आलु उत्पादनमा निसीखोला गाउँपालिकाको सक्रियताः कृषकलाई विउ उपलब्ध गराउँदै

निसीखोला चैत्र ३ गते
निसीखोला गाउँपालिकाले आलु खेतिलाई थप व्यवसाहीक र विस्तार गर्नका निम्ती कृषकहरुलाई आलुको विउ उपलब्ध गराएको छ ।
आलु खेती उत्पादनमा कृषकको आकर्षण बद्दै जान थालेको र आलु उत्पादन राम्रो हुने भएका कारण व्यवसाहीक रुपमा आलु खेतिलाई बृद्धि गर्ने उदेश्य सहित करिब १०० कुइन्टल आलुको विउ खरिद गरेर कृषकलाई अनुदानमा हस्तान्त्रण सुरु गरिएको कृषि शाखा प्रमुख बिशाल के.सी ले बताउनु भयो । निसीखोला गाउँपालिकाको वडा नं. ५ र ६ लाई आलु पकेट क्षेत्रको रुपमा विकाश गरिएपनी पछिल्लो समय पालिकाले बढि मात्रामा आलु उत्पादन हुने क्षेत्रको पहिचान गरि आलु उत्पादन विस्तार कार्यक्रम अगाडी बढाएको गाउँपालिका आर्थिक समिती सम्योजक तथा वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।
स्थानीय कृषकले उत्पादन गरेको आलुको बिउ पालिकाले खरिद गरेको र स्थानीय स्पमा व्यवसाहिक फार्म दर्ता गरेका, कृषक, कृषक समुह, कृषि सहकारी लगाएत गरि कुल १३५ घरधुरीका निम्ती नौँ हजार ९ सय ९० केजी आलुको विउ हस्तान्त्रण गर्ने गरि कार्यक्रम अगाडी बढिसकेको बताइएको हो । पालिकाको पचास प्रतिशत अनुदान र कृषकको पचास प्रतिशत हुँदा रु २० रुपैयाँमा कृषकले प्रति केजी आलुको विउ लैजाने भएका हुन ।
बजारमा आलुको माग पनी उच्च रहेको र कृषकको पनी आलु खेतितर्फ आकर्षण बढि रहेका कारण आलु उत्पादनलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति मगरले बताउनु भयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img