ढोरपाटन उ.वा.संघको साधारण सभा तथा प्रथम अधिवेशन :उत्पादनलाई जोड्ने गरि अगाडी बढ्छौँ सांसद भट्टचन

चैत्र १८ गते शनिवार बुर्तिबाङ
ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको प्रथम अधिवेशन तथा साधारण सभा सुरु भएको छ । बुर्तिबाङ बजारमा सुरु भएको अधिवेशन तथा साधारण सभाको उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएसंगै वन्द सत्रको कार्यक्रम सुरु हुने भएको हो ।
अधिवेशनबाट सहमती वा निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भन्ने विषय बन्द सत्रबाट मात्रै थाहा हुने बताइएको हो हालसम्म सहमतीको टुँगो लागिसकेको छैन ।
आयोजित उद्धघाटन सत्रको कार्यक्रमलाई संघिय सांसद देवी प्रकाश भट्टचनले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे सहमतीको प्रयासबाट नेतृत्व चयन गर्न सुझाव दिनुभयो । उहाँले व्यवसाहीको हक हित र अधिकारका निम्ती व्यवसाही विच समोन्य र सहकार्य आवस्यक पर्ने भएका कारण सहमतीबाट नेतृत्व चयन गर्दे अगाडी बद्नुपर्ने बताउँदै यस क्ष्ोत्रको विकास निर्माण, उद्योग, व्यवसायको विस्तार र विकाशका निम्ती उद्योग वाािण्ज्य संघले महत्वपूर्ण भुमिका खेल्ने बिस्वास व्यक्त गर्नुभयो ।


‘सांसद भट्टचनले पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीको अवस्था र त्यसले व्यवसायमा पारेको प्रभावका विषयमा वोल्दै आफहुरुले व्यवसाहीको हक हितमा संधै साथ दिने प्रतिबद्धता समेत जनाउनु भयो । आफुले यस क्षेत्रमा प्रभु बैँक तथा वित्तिय संस्थामार्फत यहाँको आर्थिक विकासका निम्ती सहकार्य गरिरहेको बताउँदै यहाँ बैँक तथा वित्तिय संस्था हुँदै गर्दा व्यवसाहीलाई कर्जा लगानी, वचत तथा उत्पादनका क्षेत्रमा जोडिन सहज भएको बताउँदै आगामी दिनमा आफुहरुले व्यवसाहीको हित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भयो’ ।
उहाँले यहाँ ढुँगा,फलाम खानी, कृषि, प्रर्यटन र जलश्रोतको प्रशस्त सम्भावना बोकेको क्षेत्र भएका कारण स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार संग सम्मोन्य गर्दे दिर्घकालिन रणनिती सहितको योजना अगाडी बढाउने अभियानमा आफुहरु जोडिने बताउनु भयो ।


कार्यक्रमका अवसरमा बिशिष्ठ अतिथी एवंम गण्डकी प्रदेश सांसद जित बहादुर शेरचनले वोल्दै उत्पादनलाई जोड्न नसक्दा देशले प्रत्यक बर्ष आयातलाई मात्रै बढाउँदै गएको र आत्मनिर्भतरता तर्फ ध्यान जान नसकेका कारण अवको क्रान्ती उत्पादन र निर्यात तर्फको रहेको बताउँदै यहाँ रहेका उचित सम्भावनाको खोजि गर्दे अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । हालसम्म उद्योग विस्तार तथा उत्पादन संग जोडिन नसकी केवल विदेशी मुलुकले उत्पादन गरेका वस्तु विक्री गर्नतर्फ मात्रै ध्यान गएका कारण अवको समय उत्पादन रोजगारी र जनताको समस्यालाई सम्वोधन गर्ने विकासमा जोड दिने गरि आफुहरु लागिरहेको बताउनु भयो ।
कार्यक्रमकै अवसरमा विशिष्ठ अतिथी गण्डकी प्रदेश सांसद दिलमाया पौवीले बोल्दै आयातलाई मात्रै प्राथमिकता दिँदा देश झनझन कमजोर बन्दै गइरहेको बताउँदै कृर्षि, प्रर्यटन, उद्योग विकासका निम्ती सबैको सहकार्य र सम्मोन्य रहनुपर्ने बताउनु भयो । उद्योग व्यवसायलाई बढावा दिन सबै तहका सरकारको भुमिका अपरिहार्य रहनुपर्ने बताउँदै व्यवसाही, कृषकले उत्पादन गरेका वस्तुको उचित मुल्यांकलन हुने वातावरण बनाउन सरकार, उद्योग वाणिज्य संघ लगाएतको समान धारणा र कार्यक्रम हुनुपर्ने अवको आवस्यकता रहेको औँल्याउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगर उपप्रमुख धन बहादुर कायत, नेपाली कांग्रेसका नेता टेकराज पौडेल, नेकपा एमालेका टंक प्रसाद पौडेल, नेकपा माओबादी केन्द्रका निल बहादुर पुन, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डे,आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख शालिकराम सर्मा, निसी भुजी जनता क्याम्पस सञ्चालन समिती अध्यक्ष शान्तराज सर्मा गल्कोट उद्योग वाणिज्य संघ अध्यक्ष विरेन्द्र श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका प्रथम अध्यक्ष हर्क बहादुरु गुरुङ लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । सहभागि वक्ताहरुले उद्योग वाणिज्य संघलाई व्यवसाहीको हक हित तथा यस क्षेत्रको उत्पादन, बजारिकरण र प्रर्यटन, कृषि लगाएतका क्षेत्रसंग जोडिने गरि काम गर्न समेत सुझाव दिएका छन ।
कार्यक्रमका अवसरमा संस्थाका दित्तिय उपाध्यक्ष उत्तम बहादुर महत द्धारा संस्थाको प्रगती र भावि रणनिती विषयक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । संस्थाका अध्यक्ष चिन्तामणी सर्मा कंडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष निमलाल पाण्डेको स्वागत, सदस्य सोम बहादुर पौवी र ज्ञान प्रसाद कंडेलको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । साँझ बन्द सत्रको कार्यक्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित