spot_img

तमाखोला गाउँपालिकाको अभियान: खाली ठाउँमा फलफुलका विरुवा रोपिँदै

चैत्र २६ बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकाले खालि रहेको स्थानमा फलफलुका विरुवा उत्पादन सुरु गरेको छ । खाली रहेको तर उर्भर भुमिमा विभिन्न प्रजातिका फलफुल उत्पादन हुने देखिएपछी फलफुलका विरुवा लगाउने अभियान सुरु गरिएको वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो ।
पालिकाको वडा नं. ४ तमान गाउँका विभिन्न सार्वजनिक स्थानमा यसबर्षदेखि ओखर आरु, स्याउ लगाएतका फलफुलका विरुवा रोपिएको र यसलाई क्रमश बृद्धि गर्दे लगिने वडा अध्यक्ष श्रीपालीको भनाई छ ।

मलिलो र फलफुल उत्पादन हुन सक्ने वातावरण र हावापानी भएको सम्भावना देखेर हामीले यो प्रयास गरेका छौँ केहि साथीहरुले दुई बर्ष पहिले लगाएको स्याउको विरुवा हुर्किसकेको र अवको एक दुई बर्षमा उत्पादन दिन सक्ने देखेपछि आफुहरुले फलफुलका विरुवा रोपिएको बताउनु भयो ।
थोरै मिहिनेतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका विरुवा लगाइएको छ ।
पालिकाले कृषकलाई फलफुल खेति तर्फ आर्कषित गर्ने गरि पचास प्रतिशत अनुदानमा फलफुलका विरुवा उपलब्ध गराएको हो ।

यस आर्थिक बर्षमा मात्रै १५०० विरुवा उपलब्ध गराइसकेको छ । वडा नं. ४ को सार्वजनिक क्षेत्रमा निशुल्क विरुवा उपलब्ध गराईपनी कृषकले आफनो बारिमा लगाउनका निम्ती पचास प्रतिशतमा फलफुलका विरुवा हस्तान्त्रण गरिएको कृषि शाखा प्राविधिक शन्देस पराजुलिको भनाई छ ।

हिँउदे र बर्खे गरि दुई सिजनमा विरुवा उपलब्ध गराउने गरि पालिकाले बजेट विनीयोजन गरेको छ । पहिलो चरणमा हिँउदे सिजनमा लगाउने विरुवा उपलब्ध गराइसकिएको र बर्खे सिजनमा लगाउने विरुवा जेठ महिनामा उपलब्ध गराइने पराजुलीको भनाई छ ।

सार्वजनिक बाँझो जमिनको सदुपयोग गर्दे कृषकलाई समेत फलफुल पेशामार्फत आर्थिक उर्पाजनमा जोड्ने गरि पालिकाले यस्तो कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो । पहिलो चरणमा विस्वा लगाईपनी आगामी बर्षदेखि विरुवाको रेखदेख, सम्रक्षण मलजल लगाएतका कार्यक्रममा अगाडी बढिने प्राविधिक शन्देस पराजुलीले बताउनु भयो ।

व्यवसाय दर्ता गरेर अगाडी बढेका ४० बढि कृषकले फलफुलका विरुवा व्यवसाहीक रुपमा उत्पादन गर्ने गरि आफनो बारिमा लगाउनु भएको छ । अन्य कृषकले समेत आफनो खाली उर्भर भुमिमा लगाउने गरि विरुवा लैजानु भएको छ । अधिकांस स्थानमा प्राविधिकनै पुगेर विरुवा लगाउने स्थानको पहिचान गर्ने र कृषकलाई सहज हुने गरि काम गरेको वडा नंं ४ का अध्यक्ष छ प्रसाद श्रीपालिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित