बुर्तिबाङ फाल्गुन ३०
लायन्स क्लब अफ ढोरपाटन बुर्तिबाङद्धारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार सिविरका निम्ती सहयोग हस्तान्त्रण गरिएको छ ।
क्लबका निवर्तमान अध्यक्ष केशव थापा, अध्यक्ष राम प्रसाद आर्चाय लगाएत क्लबका पदादिकारीद्धारा शिविरमा क्लबको तर्फदेखि सम्मोन्य गर्दे चस्मा, औषधी, मास्क लगाएतका सामाग्रि हस्तान्त्रण गरिएको क्लब अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो ।
सामाजिक सेवा भावसंग जोडिएको संस्था भएका कारण आफुहरुको पनी अपनत्व हुने गरि शिविरमा आफुहरुले सहजिकरण गरिएको क्लबका निवर्तमान अध्यक्ष केशव थापाको भनाई छ । स्वास्थ्य सामाग्रि ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली , डा. आषिश लगाएतको टिमलाई हस्तान्त्रण गरिएको थियो
त्यस्तै सोमबार क्लबले समितीको पुनर गठन गरेको छ । शन २०२३÷२४ का लागी राम प्रसाद आर्चाय अध्यक्ष रहेको समितीको गठन गरीएको हो । समितीको प्रथम उपाध्यक्ष छविलाल पाण्डे, दितिय उपाध्यक्ष सुमन सुनार, सचिव मुक्तिनाथ लोहनी, कोषाध्यक्ष पुर्ण प्रसाद सापकोटा लगाएत १६ सदस्य समितीको गठन गरिएको हो । विगत ४ बर्षदेखि यस क्षेत्रमा सञ्चालित उक्त क्लबले विभिन्न सामाजिक कार्यक्रम गर्दे आइरहेको छ ।
स्वर्गिय ऋतुवर्ण पौडेल अध्यक्ष रहेको पहिलो समिती गठन भएसंगै क्रमश रामनारायण सुवेदी, केशव थापाले अध्यक्ष पदमा नेतृत्व गरिसक्नु भएको छ ।