चैत्र १ गते बुर्तिबाङ
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार देखि सुरु भएको निः शुल्क आँखा उपचार तथा निःशुल्क मोतिबिन्दुको सल्यक्रिया (अप्रेशन ) शिविर मंगलबार सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको सहयोग तथा हिमालयन आँखा अस्पत्ताल तथा धौलागिरी आँखा अस्पत्तालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरबाट ६८ जनाको मोतिया बिन्दुको अप्रेशन सहित कुल ६२८ नागरिकले आँखाको चेकजाँच तथा उपचार गराएका छन । सोमबार ३३ जनाको मोतिबिन्दुको अप्रेशन गरिएकोमा मंगलबार ३५ समेत गरि कुल ६८ जनाको मोतियाबिन्दुको निः शुल्क अप्रेशन गरिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका डा. अनिलले बताउनु भयो ।
बागलुङको ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगाएत छिमेकी पालिकाका नागरिकले सेवा लिएका हुन ।
डा. आषिश सहितको टोलिद्धारा सिविरमा विरामीको चेकजाँच तथा अप्रेशन भएको हो । प्रत्यक बर्ष विभिन्न संघसँस्थाको सहयोग तथा आयोजनामा हुने शिविरबाट यस क्षेत्रका नागरिकले सहज सेवा लिने गरेका हुन ।
बुर्तिबाङमा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा ६०० बढिले लिए सुविधा

