बुर्तिबाङमा सहकारी सञ्चालक तथा प्रमुखका विचमा अन्र्तक्रिया कार्यक्रम

फाल्गुन ९ गते
बुर्तिबाङमा सहकारी सञ्चालक तथा प्रमुखका विचमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला वचत संघ बागलुङको व्यवस्थापन तथा केन्द्रिय वचत संघ नेफ्सकुनको आयोजनामा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा कृयाशिल विभिन्न १८ वटा सहकारी संस्थाका अध्यक्ष, सचिव, प्रवन्धकका विचमा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अवसरमा सहकारी संस्थाको अवस्था, चुनौवी, भावि रणनीती र सम्भावना तथा सहकारी संस्थालाई हाल परेको समस्याका विषयमा सहभागिको विचमा अन्र्तकृया गरिएको जनाईएको छ ।
जिल्ला वचत संघ बागलुङका अध्यक्ष तथा केन्द्रिय वचत संघ नेफ्सकुनका केन्द्य्रिय सदस्य चण्डी प्रसाद सर्मा पौडेलको अध्यक्षता , वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका अवसरमा जिल्ला वचत संघ बागलुङका अध्यक्ष तथा केन्द्रिय वचत संघ नेफ्सकुनका सञ्चालक चण्डी प्रसाद सर्माले सहभागिले अन्र्तकृया कार्यक्रममा राखेका गुनासो जिज्ञासा तथा समस्याको विषयमा आफनो धारणा राख्दै सहकारी संस्था क्रण दिने र वचत गर्ने माध्यम मात्र नभई नागरिकलाई आर्थिक उर्पाजन संग जोड्ने तथा उनिहरुको समस्यामा हातेमालो गर्ने माध्यम रहेको बताउनु भयो । सहकारीका कारण देशलाई आर्थिक रुपमा अगाडी बढाउन तथा नागरिकका समस्यामा सहकारीले महत्वपूर्ण भुमिका खेल्दै आएको प्रस्ट पार्नुभयो
उहाँले थप वोल्दै पछिल्लो समय केहि सहकारी संस्थामा सञ्चालकको कमजोरीका कारण अन्य उत्कृष्ट लक्ष्य लिएर अगाडी बढेका सहकारी संस्थालाई समेत असर परिरहेका कारण त्यसलाई चिर्दे आफनो लक्ष्यमा अगाडी बद्नुपर्ने बताउनु भयो । सहकारीले आफना सेयर सदस्यका मनोभावना बुझ्ने, उनिहरुलाई आत्मर्भिर वनाउने र आयआर्जनका माध्यममा सहजिकरण तथा प्रोत्साहन गर्ने जस्ता कार्यमा भुमिका खेल्न समेत आग्रह गर्दे सहकारी सहकारी विच अस्वस्थ्य प्रतिस्प्रर्धा नभई सम्मोन्यकारी भुमिकामा एकरुपता आवस्यक रहेको बताउनु भयो । कार्यक्रमका अवसरमा नेफस्कुन फिल्ड सम्योजक पोखराका प्रशिक्षक यमकली पौडेलले सहजिकरण गनर््ुभएको थियो ।
जिल्ला वचत संघका उपसचिव विर बहादुर किसानको स्वागत, जिल्ला वचत संघका सञ्चालक उत्तम महतको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित