spot_img

बुर्तिबाङको खप्तरीवाङमा बसपार्क निर्माण सुरु : टर्मिनल भवनको सिल्यानास

चैत्र ९ गते
मध्य पहाडी लोकमार्ग आसपासका क्षेत्रमा पर्ने दश नमुना शहर मध्यको बुर्तिबाङ शहरमा पछिल्लो समय बसपार्क निर्माण सुरु भएको छ ।
२०६८ सालदेखि सुरु भएको नयाँ शहर आयोजनाले विभिन्न योजना अगाडी बढाउँदै गर्दा आगामी २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको काम सम्पन्न गर्ने गरि जिम्मा पाएको गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रा.लीे. टोखा काठमान्डौले निर्माण सुरु गरेको हो ।
गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भई निर्माण सुरु गरेको कम्पनीले बसपार्क निर्माणको कामलाई अगाडी बढाएको हो । भुजिखोला छेउँमा मेसिनरी वाल निर्माण लगाएतका काम भइरहेको अवस्थामा बिहिबार ढोरपाटन नगरपालिका मेयर तथा नयां शहर आयोजना बुर्तिबाङका अध्यक्ष देवकुमार नेपालीले बसपार्कमा निर्माण सुरु गरिएको टर्मिनल भवनको सिल्यान्स गर्नुभएको हो ।

मेयर नेपालीले वोल्दै बसपार्क निर्माणले यस क्षेत्रका नागरिकलाई सहज हुने बताउँदै सवारी व्यवस्थापनमा सहजता र व्यवस्थित शहर हुने बताउनु भयो । नयाँ शहर आयोजनाले गर्दा यस क्षेत्रमा विभिन्न विकास निर्माणका काम भइहरेको बताउँदै बुर्तिबाङलाई अझै व्यवस्थित गराउने गरि काम गरिने बताउनु भयो । नयाँ शहर आयोजनाले ४ बर्ष पहिले दुई करोड लागतमा बसपार्क निर्माणका निम्ती जग्गा खरिद गरेको थियो ।


कुल दुई करोड २४ लाख ४० हजार चार सय ३१ रुपैयाँ ४ पैसा भ्याट बाहेक ठेक्कामा निर्माणको काम अगाडी बढाएको हो । यहाँ बसपार्क निर्माण सम्पन्न भएसंगै हाल सञ्चालित बुर्तिबाङ बजारको विचमा रहेको बसपार्कलाई जिप पार्कको रुपमा अगाडी बढाइने बताइएको हो । आयोजित कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जनप्रतिनिधी, पत्रकार, प्रहरी स्थानीय , कर्मचारी लागएतको आतिथ्यता रहेको थियो कार्यक्रम नयाँ शहर आयोजना निमित्त आयोजना प्रमुख अविशेक अधिकारीको स्वागत, कर्मचारि नेत्र चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित