Home Blog Page 136

बुर्तिबाङमा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा ६०० बढिले लिए सुविधा

0

चैत्र १ गते बुर्तिबाङ
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार देखि सुरु भएको निः शुल्क आँखा उपचार तथा निःशुल्क मोतिबिन्दुको सल्यक्रिया (अप्रेशन ) शिविर मंगलबार सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको सहयोग तथा हिमालयन आँखा अस्पत्ताल तथा धौलागिरी आँखा अस्पत्तालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरबाट ६८ जनाको मोतिया बिन्दुको अप्रेशन सहित कुल ६२८ नागरिकले आँखाको चेकजाँच तथा उपचार गराएका छन । सोमबार ३३ जनाको मोतिबिन्दुको अप्रेशन गरिएकोमा मंगलबार ३५ समेत गरि कुल ६८ जनाको मोतियाबिन्दुको निः शुल्क अप्रेशन गरिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका डा. अनिलले बताउनु भयो ।
बागलुङको ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगाएत छिमेकी पालिकाका नागरिकले सेवा लिएका हुन ।
डा. आषिश सहितको टोलिद्धारा सिविरमा विरामीको चेकजाँच तथा अप्रेशन भएको हो । प्रत्यक बर्ष विभिन्न संघसँस्थाको सहयोग तथा आयोजनामा हुने शिविरबाट यस क्षेत्रका नागरिकले सहज सेवा लिने गरेका हुन ।

लायन्स क्लब अफ ढोरपाटन बुर्तिबाङद्धारा निःशुल्क आँखा शिविरमा सहयोग

0

बुर्तिबाङ फाल्गुन ३०
लायन्स क्लब अफ ढोरपाटन बुर्तिबाङद्धारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार सिविरका निम्ती सहयोग हस्तान्त्रण गरिएको छ ।
क्लबका निवर्तमान अध्यक्ष केशव थापा, अध्यक्ष राम प्रसाद आर्चाय लगाएत क्लबका पदादिकारीद्धारा शिविरमा क्लबको तर्फदेखि सम्मोन्य गर्दे चस्मा, औषधी, मास्क लगाएतका सामाग्रि हस्तान्त्रण गरिएको क्लब अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो ।
सामाजिक सेवा भावसंग जोडिएको संस्था भएका कारण आफुहरुको पनी अपनत्व हुने गरि शिविरमा आफुहरुले सहजिकरण गरिएको क्लबका निवर्तमान अध्यक्ष केशव थापाको भनाई छ । स्वास्थ्य सामाग्रि ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली , डा. आषिश लगाएतको टिमलाई हस्तान्त्रण गरिएको थियो
त्यस्तै सोमबार क्लबले समितीको पुनर गठन गरेको छ । शन २०२३÷२४ का लागी राम प्रसाद आर्चाय अध्यक्ष रहेको समितीको गठन गरीएको हो । समितीको प्रथम उपाध्यक्ष छविलाल पाण्डे, दितिय उपाध्यक्ष सुमन सुनार, सचिव मुक्तिनाथ लोहनी, कोषाध्यक्ष पुर्ण प्रसाद सापकोटा लगाएत १६ सदस्य समितीको गठन गरिएको हो । विगत ४ बर्षदेखि यस क्षेत्रमा सञ्चालित उक्त क्लबले विभिन्न सामाजिक कार्यक्रम गर्दे आइरहेको छ ।

स्वर्गिय ऋतुवर्ण पौडेल अध्यक्ष रहेको पहिलो समिती गठन भएसंगै क्रमश रामनारायण सुवेदी, केशव थापाले अध्यक्ष पदमा नेतृत्व गरिसक्नु भएको छ ।

एमालेको मिसन ग्रासरुट अभियान ढोरपाटन उपत्यकामा

0

ढोरपाटन टाईम्स, बुर्तिबाङ
नेकपा एमालेको देशभर चलिरहेको मिसन ग्रासरुट अभियान अन्र्तगत आइतबार ढोरपाटन नगरपालिका वडा नंं ७, ८ र ९ को संयुक्त रुपमा ढोरपाटन उपत्यकामा सम्पन्न भएको छ ।

कार्यक्रम पार्टी शुद्धिकरण तथा विस्तार अयिभान सम्बन्धी अभिमुखिकरण तथा पशिक्षण दिई सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ढोरपाटन बासी जनताहरुको हक हितलाई सधै मध्यनजर गरेर काम गर्ने बताउनुभयो । उहाँले उत्तरगंगा जलाशय युक्त आयोजना निमार्णको लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । ढोरपाटनमा जोडिने सडकलाई कालोपत्रे गरी पर्यटनलाई थप आर्कषित बनाउने कुरामा जोड दिनुभयो । उहाँले आफु जनताको सेवक भएकाले जनताको सेवा र सुविधाको जिम्मेवारी आफुले लिएको बताउनुभयो । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष गण्डकी प्रदेशको प्रयटकीय गन्तव्य अन्र्तगत सबैभन्दा महत्वपुर्ण रहेको बताउदै यस ठाउँमा थप पर्यटकलाई भित्राउन र आर्कषित बनाउन प्रदेशबाट सक्दो पहल गर्ने बताउनुभयो ।


साथै मुलुकमा समाजवाद निर्माणको आधार तयार गर्नका लागि नेकपा एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताउनु भएको थियो । यतिबेला एमालेले सिंगो पार्टी पंक्ति परिचालन हुने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ, यो अभियानले पार्टीलाई एकतावद्ध बनाउने, कमजोरीहरु सुधार गरेर संस्थागत रुपमा सञ्चालन हुन सहयोग गर्नुका साथै आम जनताका बीचमा पार्टी प्रतिको बुझाईलाई समेत सच्याउने अपेक्षा लिइएको उहाँको भनाइ थियो ।

पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि एमालेले देशब्यापी रुपमा मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको बताउनुभयो । अभियानमा पार्टी निमार्णको मुख्य केन्द्र वडा तह भएको वताउदै एमालेलाई एकतावद्ध, सुदृढ र ब्यापक जनतामा आधारित पार्टी बनाउने उद्घोष गनर््ुभयो । उहाले अभियानमा कार्यकर्तालाई बैचारिक प्रशिक्षण, कार्यकर्ताको चेतनास्तरमा वृद्धि, सुदृढ संगठन, सदस्यता नविकरण , टोल कमिटी गठन, विस्तार र पूर्नगठन, जनवर्गिय संगठनको निर्माण लगायतका गतिविधि सक्रियता पुर्वक सञ्चालन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा संघीय सांसद देवि प्रकाश भट्टचन, गण्डकी प्रदेशका प्रदेश सांसद कृष्ण पाठक, नेकपा एमाले गण्डकी प्रदेश सदस्य मञ्जु शर्मा चालिसे, ढोरपाटन नगरपालिका प्रमुख एवम् नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देव कुमार नेपाली लगायतले मन्त्वय व्यक्त गर्नुभएको थियो ,भने नेकपा एमाले गण्डकी प्रदेश सदस्य टंक प्रसाद पौडेल,नेकपा एमाले जिल्ला उपाध्यक्ष लक्ष्मण पुन,नेकपा एमालेका ढोरपाटन नगर कमिटि संयोजक गणेश थापा, टोल कमिटीका सदस्य, जनवर्गिय संगठनका पदाधिकारी, वडाभित्रका नेता, पार्टीका संगठित सदस्य, तमानखोला र निसिखोलाका एमालेका नेता तथा कार्यक्रर्ता, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिीत रहेको थियो ।

कार्यक्रम नेकपा एमाले जिल्ला सदस्य दिल बहादुर विश्वकर्माको अध्यक्षता नेकपा एमाले जिल्ला सदस्य नन्दे सुनारले स्वागत र एमाले जिल्ला सदस्य चुना घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुर्तिबाङमा २ दिने निशुल्क आखाँ शिविर सञ्चालन हुने

0

विनोद विश्वकर्मा ढोरपाटन,
जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिङमा निशुल्क आखाँ सिविर सञ्चालन हुने भएको छ ।

सोमबार र मंगलबार गरी २ दिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क आखाँ चेकजाच तथा मोतियाविन्दु भएकाका लागि निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।

हिमालय आखाँ अस्पताल पोखराको सहयोग धवलागिरी आखाँ अस्पताल बागलुङको प्राविधिक सहयोग,ढोरपाटन नगरपालिका र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यावस्थापनमा शिविर सञ्चालन हुन लागेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका दृष्टि बिशेषज्ञ रुद्र खत्रीले बताउनु भयो ।

शिविरमा मोतियाविन्दु भएकाको लागि निशुल्क शल्यक्रिया हुने छ । आखाँको सामान्य चेकजाँच तथा आवश्यता परेमा औषधि पनि उपलब्ध गराईने खत्रीले बताउनु भयो ।

सुख्खा पहिरोमा परि निसीखोलाका विकको मृत्यु

0

ढोरपाटन टाईम्स, बुर्तिबाङ

बागलुङको बरेङमा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका ६ का वर्ष ४२ का शुकलाल विको मृत्यु भएको हो ।

पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारको क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुख्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउसो पौने १ बजेको समयमा पहिरोमा परेर गम्भीर घाईते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङ तर्फ रिफर गरिएकोमा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताउनु भयो

रंगिन युवा क्लवको फागु पुर्णिमा मेला सम्पन्न ।

0

विनोद विश्वकर्मा ,बुर्तिबाङ

रंगिन युवा क्लव निसीखोला गाउँपालिका ४ झिवाखोलाले आयोजना गरेको फागु पुर्णिमा तथा होली मेला बुधबार सम्पन्न भएको छ ।
गत फाल्गुन २१ गते देखी सुरु भएको बिविध खेलकुद तथा सास्कृतिक कार्यक्रम अन्र्तगत वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा निसीखोला गाँपालिका वडा नं १ प्रथम र वडा नं ३ बोहरागाउँ द्धितिय भएको छ । आयोजित खुल्ला महिला भलिबल प्रतियोगितामा बडिगाड गाउँपालिका प्रथम र ब्राईट प्यूचर कम्प्यूटर ईस्टिच्यूट बुर्तिबाङ द्धितिय भएको छ ।

आयोजित वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा क्रमस,७० हजार कप मेडल र प्रमाण पत्र ,४० हजार कप मेडल र प्रमाण पत्र प्रप्त गरेका छन् । त्यस्तै महिला भलिवल प्रतियोगितामा क्रमश ३५ हजार २५ हजार कप मेडल र प्रमाण पत्र प्रप्ता गरेका छन् ।
माछा छोप्ने खेलमा राजकुमार मल्ल प्रथम र निरज शाही द्धितिय भएका छन् । कार्यक्रमको अवसरमा खुल्ला व्याटमिन्टन प्रतियोगिता,रंगिन आईडल डान्स प्रतियोगिता,लगाएतका कार्यक्रममो आयोजना गरिएको थियो ।

ढोरपाटन नगरपालिका वडा नं. १ द्धारा सचेतना मुलक कार्यक्रम

0

फाल्गुन २४
११३ औँ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा ढोरपाटन नगरपालिका वडा नं. १ द्धारा बालबिवाह, बहुबिवाह, र घरेलु हिँसा सम्वन्धी सचेतना मुलक कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा सञ्चालित कार्यक्रमका अवसरमा १५० बढि स्थानीय महिला, बालबालीका र पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा प्रशिक्षकको रुपमा ढोरपाटन नगरपालिका वडा नं. १ का सचिव देवेन्द्र वस्याल, ढोरपाटन नगरपालिका रोजगार सम्योजक हिरालाल खनालले सहभागिलाई बालबिवाह र त्यसको असर, कानुनी व्यवस्था, घरेलु हिँसा र बहुबिवाह का कारण घर तथा समाजमा पर्ने नकारात्मक असर कानुनी प्रकृयाका विषयमा जानकारी गराउँदै समुदाय, टोल र परिवारलाई यस्ता नकारात्मक गतिविधीमा रोक्नका निम्ती सबैको दायित्व उत्तिकै रहने बताइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले वोल्दै समाज रुपान्तरणका निम्ती आफु परिवर्तन हुनुपर्ने र समाजमा हुने लैँगिक हिँसा, बालबिवाह, बहु बिवाहका कारण परिवारदेखि समाज सम्म असर गर्ने बताउँदै त्यसका निम्ती सबैले सचेतना अपनाउनु पर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रम वडा सचिव देवेन्द्र वस्यालले सञ्चालन गर्नुभएको थियो । वडा कार्यालयकै आयोजनामा उत्तरगँगा नमुना माध्यमिक विद्यालयमा समेत सचेतना कार्यक्रम केहि दिन पहिले सम्पन्न गरिएको बताइएको छ ।

तमानखोलामा विभिन्न कार्यक्रमका साथ ११३ औँ अन्तराष्ट्रिय नारी दिवश मनाइयो

0

तमानखोला गाउँपालिकाद्धारा ११३ औँ अन्तराष्ट्रिय नारी दिवश विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
“लैँगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ बोङगादोभान बजार परिक्रमा गर्दे विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले शुभकामना मन्तव्य सहित आफनो धारणा राख्दै मुलुकको परिवर्तनमा महिला सहभागिता अपरिहार्य रहेको बताउनु भयो । राजनैतिक परिवर्तन देखि समाज रुपान्तरणमा महिलाको भुमिका उत्तिकै महत्वपूर्ण रहेको बताउँदै हरेक नेतृत्वमा महिला सहभागिता सक्रिय रहनु पर्ने बताउनु भयो ।

आयोजित कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, पूर्व गाउँपालिका उपाध्यक्ष मानशरी शेरचन, वडा अध्यक्ष कार्यपालिका सदस्य लगाएतको आतिथ्यता एवंम शुभकामना मन्तव्य रहेको थियो ।


पालिकाले आयोजना गरिएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, बेलुन फुटाउने प्रतियोगिता र वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिएको थियो । विभिन्न आमा समुहले सहभागिता जनाएका हुन ।

निसीभुजी जनता क्याम्पसको १० औँ अधिवेशनः अध्यक्षमा डा. शान्तराज शर्मा

0

फाल्गुन २४ गते बुर्तिबाङ
पश्चिम बागलुङकै शैक्षिक धरोहरको रुपमा रहको निसीभुजी जनता क्याम्पसको बुधबार १० औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट नयाँ कार्यसमितीमा सर्वसहमतीबाट डा. शान्तराज शर्मा अध्यक्षमा चयन हुनुभएको हो । यहाँ स्थित दलीय प्रतिनिधी, प्रध्यापक, पुर्व क्याम्पस व्यवस्थापन समिती पदाधिकारी लगाएतको विशेष छलफलबाट २१ सदस्य क्याम्पस व्यवस्थापन समितीको गठन गरिएको छ । समितीको उपाध्यक्षमा हरि बहादुर कुवंर, कोषाध्यक्ष कमला अर्याल चयन हुनुभएको हो । सदस्यमा क्रमश तारानाथ पौडेल, टँक प्रसाद पौडेल, जोकलाल बुढा, मेषलाल शर्मा, निल बहादुर पुन, गौमती कुमाल, ज्ञान प्रसाद कंडेल, दिपक थापा, कुलपति सापकोटा, पूर्ण बहादुर वि.क. चयन हुनुभएको छ ।

त्यस्तै पदेन तर्फ सचिव क्याम्पस प्रमुख कृष्ण कान्त आर्चाय, सदस्यमा चन्द्रलाल अर्याल, बान बहादुर छन्त्याल, ऋषिराम शर्मा, ढालेन्द्र छन्त्याल, गुञ्जमान घर्ति र एकजना प्रध्यापक प्रतिनिधी र त्रिवी प्रतिनिधी चयन गर्ने गरि दुई पद रिक्त राखिएको छ ।
त्यस्तै ६ सदस्य सल्लाहकार समिती गठन गरिएको छ । समिती सदस्यमा ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, पुर्व क्याम्पस व्यवस्थापन समिती अध्यक्ष धिर प्रताप सिँह, तुल्सिराम अर्याल, समाजसेवी हर्कबहादुर गुरुङ, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा र निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिलाई चयन गरिएको हो । नवगठित समितीका अध्यक्ष शान्तराज शर्मा हाल काठमान्डौमा रहेका कारण भर्चुअल बैठकबाट उहाँलाई अध्यक्ष पदमा चयन गरिएको हो । अध्यक्ष र सबै प्रतिनिधीको उपश्थितीमा केहि दिनमै पदभार ग्रहण हुने निर्वाचन समितीले जनाएको छ ।

तमानखोला गाउँपालिकाद्धारा खेतियोग्य जमिनलाई पकेट क्षेत्रको रुपमा विस्तार गर्दे

0

फाल्गुन २३ गते
तमानखोला गाउँपालिकाले पालिका भित्रका विभिन्न वस्तिका खेति योग्य जमिनलाई पकेट क्षेत्रको रुपमा विस्तार सुरु गरेको छ ।
गाउँपालिकाले वडा नं. ४ को लाम्मेलालाई आलु पकेट क्ष्ोत्रको रुपमा घोषणा गरेर कार्यक्रम अगाडी बढाएको हो । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्र्तगत उक्त वडालाई आलु पकेट क्षेत्र घोषण गरेर कृषकका निम्ती यान्त्रीकरण, मेशिनरी सामाग्रि, विउमा अनुदान साना सिंचाई परियोजना लगाएतका कार्यक्रम अगाडी बढाउने गरि प्रत्यक बर्ष बजेट विनीयोजन गर्ने गरिएको कृषि शाखा प्राविधिक शन्देश पराजुलीले बताउनु भयो । तमान गाउँका ३ सय पचास बढि घरका कृषकले आलु उत्पादन गर्दे आएका छन ।
विगत लामो समयदेखि आलु उत्पादन गर्दे आएका त्यहाँका किसानका निम्ती पकेट क्षेत्र घोषणा गर्दे गर्दा कृषकलाई व्यवसाहीक बन्न र उत्पादन बृद्धि गर्न थप सहज हुने वडा अध्यक्ष छ प्रसाद श्रीपालीको भनाई छ । प्रति घर कम्तिमा ५ कुइन्टल देखि माथी ३० कुइन्टल सम्म यहाँका कृषकले सिजनमा आलु उत्पादन गर्दे आएका छन ।
पालिकाले वडा नं. ४ सहित वडा नं. ६ को नर्जाखानी, वडा नं. २ को मुठाचौर, लगाएतका स्थानमा समेत आलु पकेट क्षेत्र विस्तार कार्यक्रम अगाडी बढाएको हो । अन्य वडामा समेत आलु उत्पादन हुँदै आएको क्षेत्रमा यस वर्ष विस्तार कार्यक्रम अगाडी बढाइने कृषि प्राविधिक शन्देश पराजुलीको भनाई छ ।
यसबर्ष नयां कार्यक्रम अन्र्तगत रु १० लाख र पुरानो निरन्तरता अन्र्तगत ६ लाखगरि १६ लाख बजेट विनीयोजन भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वर लाल शाक्यको भनाई छ ।
गाउँपालिकाको आर्थिक उर्पाजनको माध्ययम कृषि हो त्यसलाई व्यवसाहीकरण र नयां प्रविधी अनुसार अगाडी बढाउने लक्ष्य पालिकाले लिइएको छ । जहाँ जुन चिज उत्पादन हुन्छ त्यहां थप प्रविधिको प्रयोग गरेर व्यवसाहीक रुपमा कृषकलाई हौसला मिल्ने गरी पालिकाले काम गर्ने गाउँपालिका अध्यक्ष जोकलाल बुढाको भनाई छ ।