spot_img

हात्तिपाईले रोग विरुद्धको औषधी सेवन अभियान प्रभावकारी रुपमा अगाडी बढाइँदै

बुर्तिबाङ फाल्गुन १३ गते
निसीखोला गाउँपालिकाले हालसम्म १२,५५८ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाएको छ । कुल जनसँख्या मध्ये ५२.८ प्रतिशत नागरिकले औषधिको सेवन गरिसकेको र अन्यका लागी अभियान जारी रहेको निसीखोला गाउँपालिका स्वास्थ्य सम्योजक टोप बहादुर चन्दले बताउनु भयो ।
कुल २३,७९४ मध्ये गर्भवती, दिर्घ रोगी, २ बर्ष मुनिका बालवालिका लाई बाहेक अन्यका लागी औषधी खुवाउने अभियान जारी रहेको बताइएको हो । स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंम सेविकाको प्रत्यक्ष सहभागितामा घर घरमै पुगेर औषधी खुवाउने अभियान जारी राखिएको स्वास्थ्य सम्योजक चन्दले बताउनु भयो । यसबर्ष १४ औँ पटक बागलुङमा हात्ति पाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको र यसै वर्ष अन्तिम बर्षको रुपमा लिने गरी अभियान अगाडी बढाइएको हो । औषधी खान नचाहानेका लागी समेत स्वास्थ्य कर्मीले सम्झाई बुझाई औषधी खुवाइरहेको चन्दको भनाई छ ।
तमानखोला गाउँपालिकाले पनी अभियानलाई तिव्रता दिएको छ गाउँपालिका स्वास्थ्य सम्योजक तिलक छन्त्यालका अनुसार हालसम्म ७६२२ जनाले औषधी सेवन गरिसकेको र बाँकी ३९०९ जनालाई खुवाउन बाँकी रहेको बताउनु भयो । तमानखोला गाउँपालिकामा समेत स्वास्थ्य कर्मी, जनप्रतिनिधी, कर्मचारी, महिला स्वास्थ्य स्वयंम सेवीका लगाएतको सक्रियतामा अभियान जारी रहेको हो ।
ढोरपाटन नगरपालिकाले समेत अभियानलाई तिव्रता दिएको छ हालसम्म औषधी खान मिल्ने २९ हजार मध्ये हालसम्म २१,८९५ जनाले औषधी सेवन गरिसकेका छन औषधी खान योग्य सँख्याको कुल ७४ दशमलव २३ प्रतिशत नागरिकले औषधी सेवन गरेका हुन अभियान जारी रहेको ढोरपाटन नगरपालिका स्वास्थ्य सम्योजक केशव थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित