुने बताइएको हो हालसम्म सहमतीको टुँगो लागिसकेको छैन ।
आयोजित उद्धघाटन सत्रको कार्यक्रमलाई संघिय सांसद देवी प्रकाश भट्टचनले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे सहमतीको प्रयासबाट नेतृत्व चयन गर्न सुझाव दिनुभयो । उहाँले व्यवसाहीको हक हित र अधिकारका निम्ती व्यवसाही विच समोन्य र सहकार्य आवस्यक पर्ने भएका कारण सहमतीबाट नेतृत्व चयन गर्दे अगाडी बद्नुपर्ने बताउँदै यस क्ष्ोत्रको विकास निर्माण, उद्योग, व्यवसायको विस्तार र विकाशका निम्ती उद्योग वाािण्ज्य संघले महत्वपूर्ण भुमिका खेल्ने बिस्वास व्यक्त गर्नुभयो ।


‘सांसद भट्टचनले पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीको अवस्था र त्यसले व्यवसायमा पारेको प्रभावका विषयमा वोल्दै आफहुरुले व्यवसाहीको हक हितमा संधै साथ दिने प्रतिबद्धता समेत जनाउनु भयो । आफुले यस क्षेत्रमा प्रभु बैँक तथा वित्तिय संस्थामार्फत यहाँको आर्थिक विकासका निम्ती सहकार्य गरिरहेको बताउँदै यहाँ बैँक तथा वित्तिय संस्था हुँदै गर्दा व्यवसाहीलाई कर्जा लगानी, वचत तथा उत्पादनका क्षेत्रमा जोडिन सहज भएको बताउँदै आगामी दिनमा आफुहरुले व्यवसाहीको हित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भयो’ ।
उहाँले यहाँ ढुँगा,फलाम खानी, कृषि, प्रर्यटन र जलश्रोतको प्रशस्त सम्भावना बोकेको क्षेत्र भएका कारण स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार संग सम्मोन्य गर्दे दिर्घकालिन रणनिती सहितको योजना अगाडी बढाउने अभियानमा आफुहरु जोडिने बताउनु भयो ।


कार्यक्रमका अवसरमा बिशिष्ठ अतिथी एवंम गण्डकी प्रदेश सांसद जित बहादुर शेरचनले वोल्दै उत्पादनलाई जोड्न नसक्दा देशले प्रत्यक बर्ष आयातलाई मात्रै बढाउँदै गएको र आत्मनिर्भतरता तर्फ ध्यान जान नसकेका कारण अवको क्रान्ती उत्पादन र निर्यात तर्फको रहेको बताउँदै यहाँ रहेका उचित सम्भावनाको खोजि गर्दे अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । हालसम्म उद्योग विस्तार तथा उत्पादन संग जोडिन नसकी केवल विदेशी मुलुकले उत्पादन गरेका वस्तु विक्री गर्नतर्फ मात्रै ध्यान गएका कारण अवको समय उत्पादन रोजगारी र जनताको समस्यालाई सम्वोधन गर्ने विकासमा जोड दिने गरि आफुहरु लागिरहेको बताउनु भयो ।
कार्यक्रमकै अवसरमा विशिष्ठ अतिथी गण्डकी प्रदेश सांसद दिलमाया पौवीले बोल्दै आयातलाई मात्रै प्राथमिकता दिँदा देश झनझन कमजोर बन्दै गइरहेको बताउँदै कृर्षि, प्रर्यटन, उद्योग विकासका निम्ती सबैको सहकार्य र सम्मोन्य रहनुपर्ने बताउनु भयो । उद्योग व्यवसायलाई बढावा दिन सबै तहका सरकारको भुमिका अपरिहार्य रहनुपर्ने बताउँदै व्यवसाही, कृषकले उत्पादन गरेका वस्तुको उचित मुल्यांकलन हुने वातावरण बनाउन सरकार, उद्योग वाणिज्य संघ लगाएतको समान धारणा र कार्यक्रम हुनुपर्ने अवको आवस्यकता रहेको औँल्याउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगर उपप्रमुख धन बहादुर कायत, नेपाली कांग्रेसका नेता टेकराज पौडेल, नेकपा एमालेका टंक प्रसाद पौडेल, नेकपा माओबादी केन्द्रका निल बहादुर पुन, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डे,आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख शालिकराम सर्मा, निसी भुजी जनता क्याम्पस सञ्चालन समिती अध्यक्ष शान्तराज सर्मा गल्कोट उद्योग वाणिज्य संघ अध्यक्ष विरेन्द्र श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका प्रथम अध्यक्ष हर्क बहादुरु गुरुङ लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । सहभागि वक्ताहरुले उद्योग वाणिज्य संघलाई व्यवसाहीको हक हित तथा यस क्षेत्रको उत्पादन, बजारिकरण र प्रर्यटन, कृषि लगाएतका क्षेत्रसंग जोडिने गरि काम गर्न समेत सुझाव दिएका छन ।
कार्यक्रमका अवसरमा संस्थाका दित्तिय उपाध्यक्ष उत्तम बहादुर महत द्धारा संस्थाको प्रगती र भावि रणनिती विषयक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । संस्थाका अध्यक्ष चिन्तामणी सर्मा कंडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष निमलाल पाण्डेको स्वागत, सदस्य सोम बहादुर पौवी र ज्ञान प्रसाद कंडेलको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । साँझ बन्द सत्रको कार्यक्रम सुरु भएको छ ।

ढोरपाटन उ.वा संघको पदादिकारि बैठक:समिक्षा तथा भावि रणनितीको तर्जुमा विषयक छलफल सम्पन्न

0

चैत्र १५ गते
ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको प्रथम अधिवेशन तथा साधारण सभा हुन तिन दिन मात्रै बाँकि हुँदा समितीमा आवद्ध तदर्थ समिती पदादिकारि बिच विहिबार हालसम्म उद्योग वाणिज्य संघले गरेका कामको समिक्षा तथा भावि रणनिती तयारि विषयक छलफल एवं अन्र्तक्रृया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष चिन्तामणि सर्मा कंडेलको अध्यक्षतामा आयोजित छलफलबाट संस्थाले बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङ हुँदा देखि हालसम्म गरेका उपलब्धीका विषयमा छलफल एवं समिक्षा भएको छ ।

जसमा व्यवसाहिक हक हतिलाई प्राथमिकता दिइएको, ढोरपाटन महोत्वस सञ्चालन गरिएको नयां संस्था दर्ता गरि पूर्णता दिइएको, बजार व्यवस्थापन, सरोकार वाला निमाय संग सहकार्य लगाएतका गतिविधीमा उद्योग वाणिज्य संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै संस्था स्थापना पछि विविध कारणले गर्दा तत्काल नयां नेतृत्व चयन गर्न नसकिएको र आर्थि व्यवस्थापनलाई व्यवस्थित गर्न नसकिएको भन्दै आत्मा आलोचना समेत गरिएको जनाइएको छ ।

 

त्यस्तै छलफलबाट भावि रणनितीका विषयमा समेत रणनिती तय गरिएको हो जसमा संस्थागत विकास, नेतृत्व विकास, व्यवसाहिक तालिम, उत्पादित वस्तुको प्रमाणिकरण, हाट बजार सञ्चालन, कृषि उत्पादन तथा प्रर्यटन क्षेत्रको विकास, सडक व्यवस्थापन, बजार सुरक्षामा सिसि क्यामेरा जडान लगाएका विषयलाई आगामी निती तथा कार्यक्रममा समावेश गर्ने निर्णय भएको संस्थाका दिर्तिय उपाध्यक्ष उत्तम बहादुर महतले बताए ।

कार्यक्रममा समिती पदादिकारीहरु ढालेन्द्र छन्त्याल, निमलाल पाण्डे, घनस्याम सर्मा, फारम बहादुर कुवंर, ज्ञान प्रसाद कंडेल, सहविन अर्गेजा, हेम प्रसाद वि.क., धुव्र प्रसाद श्रेष्ठ, केयरसिंह गुरु, जित कुमारी माझि, चिन्तामणी सापकोटा, सोम पौवी, धुव्र सुवेदी, तेजिन्द्र खत्री, धनराम पुरी, विर बहादुर गुरु, हरि बहादुर कुवंर लगाएतले आफनो धारणा राखेका हुन । वोल्ने वक्ताहरुले अवको नेतृत्व सर्व सहमतीबाट चयन गरिनु पर्ने बताउँदै आएका छन । यद्धपी सहमती हुने सम्भावना भने कम हुँदै गएको जानकार हरु बताउँछन ।

आजको बैठकमा समेत अध्यक्ष पदमा ढालेन्द्र छन्त्याल, सहविन अर्गजा, धुव्र सुवेदी, चिन्तामणी सापकोटा, निमलाल पाण्डेले अध्यक्ष पदमा आफनो दावेदारि रहने बताउँदै आएका छन । महासचिव पदमा भने जम्म दुई जनाले इच्छा व्यक्त गरेका हुन सोम पौवाी (यामु) र ज्ञान प्रसाद कंडेलले आफनो अपेक्षा व्यक्त गरेका थिए । मंगलबार मात्रै सत्तारुद नेपाली कांग्रेस, राजमो र नेकपा माओबादीको बैठकले पहिलो प्रयास सहमतीको हुने र सहमती हुन नसके ३ दलको प्यानल बनाएर निर्वाचनमा होमिने लिखित सहमती गरिसकका छन । आजको बैठकले समितीका उपाध्यक्ष स्वर्गिय ऋतुवर्ण पौडेलको वार्षिक पुण्य तिथीको अवसरमा सोक सभा समेत गरिएको थियो । कार्यक्रम उपाध्यक्ष उत्तम बहादुर महतको सहजिकरण एवं सञ्चालमा सम्पन्न भएको हो ।

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा

0

२०७९ चैत १५ गते 

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन्

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए

भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ

उनका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको कुन दललाई कति भन्ने चाहिँ उनले खुलाएनन्