ट्याक्टरको ठक्करबाट चामिद्वारमा १३ वर्षीय बालकको मृत्यु ।।

बुर्तिबाङ,बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजे ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित