spot_img

प्रदेशसभा सदस्य कुवँर र पौवीको आ.व.८० ÷८१ को योजना प्राथमिकिकरण तथा अन्तरक्रिया

बुर्तिबाङ

प्रदेशसभा सदस्य, जनप्रतिनिधि र राजनीतिक दलहरु बीच बुर्तिबाङमा आउँदै गरेको नयाँवर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ को आयोजनाको प्राथमिकीकरणमा समेत छलफल गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं गण्डकी प्रदेशसभा सदस्य द्रोर्ण कुमार कुँवरले कार्यक्रममा बोल्दै गण्डकी प्रदेश र समृद्ध बागलुङको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले ढोरपाटन, निसीभुजी, तमान, बडिगाड क्षेत्रको समग्र विकासका लागि आफूले प्रदेश सभा सदस्यको हैसियतले निरन्तर कामगरिरहेको र आउँदा दिनमा पनि यस क्षेत्रवासी जनताको समस्या र महत्वलाई बुझेर सबैसंग हातेमालो गरी अगाडि बढ्ने बताउनु भयो । आफूलाई क्षेत्र बासी जनाताले विश्वास गरेर विजयी बनाएकाले आफ्नो कार्यकालमा निःस्वार्थ भावले निरन्तर जनताको सेवामा समर्पित रहेर कामगर्ने बताउनु भयो ।


त्यसैगरी कार्यक्रमकी विशिष्ट अतिथि गण्डकी प्रदेश सदस्य दिलमाया पौवीले जनताको माग र आवश्यकतालाई प्राथमिकीकरण गरी विकास र समृद्धिको लागि आफूले निरन्तर काम गरेको र आउँदा दिनमा पनि निरन्तर जनताको सेवामा रहँदै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायत विकासका योजनालाई अगाडि बढाउन आफू निरन्तर सक्रियताका साथ लाग्ने बताउनु भयो ।

कार्यक्रममा पूर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, नेपाली काँग्रेशका जिल्ला उपसभापति तारानाथ पौडेल, माओवादी केन्द्रका केन्द्रिय सदस्य निलबहादुर पुन, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, नयाँशहर आयोजना बुर्तिबाङका प्रमुख अभिषेक अधिकारी, समाजसेवी तुल्सीराम अर्याल, दुर्गादेवी घर्ती, हरिबहादुर घर्ती, अशोक वि.क. पत्रकार लोकेन्द्र सुनार लगायतले बोल्नु भएको थियो । त्यसैगरी कार्यक्रममा तीन ओटै पालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले अन्तरक्रियामा आफ्ना जिज्ञाशा र भनाईहरु राख्नुभएको थियो ।


उक्तकार्यक्रम ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको सहजीकरणमा सम्पन्नभएको हो । कार्यक्रममा बागलुङ पश्चिम क्षेत्रका विकास आयोजना र समस्याहरुको बारेमा व्यापक छलफल तथा अन्तरक्रिया सम्पन्न भएकाको छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य द्रोर्ण कुमार कुँवर र दिलमाया पौबीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका गरी तीनओटै स्थानीय पालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विशेष गरी यस क्षेत्रकाविकास आयोजना तथा अलपत्र परेका राष्ट्रिय गौरबका आयोजनाहरु यथासीघ्र सम्पन्न हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा उत्तरगंगा जलविद्युत आयोजना, सालझण्डी ढोरपाटन मोटर बाटो, घोडाबाँधे–अछते–बागलुङ खण्डको मध्यपहाडी लोकमार्ग, ढोरपाटन शिकार आरक्ष, बुर्तिबाङ–तमान–खुंखानी मोटर बाटो, बुर्तिबाङ नयाँ शहर विकास आयोजना, निसीभुजी जनता क्याम्पस, उत्तरगंगा मा.वि., बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगायतका पक्षमा जोडिएका विषयहरुका साथै शिक्षा, खानेपानी, पर्यटन लगायत तीन ओटै स्थानीय पालिकाका विकास योजनाना, आवश्यकता र महत्वका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो ।

उक्त कार्यक्रममा तीन ओटै पालिकाका साझा आवश्यकता, समस्या र महत्वलाई जोड दिंदै १९ ओटा आयोजना लाई प्राथमिकीकरण गरी प्रदेश सरकारमा माग गर्ने निर्णय समेत गरिएको छ ।
उक्त कार्यक्रममा भएका निर्णय अनुसार बुर्तिबाङ प्राथमिक केन्द्रलाई ५० शैयाको जिल्ला अस्पतालमा स्तरोन्नती गर्ने, निसीभुजी जनता क्याम्पसलाई आंगिक वा प्राविधिक क्याम्पसको रुपमा विकास गर्ने उत्तरगंगा जलाशय युुक्त विद्युत आयोजनाको काम तीव्र रुपमा कार्यान्वयन गराउनपहलगर्ने, तीनओटै पालिकालाई पायक पर्ने ठाउँमा फोहोर व्यवस्थापन स्थलनिर्माण गर्ने, तीनओटै पालिकाका २२ ओटै वडाहरुमा केन्द्रिय विद्युत ्प्रशारण लाइनविस्तार गर्ने, अर्नाकोट विमान स्थलको निर्माण कार्यलाई अगाडि बढाउने, बुर्तिबाङ हुँदै तमानखोला म्याग्दी सडक स्तरोन्नती गर्ने, पाखुते झिम्पा निसी सडकको स्तरोन्नती गर्ने, कृषि संकलन केन्द्र तथा बजार व्यवस्थापन र चिस्यान केन्द्र निर्माण गर्ने, अन्तर जिल्ला, अन्तर पालिका र अन्तर वडाको सीमा समस्यालाई तत्काल समाधान गर्ने, ईलाका प्रशाशन, मालपोत तथा नापी कार्यालय बाट हुने सेवाप्रवाह लाई नागरिक मैत्री बनाउने, ढोरपाटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गर्ने, बाढी पीडितलाई राहत तथा व्यवस्थापन गर्ने, तीन ओटै पालिकामा सडक संजालको विस्तार र पुलनिर्माणलाई जोड दिने, सालझण्डी ढोरपाटन सडकलाई तत्काल कालोपत्रे गरी योजनाको कार्यलाई अगाडि बढाउने लगायतका योजाना हरुलाई प्राथमिकीकरण गरिएको छ ।
ढोरपाटन नगरपालिकाका उप प्रमुख धनबहादुर कायतको अध्यक्षता रहेको उक्त कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीको स्वागतमन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित