spot_img

ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको चैत्र १८ गते प्रथम अधिवेशन हुने

बुर्तिबाङ चैत्र १२ गते
ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको चैत्र १८ गते प्रथम अधिवेशन हुने भएको छ । यहाँका व्यवसाहीहरुको छाता संगठनको रुपमा २०७७ सालमा दर्ता भएको संघले कोभिड प्रभावको कारण देखाउँदै सँस्था दर्ता भएको ३ बर्षसम्म अधिवेशन तथा साधारण सभा गर्न सकेको थिएन ।
पछिल्लो समय समितीको बैठक बस्दै आय –व्याय विवरण मिलान तथा हालसम्मको करचुक्ता, अडिट लगाएतका काम सम्पन्न गरेसँगै चैत्र १८ गते नयाँ कार्यसमितीको गठन गर्ने गरि अधिवेशनको मिती तय गरिएको सँघका अध्यक्ष चिन्तामणी कँडेलले बताए ।
ढोरपाटन नगरपालिका भित्र विभिन्न पेशा व्यवसाय गर्ने ६ सय ४९ सदस्य आवद्ध रहेको उक्त सँघमा हालसम्म विभिन्न १५ वटा वस्तुगत संघ आवद्ध रहेका छन । बागलुङ उद्योग बाणिज्य संघमा आवद्ध रहँदै गर्दा २०७७ साल मंसिर महिनामा यहाँको व्यवसाहीको हक अधिकार र समस्या सम्वोधनमा टेवा पु¥याउने गरि ढोरपाटन उद्योग बाणिज्य संघ बुर्तिबाङको गठन गरिएको थियो ।

आगामी विहिबार १६ गतेसम्म बस्तुगत संघको नयाँ समिती गठन गर्ने र १८ गते शनिवार उद्योग बाणिज्य संघ ढोरपाटन बुर्तिबाङको अधिवेशन सम्पन्न गर्ने तयारी अगाडी बढाइएको ढालेन्द्र छन्त्यालले बताए । अधिवेशन लाई सफल पार्न आइतबार बुर्तिबाङमा बसेको बैठकले अध्यक्ष चिन्तामणि कँडेल सम्योजक रहेको ३ सदस्य निर्वाचन समिती गठन गरिएको छ । समितीको सदस्यमा इलाका प्रशासन कार्यालय बाट १ जना र ढोरपाटन नगरपालिका बाट १ जना अधिकृत तहको कर्मचारी रहने गरि सदस्यको टुँगो लगाइएको हो । तत्काल निर्वाचनलाई सफल पर्ने गरि समिती अगाडी बड्ने गरी अगाडी बढिएको अध्यक्ष कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित