चैत्र २२ गते
नमुना शहर बुर्तिबाङ बजारमै दलित वस्तिको बाहुल्यता रहेको घम्चिन टोलमा अझै सम्मपनी सहज खानेपानीको पहुँच र व्यवस्थित सडक निर्माण, ढल निकास नहुँदा स्थानीय समस्यामा पर्दे आएका छन ।
बुधबार बिहान गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुवंर , दिलमाया पौवी, नयां शहर आयोजना बुर्तिबाङका प्राविधिक प्रमुख अविशेक अधिकारी लगाएत लाई सम्मान गर्दे स्थानीयले आफनो समस्या प्रति ध्यानाकर्षण गराएका हुन ।
उनिहरुले आफुहरु बजारकै एक छेउँमा रहेपनी राज्यले गर्ने विकास निर्माणमा फरक नजरले हेर्ने गरेको गुनासो गरेका हुन ।
खानेपानी छ निकै कम मात्रामा आउँछ सडक छ व्यवस्थित छैन अझैसम्म ढलान हुन सकेको छैन ढल निकासका निम्ती नालि छ तर निकास हुन नसक्दा आफुहरुलाई निकै समस्या परिहरेको स्थानीय हेमराज बिश्वकर्माले सुनाए
आफुहरुले पटक पटक स्थानिय सरकार, नया, शहर आयोजना तथा प्रदेश र संघ सम्म पनीआफुहरुको समस्याका विषयमा ध्यानाकर्षण गराएपनी सुनुवाई हुन नसकेको स्थानीयअमिक श्रेष्ठको भनाई थियो ।
स्थानियको समस्या र गुनासो सुन्न स्थानियकै टोल वस्तिमा पुगेका माननिय दोर्ण कुमार कुवंर र दिलमाया पौवीले स्थानीयको समस्यालाई सम्वोधन गर्नका निम्ती आर्थिक बर्ष २०८०÷०८१ को बजेटमा नयां शहर आयोजनाबाट सडक ढलान गर्ने गरी योजना पार्न आफुले पहल गरिसकेको बताउनु भयो ।
खानेपानीको पनी समस्या छ मैले पहिले सांसद नहुँदै गर्दा पनी खानोपनी व्यवस्थापनका निम्ती बजेट पारेको थियं अव पुनह यहि बैसाख महिनामा पाईप व्यवस्थापनका निम्ती पहल गर्ने र आगामी दिनमा ट्याँकी निर्माण गरि थप खानेपानीको सहज पहुँच पु¥याउने गरि काम गर्ने सांसद द्धय दोर्ण कुमार कुवंर र दिलमाया पौवीले प्रतिबद्धता जनाउनु भयो ।
सांसद दोर्ण कुमार कुवंरले थप वोल्दै आफुहरुले जनताका समस्या राम्रो संग बुझेका कारण आफु र माननिय दिलमाया पौवी, स्थानीय सरकार, संघ सरकार सबैले मिलेर यस क्षेत्रको बिकास निर्माणमा हातेमालो गर्ने बताउनु भयो ।
यसै विच नयां शहर आयोजना कार्यालयका प्रमुख अभिषेक अधिकारीले बोल्दै आगामी बर्षको बजेटमा सडक र ढल निर्माणको काममा आफुहरुले काम अगाडी बढाउने बताउँदै स्थानीयले समेत योजना निर्माणमा समोन्यकारी भुमिका खेल्नुपर्ने बताउनु भयो । आयोजित कार्यक्रमका अवसरमा वडा नं। १ का अध्यक्ष वान बहादुर छन्त्याल, नयां शहर आयोजना कार्यालयका कर्मचारी, स्थानीय वासी लगाएतको उपश्थिती रहेको थियो ।