
रपाटन फाल्गुन ७
राष्ट्रिय जनमोर्चा निकट रक्तिम साँस्कृतिक अभियान बागलुङको छैठौँ जिल्ला सम्मेलन ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आइतबार देखि सुरु भएको छ ।
रक्तिम साँस्कृतिक अभियान जिल्ला समिति बागलुङको आयोजनमा आयोजित खुल्ला सत्रको कार्यक्रम बुर्तिबाङ बजारमा ¥याली सहित परिक्रमा गर्दे लक्ष्मिकुण्ड रोडमा औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हो ।
रक्तिम साँस्कृतिक अभियान बागलुङका अध्यक्ष सहविन अर्गेजाको अध्यक्षतामा आयोजित कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष गिरी प्रसाद बुढाको प्रमुख अतिथ्यता रहेको थियो ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, नेकपा मसालका जिल्ला प्रवक्ता मेक बहादुर पाईजा, राष्ट्रि जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, अखिल नेपाल यूवक संघ केन्द्रिय महासचिव भिमशेन वन, अखिल नेपाल बुद्धिजिवी संघ केन्द्रिय सदस्य धन बहादुर कुवंर, खअिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष भिमदत्त ढकाल, जातिय समता समाज केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नर बहादुर सुनारले वोल्नुभयो ।
आयोजित कार्यक्रममा वक्ताहरुले वोल्दै रक्तिम साँस्कृतिक अभियान पार्टी तथा पार्टीमा आबद्ध नेता कार्यक्रतालाई उचाईमा पु¥याउने एक दरिलो माध्यम रहेको बताए । उनिहरुले सानै उमेरदेखि साँस्कृर्तिक अभियानमा लागेको व्यक्तिले आफनो क्षमता प्रस्फुटन गर्दे राजनितीक उचाईमा पुग्न र धेरै कुरा सिक्ने अवसर प्राप्त हुने बताउँदै रक्तिम साँस्कृर्तिक अभियानकै माध्यमबाट चेतनाको विकाश तथा समाज रुपान्तरणमा समेत सहयोग पुग्दै आइरहेको बताइएको हो ।
पछिल्लो समय पश्चिमा संस्कृर्ति नेपालमा भित्रिँदै गर्दा लामो समय देखि कला संस्कृर्तिमा योगदान पु¥याएका कलाकार पछाडि परेको र यहाँको कला संस्कृर्ति लोप हुँदै गएको भन्दै त्यसको जर्गेना गर्न सवैले सम्मोन्य कारि भुमिका खेल्नुपर्ने बताए । कार्यक्रमका वक्ताहरुले नेपाल जस्तो स्वाभिमानी देशलाई थिचो मिचो पारेर भारतिय र अमेरिकन राम्राज्यलाई वेच्न खोजिरहेको अरोप लगाए । देशमा संघियता घाँडो भइसकेको बताउँदै राष्ट्रिय जनमोर्चाले दश बर्ष पहिलेदेखि भन्दै आएको विषय अन्य दलले वल्ल बुझ्न थालेको राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डेले बताउनु भयो । देशमा मौलाएको भ्रष्टाचार, वेतिथी, अन्याय अत्याचार र महंगिले सिमा नाघिसकेका कारण सचेत नागरिकले त्यसको विरुद्धमा आवाज उठाउँदै सरकारलाई खवरदारि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकै अवसरमा अखिल नेपाल महिला संघ ढोरपाटन नगर अध्यक्ष धन कुमारी कुवंर, अखिल नेपाल शिक्षक संघ जिल्ला सहसचिव तथा ढोरपाटन नगर सदस्य सुनमाया घर्ति , जनसांस्कृतिक महासंघ केन्द्रिय कलाकार हेमेन्द्र घर्ति, लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।
विभिन्न कलाकारको बवोड प्रस्तुतीका साथमा सञ्चालित कार्यक्रम रक्तिम साँस्कृतिक अभियान जिल्ला उपाध्यक्ष टीकासंगम वि.क.को स्वागत ,रक्तिम साँस्कृतिक अभियान जिल्ला सहसचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै वन्द सत्रको कार्यक्रममा साँगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, नयां कार्यसमिती निर्माण लगाएतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।