जनप्रतिनिधिले पाउँदै आएको सेवा सुविधाबाट तमानमा बालगृह सञ्चालनमा

चैत्र ७ गते

बागलुङको तमानखोला गाउँपालिकाको तमानमा बालगृह सञ्चालनमा ल्याएर अभिभावक विहिन वालवालीकालाई लालन पालन र शिक्षा दिक्षा दिँदै आएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको सक्रियतामा गाउँपालिका भर अभिभावकको सहारा बिहिन बनेका ३१ जना बालबालीकालाई बाल गृहमा राखेर शिक्षा दिक्षा संगै लालन पालन गर्न थालिएको हो ।
बाबा आमाको भुमिकामा कमी नआउने गरि सञ्चालन गरिएको बालगृहमा ६ बर्षदेखि १८ बर्ष उमेर समुहका बालबालीका बस्दै आएका छन स्थानीय धनगौज्वती माध्यमिक विद्यालयमा अध्ययन गर्दे आएका बालबालीकालाई बालगृह व्यस्थापन तथा सञ्चालन समितीनै गठन गरेर उनिहरुको रेखदेख र व्यवस्थापन गरिँदै आएको हो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेसँगै आफुले पाउँदै आएको सेवा सुविधाको पाँच प्रतिशत रकम संकलन अभियानको सुरुवात गर्नुभयो र अन्य जनप्रतिनिधी कर्मचारी लगाएतको स्वइच्छाको सहयोगबाट सँकलन १० लाख रकम संकलन भयो । संकलीत रकमबाट गत असार महिनादेखि बालगृह सञ्चालनमा ल्याइएको थियो यसबर्ष देखि गाउँपालिकाले कार्यविधीनै बनाएर बालगृह सञ्चालन तथा व्यवस्थापन अवधारणा अगाडी बढाएको छ ।
‘अभिभावक विहिन तथा बेसाहरा भएका बालबालीका नकारात्मक गतिविधीमा लाग्ने र शिक्षा दिक्षाबाट वञ्चित हुने अवस्था नआओस भन्ने उदेश्य सहित बालगृह सञ्चालनमा ल्याइएको हो’ । १ देखि १२ कक्षा सम्म निःशुल्क पठन पाठन तथा खान बस्नको व्यवस्थापन सहित थालिएको अभियानबाट बालबालिकालाई व्यवस्थापन गर्ने र कक्षा १२ पछि रोजगार तथा उत्पादन क्षेत्रका कार्यक्रममा उनिहरु लाईनै प्राथमिकता दिइने लक्ष्यका साथ कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाको भनाई छ ।
हाल भाडाको घरमा सञ्चालन गरिएको बालगृहलाई निकट भविष्यमा थप व्यवस्थापन गर्दे आफनै भवनबाट सञ्चालन गर्ने गरि अगाडी बढाउने वडा अध्यक्ष झक बहादुर बुढाले बताउनु भयो ।
समिती मार्फत रेखदेख र व्यवस्थापन गरिँदै आएको उक्त बालगृहमा एक जना कर्मचारि राखेर बालबालीकालाई खाना खुवाउने उनिहरुको स्याहार गर्ने व्यवस्था मिलाइएको छ । खर्च व्यवस्थापनमा चुनौती रहेपनी नयाँ र प्रभावकारी काम भएका कारण सबैले सहयोग र सम्मोन्य गर्नुपर्ने बालगृह व्यवस्थापन समितीका सचिव अनिल थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित