चैत्र १ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका ५ का तेजेन्द्र कुवँरको दुवै आँखा वन्द भएको ६ महिना पछि पुनह संसार देख्नु भएको छ । ५८ बर्षिय कुवँरको ६ महिना पहिले मोतियाबिन्दुका कारण आँखा बन्द भयो सोमबार र मंगलबार बुर्तिबाङ स्वास्थ्य केन्द्रमा निःशुल्क आँखाका विरामीका निम्ती सञ्चालन भएको शिविरमा जाँच गराउन आएका कुवँरको डा. आषिश सहितको टोलिद्धारा दायाँ आँखामा भएको मोतियाबिन्दुको अप्रेशनबाट उपचार गरेपछि तेजेन्द्रले ६ महिनापछि फेरी संसार देख्नु भयो । र्
दुवै आँखा बन्द भएपछि त सँसारै विराक्त लाग्दो रहेछ यतिका बर्षसम्म सबै देख्ने गरेको थिएँ छ महिनादेखि दुवै आँखा थप्प भयो ’ बाँचेर पनी बाँचेजस्तो थिएन अहिले दाँयाँ आँखाले सबै देख्ने भएँ कुँवरले खुसि हुँदै आयोजक र आफुलाई उपचार गर्ने डा.लगाएतको टिमलाई धनयबाद दिनुभयो ।
त्यस्तै निसीखोला गाउँपालिका १ लेवाङका ८५ बर्षिय खिम विश्वकर्माले एउटा आँखा बाल्यकालमै गुमाउनु भयो दायाँ आँखाले हेर्न सक्नुुहुन्न बाँयाँ आँखा समेत गत भदौ महिनादेखि बन्द भयो हेर्दा हेदै के भयो के भयो सबै अँध्यारो देख्ने गर्थेँ शिविर छ भनेर आएको हुँ डाक्टरले उपचार गरिदिनुभयो अहिले भदौमा बन्द भएको देव्रे आँदा पनी खुल्यो खसि छु । डाक्टरका अनुसार उहाँको दाँया आँखा सानै देखि बन्द भएका कारण बाँयाँ आँखाको मोतियाबिन्दुको अप्रेशन गरिएको बताउनु भयो ।