चैत्र २२
गण्डकी प्रदेश सभा सदस्य द्धय दोर्ण कुमार कुवंर र दिलमाया पौवीद्धारा ढोरपाटन नगरपालिका वडा नं. ३ स्थित फर्साघाट देखि चाचल जोड्ने झलुङगे पुलको बुधबार उद्घाटन गर्नुभएको छ ।
सांसद दोर्ण कुमार कुवंरको पहलमा निर्माण सम्पन्न भएको २४३ मिटर लामो झलुङगे पुल गत पौष महिनादेखि निर्माण सुरु भई दुई महिनामै निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न पश्चात यतिवेला उक्त पुलले आन्तरिक प्रर्यटक लोभ्याउन थालेको छ । बिशेष गरि ढोरपाटन नगरपालिका वडा नं. ३ को पुर्काट, घोँसा, सामा लगाएतका स्थान्ीयलाई वारपार गर्नका निम्ती सहज हुने गरी बनाईएको उक्त पुल यतिवेला स्थानीयको सहजता संगै आन्तरिक प्रर्यटक पुग्ने र सेल्फि लिने ठाँउ समेत बनेको हो । प्रकृर्ति संग आनन्त लिँदै प्रर्यटकहरु पुल वारपार गर्ने , फोटा खिच्ने, टिकटक बनाउने गर्दे आएका हुन । बुर्तिबाङ बजार तथा आसपासका क्षेत्रमा प्रर्यटकले आनन्द लिने घुम्ने स्थानको अभाव भएका कारण पनी पुलले प्रर्यटन प्रर्वधनमा टेवा पु¥याएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ३ का अध्यक्ष खिम बहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएका गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवंर र विशिष्ठ अतिथी सांसद दिलमाया पौवीले रिवन काटेर पुलको विधिवत उद्धघाटन गर्नुभयो । आयोजित कार्यक्रममा वोल्दै सांसद कुवंरले आफुले जनताको सास्तिलाई देखेर पुल निर्माणमा पहल थालेको बताउनु भयो । यहाँका नागरिकलाई पुल निर्माणले वारपार गर्न सहज हुनुका साथै समयको हिसावले धेरै समय बचत हुने बताउँदै आफुले चाचलघाट मोटरेवल पुल निर्माणका निम्ती समेत आफु र माननिय दिलमाया
पौवीले निरन्तर सम्वन्धित निकायमा पहल गरिहरको प्रस्ट पार्नुभयो ।मोटरेवल पुल धेरै थाउँमा निर्माण पहल गर्नुभएका सांसद कुवंरले मोटरेवल पुललाई समेत प्राथमिकता साथ पहल अगाडी बढाउँदै आएको बताउनु भयो । कार्यक्रममा विशिष्ठ अतिथी माननिय दिलमाया पौवीले वोल्दै विकास निर्माण मार्फत नागरिकका समस्या सम्वोधन गर्नु आफुहरुको दायित्व भएका कारण जनताको समस्यामा सम्मोन्य गरेर अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा अवसरमा स्थानीयको तर्फदेखि वडा अध्यक्ष खिम बहादुर वि.क, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, निवर्तमान वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, उद्योग वाािज्य संघ बुर्तिबाङका उपाध्यक्ष सोम बहादुर पौवी, समाजसेवी धन बहादुर कुवंर, लोक बहादुर वि.क., गंगा बहादुर घर्ति ,देउराली प्राथमिक विद्यालयका प्रअ स्याम बहादुर वोहोरा लगाएतको आतिथ्यता एवंम मन्तव्य रहेको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले आकाशे पुल निर्माणले यहाँको विकासमा टेवा पु¥याउनुका साथै स्थानियलाई सहजता हुनु र प्रर्यटकिय हिसावले समेत महत्वपूर्ण रहेको बताएका हुन । कार्यक्रम रेशम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।