ढोरपाटन उद्योग बाणिज्य संघको अधिवेशन बाट नयाँ कार्यसमिति चयन सर्वसम्मत हुने 

लोकेन्द्र निरासी, बुर्तिबाङ 

ढोरपाटन उद्योग बाणिज्य संघको प्रथम अधिवेशन बाट लामो प्रयास र छलफल पछि नयाँ कार्यसमितिको चयन सर्वसम्मतहुने भएको छ । स्थानीय राजनीतिक दलहरुबीच पटक पटकको छलफल बाट मात्र सर्वसम्मतको प्रयास सफलहुने भएको छ ।


सोमबार विहान अध्यक्ष पदका लागि दाबीविरोधको उजुरी परेपछि अधिवेशन निर्वाचनको सबै प्रक्रिया स्थगित भएको थियो ।
तीन दिनदेखि स्थानीय राजनीतिक दलहरु बीच लगातार बसाई र छलफल भए पनि नयाँ कार्यसमिति चयनका लागि सर्बसम्मत समझदारी बन्न नसकेपछि उक्त छलफल निष्कर्ष विहीन बनेको थियो । सहमती जुट्न नसकेपछि उता अधिवेशन निर्वाचन समितिले गत शनिबार बाटै निर्वाचन प्रक्रियालाई अगाडि बढाएको थियो ।
आइतबार दिउँसो ३ः३० बजे सम्म उम्मेदवारी मनोनयन दर्ताको अन्तिम समय रहेको थियो भने समय सीमा भित्र अध्यक्ष पदको लागि ढालेन्द्र छन्त्याल र जीतकुमारी माझीको उम्मेदवारी परेको थियो भने महा सचिव पदका लागि ज्ञान प्रसाद कँडेल र सहबिन अर्गेजाको उम्मेदवारी परेको थियो भने सदस्यपदका लागि २८ जना, लेखा संयोजक पदमा १ जना र लेखा समिति सदस्यमा १ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको नामावली आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको थियो ।
निर्वाचन समितिको कार्यतालिका अनुसार सोमबार विहान १० बजे सम्म उम्मेदवार उपर दाबीविरोध गर्ने समय रहेकोमा अध्यक्ष पदकी उम्मेदवार जितकुमारी माझीले अध्यक्ष पदका अर्का उम्मेदवार ढालेन्द्र छन्त्यालको उम्मेदवारी उपर दाबीविरोधको लिखित उजुरी गरेपछि र उक्तउजुरी जिल्ला प्रशासन कार्यालय बागलुङमा समेत बोधार्थ बठाएकाले उक्त उजुरी उपर जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णय नआउँदा सम्म निर्वाचनको प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै निर्वाचन समितिले सूचना टाँस गरी निर्वाचन स्थगित गरेको हो ।

दाबीविरोध गर्ने जितकुमारी माझीले अध्यक्षपदमा उम्मेदवार हुनकालागि एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्नेमा अध्यक्ष पदका उम्मेदवार छालेन्द्र छन्त्याल कार्यसमितिको सदस्यमा नरहेको भनी दाबीविरोध गरेकी थिइन् ।
यस विषयमा ढोरपाटन उद्योग बाणिज्य संघको कार्यसमितिको बैठक बसीतत्काल उजुरी उपर निर्णयार्थ निर्देशनको माग गरी जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन पेश गरिएको थियो ।
पत्रमा उल्लेख भएअनुसार ढालेन्द्र छन्त्याल वर्तमान कार्यसमितिको सल्लाहकार संयोजक रहेको र यसभन्दा अगाडिको बागलुङ उद्योग बाणिज्य संघ ईकाई समिति बुर्तिबाङको तत्कालीन कोषाध्यक्ष समेत रहेको र उक्तइकाई नै विधिवत रुपमा ढोरपाटन उद्योग बाणिज्य संघमा परिणत भएको भनीउल्लेख गरिएको थियो ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई जानाकारी लिंदा उद्योग बाणिज्य संघको विषयमा उहाँहरु नै बसेर विधिविधान अनुसार प्रक्रियालाई अगाडि बढाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको बोधार्थ सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले संस्थाको विधानअनुसार उजुरी वाविवाद आएमा निर्वाचन समितिले टुङ्गो लगाउने कानुनीव्यवस्था अनुसार नै गर्न गराउन निर्देशन गरेकोबताउनु भयो ।
गत शनिबार ढोरपाटन उद्योग बाणिज्य संघको प्रथम अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपनि राजनीतिक रस्साकस्सी काकारण समिति चयनमा साझा सर्वसम्मत सहमती जुट्न नसक्दाअधिवेशनको प्रक्रियालम्बिदै गएको थियो । पछिल्लो समयमा भने जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसारको पत्रप्राप्त भएपछि राजनीतिक दलहरु बीच पुनः छलफल गरी पदीय भागवण्डा गरी अन्तिम टुङ्गो लगाउने गरी प्रयास भएको आयोजकले जनाएको छ । आज राति सम्मसर्व सम्मत सहमती जुटे मामंगल बार नै नयाँ कार्यसमितिको घोषणा हुने निर्वाचन समितिले जानाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित