रक्तिम साँस्कृर्तिक अभियान बागलुङको छैठौँ जिल्ला सम्मेलन: अध्यक्षमा अर्गेजा

बुर्तिबाङ फाल्गुन ८
रक्तिम साँस्कृर्तिक अभियान बागलुङको छैठौँ जिल्ला सम्मेलन बुर्तिबाङमा सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको बन्द सत्रबाट पुनह अध्यक्ष पदमा ढोरपाटन नगरपालिकाका सहविन अर्गेजा चयन हुनुभएको हो ।
सम्मेलनबाट दुई वैकल्पिक सदस्य सहित १५ सदस्य समितीको गठन भएको हो समितीकोे उपाध्यक्ष पदमा पूर्ण बहादुर भुजेल, सचिव कुल बहादुर छन्त्याल,रुनमाया थापा कोषाध्यक्ष, प्रमिला परियार सहसचिवमा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सवराज छन्त्याल,दिलेन्द्र बुढामगर,रुनमाया सलामी, सुमन बुढा,जेनिसा थापा,सुसन कंडेल,लोक बहादुर गिरी, प्रकाश थापा र वैकल्पिक सदस्यमा मनिषा थापा र गणेश विक चयन हुनुभएको हो ।
त्यसैगरी नवगठित समितीले ६ सदस्य सल्लाहकार समितीको गठन गरेको छ । समितीको सदस्यमा थुमराज ढुँगाना,गीता थापा, दान बहादुर थापा,टीका संगम वि.क. विमल पाण्डे, वीरेन्द्र थापा चयन हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित