वडिगाड गाउँपालिकाद्धारा सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै विभिन्न १८ स्थानमा सिसिक्यामेरा जडान

वडिगाड फाल्गुन ७
जिल्लाको वडिगाड गाउँपालिकाले प्रजातन्त्र दिवशको अवसर पारेर आइतबार पालिकाका विभिन्न स्थानमा सिसिक्यामेरा जडान गरेको छ ।
बजार क्षेत्र तथा सिमा नाका क्षेत्रका विभिन्न १८ स्थानमा शान्ती सुरक्षालाई मध्यनजर राख्दै सिसि क्यामेरा जडान गरिएको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । बजार क्षेत्रमा उत्तिकै सुरक्षा आवस्कता रहेको र अन्य सिमाना क्षेत्रमा समेत सिसि क्यामेराको आवस्यकता औल्याँदै विभिन्न स्थानमा क्यामेरा जडान गरिएको पालिका अध्यक्ष थापाको भनाई छ । गाउँपालिकाको आसपासमा ३ वटा नगरपालिका छन पालिकाको अधिकांस बजार क्षेत्र मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा रहेको र उक्त क्षेत्रमा वस्ति बद्दै गएपछि सुरक्षा आवस्यकता समेत बढाउनु पर्ने आवस्यकता महसुस गर्दे क्यामेरा जडान गरिएको हो ।
गाउँपालिकाको वडा नं. २ को खर्वाङ बजार, हाँडिखोला, गल्कोट नगरपालिका र वडिगाड गाउँपालिकाको सिमाना, मुसिकोट नगरपालिका र वडिगाड गाउँपालिकाको सिमाना, न्वार बजार, खौलार बजार, खाल बजार भिमगिठे बजार तथा ढोरपाटन नगरपालिकाको सिमाक्षेत्र तर्फ समेत सिसि क्यामेरा जडान गरिएको बताइएको छ ।  गाउँपालिका अध्यक्ष गण्डकी थापा , उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, जनप्रतिनधिी लगाएतको उपश्थितीमा अनुगमन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित