spot_img

निसीभुजी जनता क्याम्पसको १० औँ अधिवेशनः अध्यक्षमा डा. शान्तराज शर्मा

फाल्गुन २४ गते बुर्तिबाङ
पश्चिम बागलुङकै शैक्षिक धरोहरको रुपमा रहको निसीभुजी जनता क्याम्पसको बुधबार १० औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट नयाँ कार्यसमितीमा सर्वसहमतीबाट डा. शान्तराज शर्मा अध्यक्षमा चयन हुनुभएको हो । यहाँ स्थित दलीय प्रतिनिधी, प्रध्यापक, पुर्व क्याम्पस व्यवस्थापन समिती पदाधिकारी लगाएतको विशेष छलफलबाट २१ सदस्य क्याम्पस व्यवस्थापन समितीको गठन गरिएको छ । समितीको उपाध्यक्षमा हरि बहादुर कुवंर, कोषाध्यक्ष कमला अर्याल चयन हुनुभएको हो । सदस्यमा क्रमश तारानाथ पौडेल, टँक प्रसाद पौडेल, जोकलाल बुढा, मेषलाल शर्मा, निल बहादुर पुन, गौमती कुमाल, ज्ञान प्रसाद कंडेल, दिपक थापा, कुलपति सापकोटा, पूर्ण बहादुर वि.क. चयन हुनुभएको छ ।

त्यस्तै पदेन तर्फ सचिव क्याम्पस प्रमुख कृष्ण कान्त आर्चाय, सदस्यमा चन्द्रलाल अर्याल, बान बहादुर छन्त्याल, ऋषिराम शर्मा, ढालेन्द्र छन्त्याल, गुञ्जमान घर्ति र एकजना प्रध्यापक प्रतिनिधी र त्रिवी प्रतिनिधी चयन गर्ने गरि दुई पद रिक्त राखिएको छ ।
त्यस्तै ६ सदस्य सल्लाहकार समिती गठन गरिएको छ । समिती सदस्यमा ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, पुर्व क्याम्पस व्यवस्थापन समिती अध्यक्ष धिर प्रताप सिँह, तुल्सिराम अर्याल, समाजसेवी हर्कबहादुर गुरुङ, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा र निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिलाई चयन गरिएको हो । नवगठित समितीका अध्यक्ष शान्तराज शर्मा हाल काठमान्डौमा रहेका कारण भर्चुअल बैठकबाट उहाँलाई अध्यक्ष पदमा चयन गरिएको हो । अध्यक्ष र सबै प्रतिनिधीको उपश्थितीमा केहि दिनमै पदभार ग्रहण हुने निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित