spot_img

ढोरपाटन उद्योग वाणिज्य संघ अधिवेशन सरगमी : सहमतीमा अगाडी बद्ने पहिलो प्रयास नभए सत्तारुद दलको गठवन्धन हुने

चैत्र १४ गतेआगामी चैत्र १८ गते शनिवार हुन लागेको ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको प्रथम अधिवेशन तथा साधारण सभाको मिति नजिक आउनै लाग्दा बुर्तिबाङ बजारमा सरगमी बढिरहेको छ ।
यसै सन्दर्भमा मंगलबार सत्ता साझेदार तिन दलको बैठक बस्दै अधिवशेनलाई सफल पार्न र व्यवसाहीका हक अधिकार स्थापित गर्न अधिवेशनबाट सर्व सहमतीको प्रयासलाई पहिलो प्राथमिकता दिएर अगाडी बढ्ने निर्णय गरेका छन ।

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चा विच भएको छलफलबाट पहिलो प्रयासमा सहमतीबाट व्यवसाहीहरुबाटै सर्वसहमतीको प्रयास खोजिने यदि सहमती हुन नसकेको खण्डमा ३ दलको प्यानल बनाएर निर्वाचनमा होमिने निर्णय भएको नेकपा माओबादी केन्द्रका ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्यालले बताउनु भयो ।

ढोरपाटन उद्योग वाणिज्य संघमा आजिवन र साधारण गरि कुल ६ सय ४८ सदस्य रहेका छन । हालसम्म निर्वाचनमा अध्यक्ष पदका निम्ती ढालेन्द्र छन्त्याल, निमलाल पाण्डे, चिन्तामणी सापकोटा, धुर्व सुवेदी, सहविन अर्गेजाको नाम चर्चामा रहेको छ विधानमा हाल रहेको तदर्थ समिती भित्रबाटै अध्यक्ष र महासचिव पदमा लड्न पाउने प्रावधान रहेको छ ।

बजारका व्यवसाहीका अनुसार नयाँ संस्था भएका कारण सबैको सहमती र अपनत्व हुने गरि चलायमान बनाउनु पर्ने तर्क छ भने कतिपय व्यवसाहीको निर्वाचनबाट बाट योग्य र सक्षम नेतृत्व आउनु पर्ने धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित