चैत्र २३ गते
निसीखोला गाउँपालिकाले व्यवसाहीक बाख्रा पालक कृषकका निम्ती सञ्चालन गरेको ३ दिने तालिम बिहिबार सम्पन्न भएको छ ।
गत मंगलबार निसीखोला गाउँपालिका पशु सेवा शाखाको आयोजनामा भएको तालिममा बाख्राको उत्पादन, बाख्रामा हुने रोग र संक्रमण, त्यसको उपचार र निवारण बाख्राको खाना, खोर व्यवस्थापन, सरसफाई लगाएतका विषयमा कृषकलाई तालिम दिइएको हो । आयोजित तालिममा सहभागि कृषकहरुले आफुहरुलाई यस्तो तालिमले व्यवसाही बाख्रा पालनमा थप उत्प्रेरणा र अनुभव प्राप्त भएको बताउँदै आफुहरु समय समयमा सिप, ज्ञान संगै पालिकाले अनुदान, घाँस, खसि बनाउने मेशिन लगाएतका क्षेत्रमा समेत सहयोग गर्नुपर्नेमा जोड दिएका हुन ।
आयोजित समापन सत्रको कार्यक्रमलाई गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले प्रमुख अतिथीको रुपमा बोल्दै निसीखोला गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताउनु भयो । पालिकाले निरन्तर सहयोग गर्दे जान्छ तर कृषकहरु व्यवसाही बन्नु प¥यो पुर्खाले सयौँ गाई भैँसी आफनै सिप ज्ञान बाट पाल्दै आएका थिए तर हामीले तालिम अनुदान जस्ता कार्यक्रममा ध्यान दिँदा समेत उत्पादन बद्न नसकेको बताउँदै यहिँ पेशाबाट अगाडी बद्ने लक्ष्य कृषकले लिनुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै अर्गनिक र स्थानीय उत्पादनलाई जोड दिनसकेमात्र कृषकले राम्रो परिणाम लिन सक्ने बताउनु भयो । निसीखोला गाउँपालिका बाख्रा पालन क्षेत्रका निम्ती राम्रो सम्भावना भएको ठाउँ रहेको बताउँदै व्यवसाहिक र विस्तारित तवरले बाख्रा पालनमा होमिन कृषकलाई उहाँले अपिल गर्नुभयो । उन्नत जातका बाख्रा खरिद गर्ने निहुँमा त्यसको सहि व्यवस्थापन गर्न नसक्दा कृषकलाई थप मर्का पर्ने बताउँदै स्थानीय जातको उत्पादनलाई जोड्न सके बजार माग र उत्पादनमा समेत सहजता हुने प्रस्ट पार्नुभयो ।
गाउँपालिकाले व्यवसाहीक कृषकलाई अनुदानका कार्यक्रममा समेत सहयोग गर्दे आइहरेको छ ।
कार्यक्रमका अवसरमा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,पशु शाखा प्रमुख कृष्ण चन्द तालिममा सहभागिको तर्फबाट ईद बहादुर रसाईली,प्रेमला बुढा लगाएतले आफ्नो मन्तव्य राखेका थिए । वडा नं. २ का अध्यक्ष तथा गाउँपाकिला आर्थिक समितीका सम्योजक कुविर विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख जयराम पुन ,कृषि शाखा प्रमुख तारा बहादुर परियार,लगाएतको उपस्थिति रहेको कार्यक्रम पशु प्राविधिक दल बहादुर शाहीको सञ्चालनमा सम्पन्न भएको थियो