बुर्तिबाङमा २ दिने निशुल्क आखाँ शिविर सञ्चालन हुने

विनोद विश्वकर्मा ढोरपाटन,
जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिङमा निशुल्क आखाँ सिविर सञ्चालन हुने भएको छ ।

सोमबार र मंगलबार गरी २ दिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क आखाँ चेकजाच तथा मोतियाविन्दु भएकाका लागि निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।

हिमालय आखाँ अस्पताल पोखराको सहयोग धवलागिरी आखाँ अस्पताल बागलुङको प्राविधिक सहयोग,ढोरपाटन नगरपालिका र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यावस्थापनमा शिविर सञ्चालन हुन लागेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका दृष्टि बिशेषज्ञ रुद्र खत्रीले बताउनु भयो ।

शिविरमा मोतियाविन्दु भएकाको लागि निशुल्क शल्यक्रिया हुने छ । आखाँको सामान्य चेकजाँच तथा आवश्यता परेमा औषधि पनि उपलब्ध गराईने खत्रीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित