नेपाली काँग्रेस द्धारा पार्टिको तर्फदेखि उ.वा.संघ बुर्तिबाङमा निर्वाचित टिमलाई सम्मान

चैत्र २३ गते

नेपाली काँग्रेस ढोरपाटन नगरपालिका द्धारा ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङ ढोरपाटनमा नेपाली काँग्रेस बाट निर्वाचित भएका पदाधिकारीलाई पार्टीले सम्मान गरेको छ ।
बिहिबार एक कार्यक्रमको आयोजना गरी अध्यक्षमा निर्वाचित ढालेन्द्र छन्त्याल , कोषाध्यक्ष दिपक कुमार अदै सहित १३ सदस्य पदादिकारीलाई सम्मान गरिएको हो ।

नेपाली काँग्रेस ढोरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापति जोकलाल बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि बुढाले निर्वाचित टिमलाई बढाई सहित सफल कार्यकालको शुभकामना दिनुभयो उहाँले व्यवसाहीक क्षेत्रको विकास र यस क्षेत्रको विकासमा हातेमालो गर्ने गरी अगाडी बद्न सुझाव समेत दिनुभयो

निर्वाचित पदाधिकारीलाई सम्मानपत्र, खादा र अविर सहित सम्मान गरिएको थियो । कार्यक्रममा
नेपाली काग्रेस प्रदेश सभा (ख) का सभापती मेशलाल शर्मा,नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धन बहादुर कायत लगाएतको उपस्थिति रहेको थियो । नगर सभापति धन बहादुर कायतको स्वागत र कोषिस जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img