ढोरपाटन २ सेराका कृषकलाई दिइएको ३ महिने आइपिएम कृषक पाठशाला कार्यक्रम सकियो

चैत्र २३
ढोरपाटन २ सेराका कृषकलाई दिइएको ३ महिने आइपिएम कृषक पाठशाला कार्यक्रम बिहिबार सम्पन्न भएको छ
जिल्ला कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा सुरु भएको तालिममा स्थानीय ३० जना कृषकले तालिममा सहभागिता जनाएका हुन ।
बिहिबार आयोजित एक समारोह कार्यक्रमका विच कृषि ज्ञान केन्द्र बागलुङका प्रमुखभानुभक्त भट्टराईले प्रमुख अतिथीको रुपमा बोल्दै कृषि क्षेत्रको बिकास हुन नसकेमा देशको बिकास र समृद्धिको ढोका खुल्न नसक्ने बताउनु भयो ।
बागलुङ जिल्लामा ३५ हजार बढि कृषक कृषि पेशामा आवद्ध रहेपनी कृषि क्षेत्रको परिणाम बाहिर आउन नसकेको बताउनु भयो । पछिल्लो समय २५ सय बढि कृषकले कुनै न कुनै तवरबाट अनुदानका कार्यक्रममा सहभागिता जनाइरहेको बताउँदै मिहिनेती र इमानदारी कृषकका समस्या र अनुदानमा राज्यले सम्वोधन गर्ने बताउनु भयो ।
कार्यक्रममका अवसरमा वडा नं. २ का अध्यक्ष भेक बहादुर खत्री, वडा नं. ३ का अध्यक्ष खिमबहादुर सुनार, प्रशिक्षक तथा ढोरपाटन नगरपालिका कृर्षि शाखा प्रमुख महेन्द्र अधिकारी, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका अवसरमा स्थानीय कृषकको तर्फदेखि नृत्य, कविता, गित गजल समेत प्रस्तुत गरेका हुन । कृषकलाई ३ महिने तालिममा रोग किरा नियन्त्रण, बाली उत्पादन तरिका, गुणस्तरिय विउको छनौट लगाएतका विषयमा सिकाइएको थियो ।
आलुको उत्पादनका विषयमा दिइएको तालिम व्यवहारिक रहेको कृषकहरुले बताएका थिए । आगामी दिनमा समेत यस्ता कार्यक्रम अवस्यक रहेको उनिहरुको धारणा थियो । कार्यक्रम युवराज पाण्डको अध्यक्षता, सुनिता कुवंरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित