Home Blog Page 135

ढोरपाटन उद्योग वाणिज्य संघ अधिवेशन सरगमी : सहमतीमा अगाडी बद्ने पहिलो प्रयास नभए सत्तारुद दलको गठवन्धन हुने

0

चैत्र १४ गतेआगामी चैत्र १८ गते शनिवार हुन लागेको ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको प्रथम अधिवेशन तथा साधारण सभाको मिति नजिक आउनै लाग्दा बुर्तिबाङ बजारमा सरगमी बढिरहेको छ ।
यसै सन्दर्भमा मंगलबार सत्ता साझेदार तिन दलको बैठक बस्दै अधिवशेनलाई सफल पार्न र व्यवसाहीका हक अधिकार स्थापित गर्न अधिवेशनबाट सर्व सहमतीको प्रयासलाई पहिलो प्राथमिकता दिएर अगाडी बढ्ने निर्णय गरेका छन ।

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चा विच भएको छलफलबाट पहिलो प्रयासमा सहमतीबाट व्यवसाहीहरुबाटै सर्वसहमतीको प्रयास खोजिने यदि सहमती हुन नसकेको खण्डमा ३ दलको प्यानल बनाएर निर्वाचनमा होमिने निर्णय भएको नेकपा माओबादी केन्द्रका ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्यालले बताउनु भयो ।

ढोरपाटन उद्योग वाणिज्य संघमा आजिवन र साधारण गरि कुल ६ सय ४८ सदस्य रहेका छन । हालसम्म निर्वाचनमा अध्यक्ष पदका निम्ती ढालेन्द्र छन्त्याल, निमलाल पाण्डे, चिन्तामणी सापकोटा, धुर्व सुवेदी, सहविन अर्गेजाको नाम चर्चामा रहेको छ विधानमा हाल रहेको तदर्थ समिती भित्रबाटै अध्यक्ष र महासचिव पदमा लड्न पाउने प्रावधान रहेको छ ।

बजारका व्यवसाहीका अनुसार नयाँ संस्था भएका कारण सबैको सहमती र अपनत्व हुने गरि चलायमान बनाउनु पर्ने तर्क छ भने कतिपय व्यवसाहीको निर्वाचनबाट बाट योग्य र सक्षम नेतृत्व आउनु पर्ने धारणा रहेको छ ।

ढोरपाटन १ को अभियान:नागरिकको घर वस्तिमा पुगेर निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्स दिँदै

0

चैत्र १३ गते
ढोरपाटन नगरपालिका वडा नं. १ ले टोल बस्तिमा पुगेर नागरिकको स्वास्थ्य जाँच तथा परामर्स सुरु गरेको छ ।
स्वास्थ्य कर्मी सहितको टोलिद्धारा वडा नं. १ को विभिन्न टोलमा पुगेर घुम्ति अभियान अन्र्तगत निःशुल्क नागरिकको स्वास्थ्य परिक्षण गर्ने, सरसल्लाह तथा औषधि उपचार अभियान सुरु गरिएको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताउनु भयो ।


१२ वटा टोल रहेको वडामा प्र्रत्यक दिन दुई टोलमा स्वास्थ्य चेकजाँच तथा परामर्स उपचार अभियान सुरु भइरहेको वडा सचिव देवेन्द्र वस्यालको भनाई छ ।

शिविरमा विशेषगरि दिर्घरोगी, अशक्त, गर्भवती तथा सुत्केरी लाई प्राथमिकता दिएर उनिहरुको स्वास्थ्य अवस्था बुझ्ने, दिर्घ रोगीले नियमित औषधि सेवन गरे वा नगरेको हेर्ने र उचित परामर्स दिनुका साथै ब्लड प्रेसर ,सुगर लगाएतका समस्याका चेकजाँच सहित परामर्स सुरु गरिएको बताइएको छ ।

घरघरमै स्वास्थ्य कर्मी र जनप्रतिनिधी पुगेर आफुहरुको स्वास्थ्य हेरचाह गर्न थालेसंगै स्थानीय खुसि भएका छन । सोमवार देखि सुरु गरिएको अभियान आगामी चैत्र १९ गते सम्पन्न गरिने वडा अध्यक्ष वान बहादुर छन्त्यालको भनाई छ ।

ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको चैत्र १८ गते प्रथम अधिवेशन हुने

0

बुर्तिबाङ चैत्र १२ गते
ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको चैत्र १८ गते प्रथम अधिवेशन हुने भएको छ । यहाँका व्यवसाहीहरुको छाता संगठनको रुपमा २०७७ सालमा दर्ता भएको संघले कोभिड प्रभावको कारण देखाउँदै सँस्था दर्ता भएको ३ बर्षसम्म अधिवेशन तथा साधारण सभा गर्न सकेको थिएन ।
पछिल्लो समय समितीको बैठक बस्दै आय –व्याय विवरण मिलान तथा हालसम्मको करचुक्ता, अडिट लगाएतका काम सम्पन्न गरेसँगै चैत्र १८ गते नयाँ कार्यसमितीको गठन गर्ने गरि अधिवेशनको मिती तय गरिएको सँघका अध्यक्ष चिन्तामणी कँडेलले बताए ।
ढोरपाटन नगरपालिका भित्र विभिन्न पेशा व्यवसाय गर्ने ६ सय ४९ सदस्य आवद्ध रहेको उक्त सँघमा हालसम्म विभिन्न १५ वटा वस्तुगत संघ आवद्ध रहेका छन । बागलुङ उद्योग बाणिज्य संघमा आवद्ध रहँदै गर्दा २०७७ साल मंसिर महिनामा यहाँको व्यवसाहीको हक अधिकार र समस्या सम्वोधनमा टेवा पु¥याउने गरि ढोरपाटन उद्योग बाणिज्य संघ बुर्तिबाङको गठन गरिएको थियो ।

आगामी विहिबार १६ गतेसम्म बस्तुगत संघको नयाँ समिती गठन गर्ने र १८ गते शनिवार उद्योग बाणिज्य संघ ढोरपाटन बुर्तिबाङको अधिवेशन सम्पन्न गर्ने तयारी अगाडी बढाइएको ढालेन्द्र छन्त्यालले बताए । अधिवेशन लाई सफल पार्न आइतबार बुर्तिबाङमा बसेको बैठकले अध्यक्ष चिन्तामणि कँडेल सम्योजक रहेको ३ सदस्य निर्वाचन समिती गठन गरिएको छ । समितीको सदस्यमा इलाका प्रशासन कार्यालय बाट १ जना र ढोरपाटन नगरपालिका बाट १ जना अधिकृत तहको कर्मचारी रहने गरि सदस्यको टुँगो लगाइएको हो । तत्काल निर्वाचनलाई सफल पर्ने गरि समिती अगाडी बड्ने गरी अगाडी बढिएको अध्यक्ष कँडेलले बताए ।

बागलुङको जनसंख्या वृद्धिदर –० दशमलब ७२ प्रतिशत

0

बागलुङ, १० चैत

 केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बागलुङको जनसंख्या वृद्धिदर –० दशमलब ७२ प्रतिशत रहेको छ । विभागका अनुसार वि.सं. २०७८ को जनगणनामा बागलुङ जिल्लाको जनसंख्या २ लाख ४९ हजार २११ छ । २०६८ को जनगणनामा २ लाख ६८ हजार ६१३ रहेको थियो । तथ्यांक विभागका अनुसार बागलुङमा ६४ हजार १५३ परिवार संख्या रहेको छ ।

तथ्यांक विभागका अनुसार बागलुङका ३४ हजार १५७ जना जनसंख्या र २२ हजार ९२५ परिवार संख्या विदेशमा रहेका छन् । विभागले विदेशमा रहेका र नेपालमा रहेकाहरुको छुट्टाछुट्टै गणना गरेको छ । विभागका अनुसार बागलुङका २८ हजार २९७ पुरुष र ५ हजार ८६९ महिला विदेशमा रहेका छन् ।

बागलुङमा ७ हजार ८११ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको छभने साक्षरता दर ७९ दशमलब ९७ प्रतिशत रहेको विभागले जनाएको छ ।

यस्तै तथ्यांक विभागका अनुसार बागलुङको सबैभन्दा धेरै जनसंख्या बागलुङ नगरपालिका र कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ ।

तथ्यांक विभागका अनुसार बागलुङको स्थानीय तहमा सवै भन्दा धेरै जनसंख्या बागलुङ नगरपालिकामा रहेको छ । प्रारम्भिक तथ्यांक अनुसार बागलुङ नगरपालिकामा २६ हजार ८० पुरुष र ३० हजार २२ महिला गरी ५६ हजार १०२ जना जनसंख्या र १५ हजार ९२४ परिवार संख्या रहेको छ । यस्तै सवैभन्दा कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ । तमानखोलामा ४ हजार ५९३ पुरुष र ५ हजार १९८ महिला गरी ९ हजार ९८२ जना जनसंख्या र २ हजार ६११ परिवार संख्या रहेको छ ।

नगरपालिका तर्फ ढोरपाटन नगरपालिकामा १३ हजार ९६७ पुरुष र १६ हजार १०१ महिला गरी ३० हजार ६८ जनसंख्या र ७ हजार ४८५ परिवार संख्या, गलकोट नगरपालिकामा १४ हजार ३७२ पुरुष र १५ हजार २१६ महिला गरी ३० हजार ५८८ जना जनसंख्या र ७ हजार ७१४ परिवार संख्या र जैमिनी नगरपालिकामा ११ हजार २२२ पुरुष र १३ हजार ४०६ महिला गरी २४ हजार ६२८ जना जनसंख्या र ६ हजार ८२८ परिवार संख्या रहेको तथ्यांक विभागले जनाएको छ ।

यस्तै बडिगाड गाउँपालिकामा १३ हजार ४ सय पुरुष र १५ हजार ४३९ महिला गरी २८ हजार ८३९ जनसंख्या र ६ हजार ७४५ परिवार संख्या, बरेङ गाउँपालिकामा ५ हजार १०२ पुरुष र ६ हजार ५२ महिला गरी ११ हजार १५८ जनसंख्या र २ हजार ९२५ परवार संख्या, काठेखोला गाउँपालिकामा १० हजार २५६ पुरुष र १२ हजार २७० महिला गरी २२ हजार ५२६ जनसंख्या र ५ हजार ८९२ परिवार संख्या, निसीखोला गाउँपालिकामा १० हजार ५६० पुरुष र १२ हजार ५५९ महिला गरी २३ हजार ११९ जनसंख्या र ५ हजार ६३५ परिवार संख्या र ताराखोला गाउँपालिकामा ४ हजार ९२२ पुरुष र ५ हजार १९८ महिला गरी १० हजार १२० जनसंख्या र २ हजार ३३७ परिवार संख्या रहेको छ ।

साभार खबर वे

बुर्तिबाङको खप्तरीवाङमा बसपार्क निर्माण सुरु : टर्मिनल भवनको सिल्यानास

0

चैत्र ९ गते
मध्य पहाडी लोकमार्ग आसपासका क्षेत्रमा पर्ने दश नमुना शहर मध्यको बुर्तिबाङ शहरमा पछिल्लो समय बसपार्क निर्माण सुरु भएको छ ।
२०६८ सालदेखि सुरु भएको नयाँ शहर आयोजनाले विभिन्न योजना अगाडी बढाउँदै गर्दा आगामी २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको काम सम्पन्न गर्ने गरि जिम्मा पाएको गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रा.लीे. टोखा काठमान्डौले निर्माण सुरु गरेको हो ।
गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भई निर्माण सुरु गरेको कम्पनीले बसपार्क निर्माणको कामलाई अगाडी बढाएको हो । भुजिखोला छेउँमा मेसिनरी वाल निर्माण लगाएतका काम भइरहेको अवस्थामा बिहिबार ढोरपाटन नगरपालिका मेयर तथा नयां शहर आयोजना बुर्तिबाङका अध्यक्ष देवकुमार नेपालीले बसपार्कमा निर्माण सुरु गरिएको टर्मिनल भवनको सिल्यान्स गर्नुभएको हो ।

मेयर नेपालीले वोल्दै बसपार्क निर्माणले यस क्षेत्रका नागरिकलाई सहज हुने बताउँदै सवारी व्यवस्थापनमा सहजता र व्यवस्थित शहर हुने बताउनु भयो । नयाँ शहर आयोजनाले गर्दा यस क्षेत्रमा विभिन्न विकास निर्माणका काम भइहरेको बताउँदै बुर्तिबाङलाई अझै व्यवस्थित गराउने गरि काम गरिने बताउनु भयो । नयाँ शहर आयोजनाले ४ बर्ष पहिले दुई करोड लागतमा बसपार्क निर्माणका निम्ती जग्गा खरिद गरेको थियो ।


कुल दुई करोड २४ लाख ४० हजार चार सय ३१ रुपैयाँ ४ पैसा भ्याट बाहेक ठेक्कामा निर्माणको काम अगाडी बढाएको हो । यहाँ बसपार्क निर्माण सम्पन्न भएसंगै हाल सञ्चालित बुर्तिबाङ बजारको विचमा रहेको बसपार्कलाई जिप पार्कको रुपमा अगाडी बढाइने बताइएको हो । आयोजित कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जनप्रतिनिधी, पत्रकार, प्रहरी स्थानीय , कर्मचारी लागएतको आतिथ्यता रहेको थियो कार्यक्रम नयाँ शहर आयोजना निमित्त आयोजना प्रमुख अविशेक अधिकारीको स्वागत, कर्मचारि नेत्र चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

जनप्रतिनिधिले पाउँदै आएको सेवा सुविधाबाट तमानमा बालगृह सञ्चालनमा

0

चैत्र ७ गते

बागलुङको तमानखोला गाउँपालिकाको तमानमा बालगृह सञ्चालनमा ल्याएर अभिभावक विहिन वालवालीकालाई लालन पालन र शिक्षा दिक्षा दिँदै आएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको सक्रियतामा गाउँपालिका भर अभिभावकको सहारा बिहिन बनेका ३१ जना बालबालीकालाई बाल गृहमा राखेर शिक्षा दिक्षा संगै लालन पालन गर्न थालिएको हो ।
बाबा आमाको भुमिकामा कमी नआउने गरि सञ्चालन गरिएको बालगृहमा ६ बर्षदेखि १८ बर्ष उमेर समुहका बालबालीका बस्दै आएका छन स्थानीय धनगौज्वती माध्यमिक विद्यालयमा अध्ययन गर्दे आएका बालबालीकालाई बालगृह व्यस्थापन तथा सञ्चालन समितीनै गठन गरेर उनिहरुको रेखदेख र व्यवस्थापन गरिँदै आएको हो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेसँगै आफुले पाउँदै आएको सेवा सुविधाको पाँच प्रतिशत रकम संकलन अभियानको सुरुवात गर्नुभयो र अन्य जनप्रतिनिधी कर्मचारी लगाएतको स्वइच्छाको सहयोगबाट सँकलन १० लाख रकम संकलन भयो । संकलीत रकमबाट गत असार महिनादेखि बालगृह सञ्चालनमा ल्याइएको थियो यसबर्ष देखि गाउँपालिकाले कार्यविधीनै बनाएर बालगृह सञ्चालन तथा व्यवस्थापन अवधारणा अगाडी बढाएको छ ।
‘अभिभावक विहिन तथा बेसाहरा भएका बालबालीका नकारात्मक गतिविधीमा लाग्ने र शिक्षा दिक्षाबाट वञ्चित हुने अवस्था नआओस भन्ने उदेश्य सहित बालगृह सञ्चालनमा ल्याइएको हो’ । १ देखि १२ कक्षा सम्म निःशुल्क पठन पाठन तथा खान बस्नको व्यवस्थापन सहित थालिएको अभियानबाट बालबालिकालाई व्यवस्थापन गर्ने र कक्षा १२ पछि रोजगार तथा उत्पादन क्षेत्रका कार्यक्रममा उनिहरु लाईनै प्राथमिकता दिइने लक्ष्यका साथ कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाको भनाई छ ।
हाल भाडाको घरमा सञ्चालन गरिएको बालगृहलाई निकट भविष्यमा थप व्यवस्थापन गर्दे आफनै भवनबाट सञ्चालन गर्ने गरि अगाडी बढाउने वडा अध्यक्ष झक बहादुर बुढाले बताउनु भयो ।
समिती मार्फत रेखदेख र व्यवस्थापन गरिँदै आएको उक्त बालगृहमा एक जना कर्मचारि राखेर बालबालीकालाई खाना खुवाउने उनिहरुको स्याहार गर्ने व्यवस्था मिलाइएको छ । खर्च व्यवस्थापनमा चुनौती रहेपनी नयाँ र प्रभावकारी काम भएका कारण सबैले सहयोग र सम्मोन्य गर्नुपर्ने बालगृह व्यवस्थापन समितीका सचिव अनिल थापाको भनाई छ ।

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

0

ढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको खडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ ।

वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् । पुस माघमा हिउँले सेताम्य हुने यो ठाउँ यस वर्ष वर्षा नहुँदा हिउँ परेन । हिउँ नपर्दा खडेरीले सोलेडाँडा उराठिलो बन्यो । पर्यटक हिउँ खेल्न पाएनन् ।

पुस माघमा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिक रहेको सोलेडाँडामा पुग्ने सडक सहज हुँदा पर्यटकको आगमनमा बढेको पाइएको छ । केही दिनदेखि वनभोज, ‘क्याम्प फायर’ र पदयात्राका लागि टाढा–टाढादेखि पर्यटक आउने गरेको स्थानीय प्रेमबहादुर विकले बताए ।

दुई हजार छ सय ३० मिटरको उचाइमा रहेको सोलेडाँडा घना जङ्गलको बिचमा हुँदा मनोरोगीलाई प्राकृतिक उपचारका उपयुक्त हुने उनको भनाइ छ । पछिल्लो समय प्राकृतिक उपचारका लागिभन्दा घुमफिर र रमाइलो गर्न आउने गरेको विकले बताए । खासगरी बिदाका दिनमा शैक्षिक भ्रमणका साथै वित्तीय संस्थाका कर्मचारी वनभोजका लागि बढी आउने गरेको उनको भनाइ छ ।

विक भन्छन्, ‘गाउँपालिकाले सोलेडाँडामा ठूलो लगानी गरेर राम्रो बनाएको छ, तमान आउने सजिलै सोलेडाँडा पुग्न सक्छन्, पहिलेको जस्तो अप्ठ्यारो बाटो छैन, गाडीमै त्यहाँसम्म पुग्न सकिन्छ, अहिले त झन गुराँस फुलेर वनै ढोकेको छ, त्यसले गर्दा धेरै मान्छे रमाउन आउँछन्, होटल, रेष्टुराँको व्यवस्था छैन, त्यसले गर्दा उनीहरु घुम्ने फर्किने गर्छन् ।’

गुल्मीको मुसिकोटबाट घुम्न आउनुभएको सुनिले घिमिरेले वनभरि फुलेको लालीगुराँसले मनै लोभ्याएको बताए । सोलेडाँडा घुम्न दुई वर्ष अगाडि आएको सुनाउँदै पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको बताउछन् । पदयात्राका लागि सोलेडाँडा उपयुक्त गन्तव्य भएको भन्दै यहाँ पर्यटकीय संरचना निर्माण गर्नसके बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने उनको भनाइ छ ।

‘सम्भवत यो बागलुङकै उच्च स्थान होला, पहाडको शिरमा यति सुन्दर समथर भाग वीरलै ठाउँमा हुन्छन् होला, हिमाल त आँखै अगाडि देखिँदो रहेछ’, घिमिरेले भने, ‘केही पूर्वाधार त बनेका रैछन्, बाहिर पर्यटक ल्याउने हो भने यहाँ यतिले मात्रै पुग्दैन, यसलाई थप व्यवस्थापन गर्न जरुरी देखिन्छ, म त पटक–पटक आएँ, तर घुमेर धितनै मरेन ।’

सोलेडाँडा आफैँमा सुन्दर छ, त्यसमाथि देखिने हिमशृङ्खला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुछ्रे, मानापाथीलगायतका दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । तमानखोला गाउँपालिका–४ मा पर्ने सोलेडाँडालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

अध्यक्ष बुढा मगरले पहिलोपटक निर्वाचित हुँदा सोलेडाँडाको विकासका लागि खाका तयार गरेको भन्दै अहिले विस्तारै यहाँ पूर्वाधार निर्माणका काम भइरहेको बताए । आगन्तुकलाई लक्षित गरी यहाँ शौचालय र स्वच्छ खानेपानीको धारो निर्माण गरेको अध्यक्ष बुढा मगरको भनाइ छ । उनी भन्छन्, ‘सोलेडाँडा तमानखोलाको मात्रै नभई समग्र जिल्लाकै उत्कृष्ट गन्तव्यमा पर्छ, विगतमा सरोकारवाला निकायको ध्यान पुगेको थिएन, हामी आएपछि केही परिवर्तन भएको छ ।’

सालिका निर्माण
तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सोलेडाँडामा उद्यान निर्माण गरि सालिक स्थपाना गरेको छ । गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक स्थापना गरेको अध्यक्ष बुढा मगरले जानकारी दिए ।

सोलेडाँडालाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकमार्फत बुर्तिबाङ बजार हुँदै सोलेडाँडा पुग्न सकिने हुँदा केही वर्षमै सोलेडाँडाले मुहार फेर्न अध्यक्ष बुढा मगर बताउछन् ।

उनी भन्छन्, ‘सोलेडाँडा देशकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यको बीच भागमा छ, लोकमार्ग हुँदै ढोरपाटन र सालझण्डी हुँदै मुक्तिनाथ जाने पर्यटक यहाँ आउने सक्छन्, अझ मुक्तिनाथ जाने मुख्य सडक त सोले हुँदै म्याग्दी जोडिने छ, अहिले सडक कच्ची हुँदा बाहिरी पर्यटक भित्र्याउन सकिएको छैन, केही वर्षमै यहाँका सडक स्तरोन्नति भए भने यो ठाउँ विदेशीको रोजाइमा पर्ने अपेक्षा लिएका छौँ ।’ रासस

आलु उत्पादनमा निसीखोला गाउँपालिकाको सक्रियताः कृषकलाई विउ उपलब्ध गराउँदै

0

निसीखोला चैत्र ३ गते
निसीखोला गाउँपालिकाले आलु खेतिलाई थप व्यवसाहीक र विस्तार गर्नका निम्ती कृषकहरुलाई आलुको विउ उपलब्ध गराएको छ ।
आलु खेती उत्पादनमा कृषकको आकर्षण बद्दै जान थालेको र आलु उत्पादन राम्रो हुने भएका कारण व्यवसाहीक रुपमा आलु खेतिलाई बृद्धि गर्ने उदेश्य सहित करिब १०० कुइन्टल आलुको विउ खरिद गरेर कृषकलाई अनुदानमा हस्तान्त्रण सुरु गरिएको कृषि शाखा प्रमुख बिशाल के.सी ले बताउनु भयो । निसीखोला गाउँपालिकाको वडा नं. ५ र ६ लाई आलु पकेट क्षेत्रको रुपमा विकाश गरिएपनी पछिल्लो समय पालिकाले बढि मात्रामा आलु उत्पादन हुने क्षेत्रको पहिचान गरि आलु उत्पादन विस्तार कार्यक्रम अगाडी बढाएको गाउँपालिका आर्थिक समिती सम्योजक तथा वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।
स्थानीय कृषकले उत्पादन गरेको आलुको बिउ पालिकाले खरिद गरेको र स्थानीय स्पमा व्यवसाहिक फार्म दर्ता गरेका, कृषक, कृषक समुह, कृषि सहकारी लगाएत गरि कुल १३५ घरधुरीका निम्ती नौँ हजार ९ सय ९० केजी आलुको विउ हस्तान्त्रण गर्ने गरि कार्यक्रम अगाडी बढिसकेको बताइएको हो । पालिकाको पचास प्रतिशत अनुदान र कृषकको पचास प्रतिशत हुँदा रु २० रुपैयाँमा कृषकले प्रति केजी आलुको विउ लैजाने भएका हुन ।
बजारमा आलुको माग पनी उच्च रहेको र कृषकको पनी आलु खेतितर्फ आकर्षण बढि रहेका कारण आलु उत्पादनलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति मगरले बताउनु भयो ।

निसीखोला गाउँपालिकाले दोश्रो पालिका अध्यक्ष कप सञ्चालन गर्दे

0

चैत्र ३ गते निसीखोला
जिल्लाको निसीखोला गाउँपालिकाले आगामी चैत्र २७ गतेदेखि ३० गतेसम्म विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम सहित दोश्रो गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्ने भएको हो ।
गाउँपालिका स्तरिय खेलकुद विकास समितीको सहजिकरणमा सञ्चालन हुने कार्यक्रम अन्र्तगत अन्तर पालिका स्तरिय पूरुष भलीवल प्रतियोगिता, खुल्ला महिला भलिवल, लोकदोहोरी प्रतियोगिता, सामुहिक नृत्य, आइटिएफ प्रतियोगिता र ३५ बर्ष माथि उमेर समुहको पुरुष भलीवल प्रतियोगिता सञ्चालन गरिने निसीखोला गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जयराम पुन मगरले बताउनु भयो ।


शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विषयमा जानकारी दिएको आयोजकले खेलकुद क्षेत्रतर्फ प्रतिभा प्रस्फुटन गर्न, खेल क्षेत्रको विकास संगै संरक्षण र सम्र्वधन गर्न कार्यक्रम हुन लागेको बताउँदै खेलकुद संगै समाज रुपान्तरण मुलक अभियानमा खेलकुद विकास समितीले भुमिका खेल्ने समितीका अध्यक्ष राजमान बुढाले बताउनु भयो ।
अध्यक्ष बुढाले भन्नुभयो कार्यक्रम सञ्चालन गर्न सर्वदलिय सर्वपक्षिय छलफल भइसकेका कारण कार्यक्रम सफल वनाउने तयारिमा छौँ यो कार्यक्रम सकिए पश्चात अहिले टोल टोलमा धेरै क्लब छन अब क्लबलाई खेलकुद सँगै समाज रुपान्तरण मुलक अभियानमा जोड्न र पालिकाले बनाएको कार्यविधी अनुसार खेलकुद विकास समितीले सम्मोन्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहनुभएका निसीखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा पालिकाको आर्थिक समिती सम्योजक कुविर विश्वकर्माले बोल्दै खेलकुदका कार्यक्रम मार्फत युवामा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने र खेल क्षेत्रबाट व्याक्तित्व विकास, अनुसासन, तथा समाज रुपान्तरणमा समेत महत्वपूर्ण टेवा पुग्ने भएका कारण पालिकाले दोश्रो गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्न थालिरहेको बताउनु भयो । कार्यक्रम सञ्चालन गर्नका निम्ती पालिकाले १५ लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ ।


प्रतियोगिता तर्फ पूरुष भलीवलमा प्रथम दितिय ,तिर्तिय हुनेले क्रमश १ लाख १५ हजार, ७० हजार र ४५ हजार प्राप्त गर्ने छन महिला भलिवल तर्फ क्रमश ७० हजार, ४५ हजार र २५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । आयोजित पत्रकार सम्मेलन कार्यक्रममा कार्यपालिका सदस्य सुर्य बहादुर छन्त्याल, स्वास्थ्य शाखा सम्योजक टोप बहादुर चन्द, खेलकुद विकास समितीका पदादिकारी ,जनप्रतिनिधी, पत्रकार कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रम शिक्षा तथा खेलकुद शाखा प्रमुख जयराम पुन मगरले सञ्चालन गर्नु भएको थियो ।

६ महिनापछि आँखा देख्दै ढोरपाटन ५ का तेजेन्द्र कुवंर

0

चैत्र १ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका ५ का तेजेन्द्र कुवँरको दुवै आँखा वन्द भएको ६ महिना पछि पुनह संसार देख्नु भएको छ । ५८ बर्षिय कुवँरको ६ महिना पहिले मोतियाबिन्दुका कारण आँखा बन्द भयो सोमबार र मंगलबार बुर्तिबाङ स्वास्थ्य केन्द्रमा निःशुल्क आँखाका विरामीका निम्ती सञ्चालन भएको शिविरमा जाँच गराउन आएका कुवँरको डा. आषिश सहितको टोलिद्धारा दायाँ आँखामा भएको मोतियाबिन्दुको अप्रेशनबाट उपचार गरेपछि तेजेन्द्रले ६ महिनापछि फेरी संसार देख्नु भयो । र्
दुवै आँखा बन्द भएपछि त सँसारै विराक्त लाग्दो रहेछ यतिका बर्षसम्म सबै देख्ने गरेको थिएँ छ महिनादेखि दुवै आँखा थप्प भयो ’ बाँचेर पनी बाँचेजस्तो थिएन अहिले दाँयाँ आँखाले सबै देख्ने भएँ कुँवरले खुसि हुँदै आयोजक र आफुलाई उपचार गर्ने डा.लगाएतको टिमलाई धनयबाद दिनुभयो ।

त्यस्तै निसीखोला गाउँपालिका १ लेवाङका ८५ बर्षिय खिम विश्वकर्माले एउटा आँखा बाल्यकालमै गुमाउनु भयो दायाँ आँखाले हेर्न सक्नुुहुन्न बाँयाँ आँखा समेत गत भदौ महिनादेखि बन्द भयो हेर्दा हेदै के भयो के भयो सबै अँध्यारो देख्ने गर्थेँ शिविर छ भनेर आएको हुँ डाक्टरले उपचार गरिदिनुभयो अहिले भदौमा बन्द भएको देव्रे आँदा पनी खुल्यो खसि छु । डाक्टरका अनुसार उहाँको दाँया आँखा सानै देखि बन्द भएका कारण बाँयाँ आँखाको मोतियाबिन्दुको अप्रेशन गरिएको बताउनु भयो ।