फाल्गुन १४
तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा विनीयोजन भएको बजेट र योजना मध्ये पचास प्रतिशत योजना सम्झौता सम्पन्न गरेको छ ।
आगामी जेठ १५ सम्म यस वर्षको योजना सम्पन्न गर्ने गरि काम अगाडी बढाएको पालिकाले दोश्रो चौमासिकको फाल्गुन पहिलो सातासम्म २५ प्रतिशत बढि योजनाको भुक्तानी समेत दिइसकेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।
कुल १२० योजना मध्ये २० भन्दा बढिको सम्झौता भएर पनी काम सकिएको र बाँकी योजना मध्ये कतिपय सम्झौता भएर काम अगाडी बढेको र केहि टेन्डरका योजना प्रकृयामा रहेको बताउनु भयो । पालिकाको कार्यक्रम अन्र्तगत यस बर्ष वढिमात्रामा शिक्षा, स्वास्थ्य, र पूर्वाधार निर्माणका काममा बढि बजेट भएका कारण तिव्र गतिमा काम भइरहेको शाक्यको भनाई छ ।
भौगोलिक कठिनाई, बर्षातको समयमा काम गर्न असहज, चाडपर्व तथा निर्वाचनका कारण मंसिर दोश्रो सातादेखि काम सुरु गरेपनी निर्धारित समयमा योजनाको काम सम्पन्न गर्ने गरि पालिका अगाडी बढेको बताउनु भयो । गाउँपालिकाको संघ सरकार र प्रदेश सरकार मार्फत प्राप्त योजनाको काम पनी निर्धारित समयमा सम्पन्न गर्ने गरि टेण्डर प्रकृया अगाडी बढेको बताइएको छ ।
तमानखोलामा पचास प्रतिशत योजनाको सम्झौता जेठ दोश्रो सातासम्म सबै योजनाको काम सक्ने लक्ष्य
हात्तिपाईले रोग विरुद्धको औषधी सेवन अभियान प्रभावकारी रुपमा अगाडी बढाइँदै
बुर्तिबाङ फाल्गुन १३ गते
निसीखोला गाउँपालिकाले हालसम्म १२,५५८ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाएको छ । कुल जनसँख्या मध्ये ५२.८ प्रतिशत नागरिकले औषधिको सेवन गरिसकेको र अन्यका लागी अभियान जारी रहेको निसीखोला गाउँपालिका स्वास्थ्य सम्योजक टोप बहादुर चन्दले बताउनु भयो ।
कुल २३,७९४ मध्ये गर्भवती, दिर्घ रोगी, २ बर्ष मुनिका बालवालिका लाई बाहेक अन्यका लागी औषधी खुवाउने अभियान जारी रहेको बताइएको हो । स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंम सेविकाको प्रत्यक्ष सहभागितामा घर घरमै पुगेर औषधी खुवाउने अभियान जारी राखिएको स्वास्थ्य सम्योजक चन्दले बताउनु भयो । यसबर्ष १४ औँ पटक बागलुङमा हात्ति पाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको र यसै वर्ष अन्तिम बर्षको रुपमा लिने गरी अभियान अगाडी बढाइएको हो । औषधी खान नचाहानेका लागी समेत स्वास्थ्य कर्मीले सम्झाई बुझाई औषधी खुवाइरहेको चन्दको भनाई छ ।
तमानखोला गाउँपालिकाले पनी अभियानलाई तिव्रता दिएको छ गाउँपालिका स्वास्थ्य सम्योजक तिलक छन्त्यालका अनुसार हालसम्म ७६२२ जनाले औषधी सेवन गरिसकेको र बाँकी ३९०९ जनालाई खुवाउन बाँकी रहेको बताउनु भयो । तमानखोला गाउँपालिकामा समेत स्वास्थ्य कर्मी, जनप्रतिनिधी, कर्मचारी, महिला स्वास्थ्य स्वयंम सेवीका लगाएतको सक्रियतामा अभियान जारी रहेको हो ।
ढोरपाटन नगरपालिकाले समेत अभियानलाई तिव्रता दिएको छ हालसम्म औषधी खान मिल्ने २९ हजार मध्ये हालसम्म २१,८९५ जनाले औषधी सेवन गरिसकेका छन औषधी खान योग्य सँख्याको कुल ७४ दशमलव २३ प्रतिशत नागरिकले औषधी सेवन गरेका हुन अभियान जारी रहेको ढोरपाटन नगरपालिका स्वास्थ्य सम्योजक केशव थापाले बताउनु भयो ।
ट्याक्टरको ठक्करबाट चामिद्वारमा १३ वर्षीय बालकको मृत्यु ।।
बुर्तिबाङ,बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो २ बजे ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो ।
घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको खड्काले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाको दोश्रो ढोरपाटन नगर सम्मेलन बुर्तिबाङमा सुरु ।
बुर्तिबाङ
राष्ट्रिय जनमोर्चाको दोश्रो ढोरपाटन नगर सम्मेलन बुर्तिबाङमा शुक्रबार सुरु भएको छ ।
वडा स्तरको समिती गठन गरेको राष्ट्रिय जनमोर्चाले वन्दसत्र मार्फत नगरपालिकाको नेतृत्व चयन गर्ने गरि उद्घाटन सत्रको कार्यक्रम सम्पन्न गर्दे बन्द सत्रको कार्यक्रममा प्रवेश गरेको हो ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष दिपक थापाको अध्यक्षतामा आयोजित उद्घाटन सत्रको कार्यक्रम बुर्तिबाङ बजारमा ¥यालि सहित बजार परिक्रमा गर्दे लक्ष्मिकुण्ड चोकमा एक कार्यक्रमका विच उद्घाटन सत्रको कार्यक्रम सम्पन्नभएको हो ।
आयोजित सभालाई राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुखअतिथी राजेन्द्र ढुँगानाले सम्वोधनगर्दे देशको स्वाधिनता जोगाउने र देशको रक्षागर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्र रहेको बताउनु भयो । वर्तमान अवस्थामा पद र सत्ताका निम्ती सबै दलहरु लालाहित भइरहेको बताउँदै देशको रक्षा संविधानको रक्षा र लोकतन्त्रको मूल्य र मान्यतालाई सबै दलहरुले ब्रिसियर सत्ताको खेलमा लडिरहेको आरोप लगाउनु भयो ।
प्रतिगमनकारी तत्वलाई परास्त पार्न पाँचदलिय गठवन्धन बनेर निर्वाचनमा संगै लडेपनी अहिले आएर पुनह नेकपा माओबादी पदलुप्ता भएर फेरी नेकपा एमाले संग साँठगाँठ गर्न पुग्दा जनताले दिएको अभिमत र विस्वास गुमेको स्मरण गर्दे देशको विकास, समृद्धि र नागरीकको हकअधिकार स्थापितगर्नुभन्दापनी कसरी हुन्छ दलहरु अस्थिरता ल्याउने, विदेशीको गुलामीवन्ने र सत्तालुप्ता बन्दा देश संकटको घडिमा अगाडी बढेको प्रस्ट पार्नुभयो ।
राष्ट्रिय जनमोर्चाले प्रतिगमनबाट देशलाई जोगाउन नेपाली कांग्रेस संग पनी निर्वाचनमा तालमेल गरेर होमियो अन्यपाँचदलसंग सहयात्राग¥यो’ तरपनी देशको हित र नागरिकको हकअधिकार संविधानको जर्गेना, लोकतन्त्रको रक्षाका निम्ती कसैसंग पनी खरावमनाशायबाट अगाडी नबद्ने बताउँदै अडिकका साथअहिले प्रतिपक्षदल१ सिट मात्रभएपनी राष्ट्रिय जनमोर्चा रहेको बताउनु भयो ।
कार्यक्रमका अवसरमा विशिष्ठ अतिथीको रुपमा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेलेवोल्दै देश विदेशिको इशारामा चलिरहेको र विदेशी शक्तिको आडमा तानाशाहहरुले शाशनगरिरहेको आरोप लगाउनुभयो । अमेरिका , भारत लगाएतका देशको इसारामा नयाँ नयाँ दल गठन भएर जनतालाई दाश वनाउने , जनताको रगत र वलिदानीबाट प्राप्त संविधान, लोकतन्त्र र गणतन्त्रलाई धरासायीवनाउने शक्तिहरु चलाएमान भइरहेको बताउँदै देशप्रमेमी नागरिक सचेत हुनुपर्ने बताउनु भयो ,
त्यस्तै राष्ट्रिय जनमोर्चाकाकेन्द्रिय सल्लाहकार तथा जिल्ला अध्यक्ष अमर बहादुर थापाले वोल्दै देशमाजुनसुकै पार्टीको उदयभएपनी सत्ता र स्वार्थको लडाइमा निहितभइरहको बताउँदै नेताकार्यक्रता लाई विचलन नहुन आग्रहगर्दे संगठन निर्माणमा होमिन आग्रहगर्नुभयो ।
विभिन्न साँस्कृर्तिक कार्यक्रम नृत्य सहित सञ्चालन भएको कार्यक्रममा अखिल नेपाल बुद्धिजिवि संघ केन्द्रिय सदस्य धनबहादुर कुवंर, अखिल नेपाल जनजाती सम्मेलन केन्द्रिय सदस्य तम बहादुर घर्ति, जातिय समता समाज केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नर बहादुर सुनार, अखिल नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारी, रक्तिम सांस्कृर्तिक अभियान केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष सहविन अर्गेजा, अखिल छैठोँको तर्फदेखि विमल पाण्डे, राजमो जिल्ला सचिव भिमलालपोख्रेल लगाएत नेताकार्यक्रताको आतिथ्यता रहेको कार्यक्रम राजमो ढोरपाटन नगर सचिव तुल्सीराम खरेलको स्वागत, रक्तिम सांस्कृर्तिक अभियानजिल्ला सचिव कुलबहादुर छन्त्यालको सञ्चालमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्नभएको हो ।
बुर्तिबाङमा सहकारी सञ्चालक तथा प्रमुखका विचमा अन्र्तक्रिया कार्यक्रम
फाल्गुन ९ गते
बुर्तिबाङमा सहकारी सञ्चालक तथा प्रमुखका विचमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला वचत संघ बागलुङको व्यवस्थापन तथा केन्द्रिय वचत संघ नेफ्सकुनको आयोजनामा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा कृयाशिल विभिन्न १८ वटा सहकारी संस्थाका अध्यक्ष, सचिव, प्रवन्धकका विचमा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अवसरमा सहकारी संस्थाको अवस्था, चुनौवी, भावि रणनीती र सम्भावना तथा सहकारी संस्थालाई हाल परेको समस्याका विषयमा सहभागिको विचमा अन्र्तकृया गरिएको जनाईएको छ ।
जिल्ला वचत संघ बागलुङका अध्यक्ष तथा केन्द्रिय वचत संघ नेफ्सकुनका केन्द्य्रिय सदस्य चण्डी प्रसाद सर्मा पौडेलको अध्यक्षता , वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका अवसरमा जिल्ला वचत संघ बागलुङका अध्यक्ष तथा केन्द्रिय वचत संघ नेफ्सकुनका सञ्चालक चण्डी प्रसाद सर्माले सहभागिले अन्र्तकृया कार्यक्रममा राखेका गुनासो जिज्ञासा तथा समस्याको विषयमा आफनो धारणा राख्दै सहकारी संस्था क्रण दिने र वचत गर्ने माध्यम मात्र नभई नागरिकलाई आर्थिक उर्पाजन संग जोड्ने तथा उनिहरुको समस्यामा हातेमालो गर्ने माध्यम रहेको बताउनु भयो । सहकारीका कारण देशलाई आर्थिक रुपमा अगाडी बढाउन तथा नागरिकका समस्यामा सहकारीले महत्वपूर्ण भुमिका खेल्दै आएको प्रस्ट पार्नुभयो
उहाँले थप वोल्दै पछिल्लो समय केहि सहकारी संस्थामा सञ्चालकको कमजोरीका कारण अन्य उत्कृष्ट लक्ष्य लिएर अगाडी बढेका सहकारी संस्थालाई समेत असर परिरहेका कारण त्यसलाई चिर्दे आफनो लक्ष्यमा अगाडी बद्नुपर्ने बताउनु भयो । सहकारीले आफना सेयर सदस्यका मनोभावना बुझ्ने, उनिहरुलाई आत्मर्भिर वनाउने र आयआर्जनका माध्यममा सहजिकरण तथा प्रोत्साहन गर्ने जस्ता कार्यमा भुमिका खेल्न समेत आग्रह गर्दे सहकारी सहकारी विच अस्वस्थ्य प्रतिस्प्रर्धा नभई सम्मोन्यकारी भुमिकामा एकरुपता आवस्यक रहेको बताउनु भयो । कार्यक्रमका अवसरमा नेफस्कुन फिल्ड सम्योजक पोखराका प्रशिक्षक यमकली पौडेलले सहजिकरण गनर््ुभएको थियो ।
जिल्ला वचत संघका उपसचिव विर बहादुर किसानको स्वागत, जिल्ला वचत संघका सञ्चालक उत्तम महतको सञ्चालनमा सम्पन्न भएको थियो ।
गाउँमा उद्योग खोलेर व्यस्त बन्दै निसीका सागर
निसी फाल्गुन ९
निसीखोला ५ का सागर उमेरले सानै छन तर गाउँमा केही उद्यम गर्नुपर्छ भन्ने मान्यता सहित लाखौँ रकम लगानी गरेर उद्योग सञ्चालनमा व्यस्त बन्दै गएका छन । निसीखोला गाउँपालिका ५ निसीका २१ बर्षिय सागर विश्वकर्मा गाउँमा आफनै दाजुभाई संगै सावुन उत्पादन गर्ने र जुत्ता चप्पल उत्पादन गर्ने उद्योग खोलेको दुई बर्ष हुन थाल्यो ।
गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता सहित लाखौँ रकम खर्च गरेर आर.डि.एस सोप इन्डष्ट्रिज नामक संस्था स्थापना गर्दे पछिल्लो समय लुगाधुने, नुहाउने सावुन भाँडा धुने सावुन, सरफ तथा जुत्ता चप्पल उत्पादन गर्नमा उनिहरु व्यस्त देखिन्छन ।
भारत तथा देशका विभिन्न स्थानबाट तालिम लिएर अनुभव संगै व्यवसायमा होमीएका उनिहरुले भारत तथा देशका विभिन्न स्थानबाट कच्चा पदार्थ लिएर सामान उत्पादन गर्दे आएका हुन ।
आफु सहित दाई र भाइको समेत साथमा सुरु गरेको व्यवसायले यतिवेला उनिहरुले उत्पादन गरेको वस्तुले बजार माग थेग्नै मुस्किल छ । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला , वडिगाड गाउँपालिका तथा रुकुम पूर्व र पश्चिम सम्मका व्यवसाहीले उद्योगबाट उत्पादित सामान खरिद गर्न थालेपछि आफुहरुलाई बजार माग थेग्नै मुस्किल परेको उनको भनाई छ । बाहिरबाट कच्चा पदार्थ ल्याउनुपर्ने र समयमा सामान आइपुग्न मुस्किल हुने समस्याका कारण केहि झन्झट देखिएपनी व्यवसाहीको माग पुर्ति गर्ने गरि काम अगाडी बढाइएको सागरको भनाई छ ।सावुन उत्पादन गर्न यहाँका वन जंगलमा पाईने कच्चा पदार्थलाइ समेत प्रयोग गर्ने गरि तयारि भइरहेको छ त्यसले गर्दा स्थानीय स्तरमा रोजगारिको सृजना हुनुका साथै कच्चा पर्दाथमा समेत सहजता हुने उनको भनाई छ ।
दुर्गम गाउँमा पनी केहि गर्न सकिन्छ भन्ने मान्यताका साथ यसरि लाखौँ रकम लगानी गरेर व्यवसायमा होमिएका उनलाई घर परिवारको साथ रहेको छ । कक्षा ११ र १२ मा अध्ययन गर्दे आएका कतिपय विद्यार्थीले समेत आफनो फुर्सदको समयमा उद्योगमा आएर काम सिक्ने र पारिश्रमिकमा काम गर्ने गरेको उनले बताए ।
काम सानो ठुलो हुँदैन यहिँ केहि गर्न सकियो भनेपनी राम्रो कमाई गर्न सकिन्छ केहिलाई रोजगारि दिन सकिन्छ भन्ने मान्यताले आफुहरुले उद्योग खोलेर व्यवसायमा होमीएको सागर बताउँछन ।
रक्तिम साँस्कृर्तिक अभियान बागलुङको छैठौँ जिल्ला सम्मेलन: अध्यक्षमा अर्गेजा
बुर्तिबाङ फाल्गुन ८
रक्तिम साँस्कृर्तिक अभियान बागलुङको छैठौँ जिल्ला सम्मेलन बुर्तिबाङमा सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको बन्द सत्रबाट पुनह अध्यक्ष पदमा ढोरपाटन नगरपालिकाका सहविन अर्गेजा चयन हुनुभएको हो ।
सम्मेलनबाट दुई वैकल्पिक सदस्य सहित १५ सदस्य समितीको गठन भएको हो समितीकोे उपाध्यक्ष पदमा पूर्ण बहादुर भुजेल, सचिव कुल बहादुर छन्त्याल,रुनमाया थापा कोषाध्यक्ष, प्रमिला परियार सहसचिवमा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सवराज छन्त्याल,दिलेन्द्र बुढामगर,रुनमाया सलामी, सुमन बुढा,जेनिसा थापा,सुसन कंडेल,लोक बहादुर गिरी, प्रकाश थापा र वैकल्पिक सदस्यमा मनिषा थापा र गणेश विक चयन हुनुभएको हो ।
त्यसैगरी नवगठित समितीले ६ सदस्य सल्लाहकार समितीको गठन गरेको छ । समितीको सदस्यमा थुमराज ढुँगाना,गीता थापा, दान बहादुर थापा,टीका संगम वि.क. विमल पाण्डे, वीरेन्द्र थापा चयन हुनुभएको हो ।
सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै वडिगाड गाउँपालिकाद्धारा विभिन्न स्थानमा सिसिक्यामेरा राखिँदै
जिल्लाको वडिगाड गाउँपालिकाले प्रजातन्त्र दिवशको अवसर पारेर आइतबार पालिकाका विभिन्न स्थानमा सिसिक्यामेरा जोड्ने निर्णय गरेको छ ।
बजार क्षेत्र तथा सिमा नाका क्षेत्रका विभिन्न १९ स्थानमा शान्ती सुरक्षालाई मध्यनजर राख्दै सिसि क्यामेरा जडान गर्ने निर्णय गरिएको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । बजार क्षेत्रमा उत्तिकै सुरक्षा आवस्कता रहेको र अन्य सिमाना क्षेत्रमा समेत सिसि क्यामेराको आवस्यकता औल्याँदै विभिन्न स्थानमा क्यामेरा जडान गर्ने निर्णय भएवमोजिम सोमबार देखिनै काम सुरु गरिने पालिका अध्यक्ष थापाको भनाई छ । गाउँपालिकाको आसपासमा ३ वटा नगरपालिका छन पालिकाको अधिकांस बजार क्षेत्र मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा रहेको र उक्त क्षेत्रमा वस्ति बद्दै गएपछि सुरक्षा आवस्यकता समेत बढाउनु पर्ने आवस्यकता महसुस गर्दे क्यामेरा जडान अभियान थालिएको हो ।
गाउँपालिकाको वडा नं. २ को खर्वाङ बजार, हाँडिखोला, गल्कोट नगरपालिका र वडिगाड गाउँपालिकाको सिमाना, मुसिकोट नगरपालिका र वडिगाड गाउँपालिकाको सिमाना, न्वार बजार, खौलार बजार, खाल बजार भिमगिठे बजार तथा ढोरपाटन नगरपालिकाको सिमाक्षेत्र तर्फ समेत सिसि क्यामेरा जडान गर्न थालिएको बताइएको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा , उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, जनप्रतिनिधी कर्मचारी लगाएतको उपश्थितीमा सिसिक्यामेरा राख्ने स्थलको अनुगमन समेत गरिएको थियो ।
रक्तिम साँस्कृतिक अभियान बागलुङको छैठौँ जिल्ला सम्मेलन ढोरपाटनमा सुरु
रपाटन फाल्गुन ७
राष्ट्रिय जनमोर्चा निकट रक्तिम साँस्कृतिक अभियान बागलुङको छैठौँ जिल्ला सम्मेलन ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आइतबार देखि सुरु भएको छ ।
रक्तिम साँस्कृतिक अभियान जिल्ला समिति बागलुङको आयोजनमा आयोजित खुल्ला सत्रको कार्यक्रम बुर्तिबाङ बजारमा ¥याली सहित परिक्रमा गर्दे लक्ष्मिकुण्ड रोडमा औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हो ।
रक्तिम साँस्कृतिक अभियान बागलुङका अध्यक्ष सहविन अर्गेजाको अध्यक्षतामा आयोजित कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष गिरी प्रसाद बुढाको प्रमुख अतिथ्यता रहेको थियो ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, नेकपा मसालका जिल्ला प्रवक्ता मेक बहादुर पाईजा, राष्ट्रि जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, अखिल नेपाल यूवक संघ केन्द्रिय महासचिव भिमशेन वन, अखिल नेपाल बुद्धिजिवी संघ केन्द्रिय सदस्य धन बहादुर कुवंर, खअिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष भिमदत्त ढकाल, जातिय समता समाज केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नर बहादुर सुनारले वोल्नुभयो ।
आयोजित कार्यक्रममा वक्ताहरुले वोल्दै रक्तिम साँस्कृतिक अभियान पार्टी तथा पार्टीमा आबद्ध नेता कार्यक्रतालाई उचाईमा पु¥याउने एक दरिलो माध्यम रहेको बताए । उनिहरुले सानै उमेरदेखि साँस्कृर्तिक अभियानमा लागेको व्यक्तिले आफनो क्षमता प्रस्फुटन गर्दे राजनितीक उचाईमा पुग्न र धेरै कुरा सिक्ने अवसर प्राप्त हुने बताउँदै रक्तिम साँस्कृर्तिक अभियानकै माध्यमबाट चेतनाको विकाश तथा समाज रुपान्तरणमा समेत सहयोग पुग्दै आइरहेको बताइएको हो ।

पछिल्लो समय पश्चिमा संस्कृर्ति नेपालमा भित्रिँदै गर्दा लामो समय देखि कला संस्कृर्तिमा योगदान पु¥याएका कलाकार पछाडि परेको र यहाँको कला संस्कृर्ति लोप हुँदै गएको भन्दै त्यसको जर्गेना गर्न सवैले सम्मोन्य कारि भुमिका खेल्नुपर्ने बताए । कार्यक्रमका वक्ताहरुले नेपाल जस्तो स्वाभिमानी देशलाई थिचो मिचो पारेर भारतिय र अमेरिकन राम्राज्यलाई वेच्न खोजिरहेको अरोप लगाए । देशमा संघियता घाँडो भइसकेको बताउँदै राष्ट्रिय जनमोर्चाले दश बर्ष पहिलेदेखि भन्दै आएको विषय अन्य दलले वल्ल बुझ्न थालेको राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डेले बताउनु भयो । देशमा मौलाएको भ्रष्टाचार, वेतिथी, अन्याय अत्याचार र महंगिले सिमा नाघिसकेका कारण सचेत नागरिकले त्यसको विरुद्धमा आवाज उठाउँदै सरकारलाई खवरदारि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकै अवसरमा अखिल नेपाल महिला संघ ढोरपाटन नगर अध्यक्ष धन कुमारी कुवंर, अखिल नेपाल शिक्षक संघ जिल्ला सहसचिव तथा ढोरपाटन नगर सदस्य सुनमाया घर्ति , जनसांस्कृतिक महासंघ केन्द्रिय कलाकार हेमेन्द्र घर्ति, लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।

विभिन्न कलाकारको बवोड प्रस्तुतीका साथमा सञ्चालित कार्यक्रम रक्तिम साँस्कृतिक अभियान जिल्ला उपाध्यक्ष टीकासंगम वि.क.को स्वागत ,रक्तिम साँस्कृतिक अभियान जिल्ला सहसचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै वन्द सत्रको कार्यक्रममा साँगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, नयां कार्यसमिती निर्माण लगाएतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
वडिगाड गाउँपालिकाद्धारा सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै विभिन्न १८ स्थानमा सिसिक्यामेरा जडान
वडिगाड फाल्गुन ७
जिल्लाको वडिगाड गाउँपालिकाले प्रजातन्त्र दिवशको अवसर पारेर आइतबार पालिकाका विभिन्न स्थानमा सिसिक्यामेरा जडान गरेको छ ।
बजार क्षेत्र तथा सिमा नाका क्षेत्रका विभिन्न १८ स्थानमा शान्ती सुरक्षालाई मध्यनजर राख्दै सिसि क्यामेरा जडान गरिएको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । बजार क्षेत्रमा उत्तिकै सुरक्षा आवस्कता रहेको र अन्य सिमाना क्षेत्रमा समेत सिसि क्यामेराको आवस्यकता औल्याँदै विभिन्न स्थानमा क्यामेरा जडान गरिएको पालिका अध्यक्ष थापाको भनाई छ । गाउँपालिकाको आसपासमा ३ वटा नगरपालिका छन पालिकाको अधिकांस बजार क्षेत्र मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा रहेको र उक्त क्षेत्रमा वस्ति बद्दै गएपछि सुरक्षा आवस्यकता समेत बढाउनु पर्ने आवस्यकता महसुस गर्दे क्यामेरा जडान गरिएको हो ।
गाउँपालिकाको वडा नं. २ को खर्वाङ बजार, हाँडिखोला, गल्कोट नगरपालिका र वडिगाड गाउँपालिकाको सिमाना, मुसिकोट नगरपालिका र वडिगाड गाउँपालिकाको सिमाना, न्वार बजार, खौलार बजार, खाल बजार भिमगिठे बजार तथा ढोरपाटन नगरपालिकाको सिमाक्षेत्र तर्फ समेत सिसि क्यामेरा जडान गरिएको बताइएको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा , उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, जनप्रतिनधिी लगाएतको उपश्थितीमा अनुगमन समेत गरिएको थियो ।









