राष्ट्रिय जनमोर्चाको दोश्रो ढोरपाटन नगर सम्मेलन बुर्तिबाङमा सुरु ।

बुर्तिबाङ
राष्ट्रिय जनमोर्चाको दोश्रो ढोरपाटन नगर सम्मेलन बुर्तिबाङमा शुक्रबार सुरु भएको छ ।

वडा स्तरको समिती गठन गरेको राष्ट्रिय जनमोर्चाले वन्दसत्र मार्फत नगरपालिकाको नेतृत्व चयन गर्ने गरि उद्घाटन सत्रको कार्यक्रम सम्पन्न गर्दे बन्द सत्रको कार्यक्रममा प्रवेश गरेको हो ।

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष दिपक थापाको अध्यक्षतामा आयोजित उद्घाटन सत्रको कार्यक्रम बुर्तिबाङ बजारमा ¥यालि सहित बजार परिक्रमा गर्दे लक्ष्मिकुण्ड चोकमा एक कार्यक्रमका विच उद्घाटन सत्रको कार्यक्रम सम्पन्नभएको हो ।

आयोजित सभालाई राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुखअतिथी राजेन्द्र ढुँगानाले सम्वोधनगर्दे देशको स्वाधिनता जोगाउने र देशको रक्षागर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्र रहेको बताउनु भयो । वर्तमान अवस्थामा पद र सत्ताका निम्ती सबै दलहरु लालाहित भइरहेको बताउँदै देशको रक्षा संविधानको रक्षा र लोकतन्त्रको मूल्य र मान्यतालाई सबै दलहरुले ब्रिसियर सत्ताको खेलमा लडिरहेको आरोप लगाउनु भयो ।

प्रतिगमनकारी तत्वलाई परास्त पार्न पाँचदलिय गठवन्धन बनेर निर्वाचनमा संगै लडेपनी अहिले आएर पुनह नेकपा माओबादी पदलुप्ता भएर फेरी नेकपा एमाले संग साँठगाँठ गर्न पुग्दा जनताले दिएको अभिमत र विस्वास गुमेको स्मरण गर्दे देशको विकास, समृद्धि र नागरीकको हकअधिकार स्थापितगर्नुभन्दापनी कसरी हुन्छ दलहरु अस्थिरता ल्याउने, विदेशीको गुलामीवन्ने र सत्तालुप्ता बन्दा देश संकटको घडिमा अगाडी बढेको प्रस्ट पार्नुभयो ।

राष्ट्रिय जनमोर्चाले प्रतिगमनबाट देशलाई जोगाउन नेपाली कांग्रेस संग पनी निर्वाचनमा तालमेल गरेर होमियो अन्यपाँचदलसंग सहयात्राग¥यो’ तरपनी देशको हित र नागरिकको हकअधिकार संविधानको जर्गेना, लोकतन्त्रको रक्षाका निम्ती कसैसंग पनी खरावमनाशायबाट अगाडी नबद्ने बताउँदै अडिकका साथअहिले प्रतिपक्षदल१ सिट मात्रभएपनी राष्ट्रिय जनमोर्चा रहेको बताउनु भयो ।

कार्यक्रमका अवसरमा विशिष्ठ अतिथीको रुपमा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेलेवोल्दै देश विदेशिको इशारामा चलिरहेको र विदेशी शक्तिको आडमा तानाशाहहरुले शाशनगरिरहेको आरोप लगाउनुभयो । अमेरिका , भारत लगाएतका देशको इसारामा नयाँ नयाँ दल गठन भएर जनतालाई दाश वनाउने , जनताको रगत र वलिदानीबाट प्राप्त संविधान, लोकतन्त्र र गणतन्त्रलाई धरासायीवनाउने शक्तिहरु चलाएमान भइरहेको बताउँदै देशप्रमेमी नागरिक सचेत हुनुपर्ने बताउनु भयो ,
त्यस्तै राष्ट्रिय जनमोर्चाकाकेन्द्रिय सल्लाहकार तथा जिल्ला अध्यक्ष अमर बहादुर थापाले वोल्दै देशमाजुनसुकै पार्टीको उदयभएपनी सत्ता र स्वार्थको लडाइमा निहितभइरहको बताउँदै नेताकार्यक्रता लाई विचलन नहुन आग्रहगर्दे संगठन निर्माणमा होमिन आग्रहगर्नुभयो ।

विभिन्न साँस्कृर्तिक कार्यक्रम नृत्य सहित सञ्चालन भएको कार्यक्रममा अखिल नेपाल बुद्धिजिवि संघ केन्द्रिय सदस्य धनबहादुर कुवंर, अखिल नेपाल जनजाती सम्मेलन केन्द्रिय सदस्य तम बहादुर घर्ति, जातिय समता समाज केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नर बहादुर सुनार, अखिल नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारी, रक्तिम सांस्कृर्तिक अभियान केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष सहविन अर्गेजा, अखिल छैठोँको तर्फदेखि विमल पाण्डे, राजमो जिल्ला सचिव भिमलालपोख्रेल लगाएत नेताकार्यक्रताको आतिथ्यता रहेको कार्यक्रम राजमो ढोरपाटन नगर सचिव तुल्सीराम खरेलको स्वागत, रक्तिम सांस्कृर्तिक अभियानजिल्ला सचिव कुलबहादुर छन्त्यालको सञ्चालमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्नभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित