तमानखोलामा प्रधानमन्त्री रोजगार कार्यक्रम ः ६० प्रतिशत काम सम्पन्न

विनोद विश्वकर्मा,बुर्तिबाङ ,बागलुङ
जिल्लाको तमानखोला गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० अन्र्तगतको प्रधानमन्त्री रोजगार कार्यक्रमको काम ६० प्रतिशत काम सम्मपन्न भएको छ ।

कुल ३८ योजना रहेकोमा चैत्र अन्तिम सम्ममा १९ वटा योजना झुक्तानि सकिएको तमानखोला गाउँपालिका रोजगार संयोजक चेतलाल चालिसेले जानकारी दिनु भयो । पालिका संगको समन्वयमा सञ्चालित १४ वटा योजना मध्य ७ वटा सम्पन्न भएको संयोजक चालिसेले जानकारी दिनु भयो । अहिले पनि आयोजनाको काम अहिले पनि चलिरहेकाले अन्तिम सम्ममा काम सम्पन्न हुने चालिसेले जानकारी बताउनु भयो ।


तमानखोलामा गाउँपालिकामा पालिका संगको समन्वयमा सञ्चालन गरिएका योजना प्रभावकारी देखिएको चालिसेको भनाई छ । “पालिका संगको समन्वय संग गरिएको योजना अलि प्रभावकारी देखिएको छ ,दिगो र टिकाउ पनि हुन्छ यसमा पालिकाको प्रत्यक्ष सहभागिता रहन्छ श्रमिक लाई काम गराउन समेत सहज बन्छ ” रोजगार संयोजक चालिसेले भन्नु भयो ।

यस वर्ष तमानखोलामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत खानेपानी मर्मत,गोरेटो बाटो मर्मत,र टतबन्धन निमार्ण अन्र्तगतको काम भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित