बैशाख २ गते
पश्चिम बागलुङका व्यवसाहीहरु द्धारा शनिवार निर्माण व्यवसाही संघ इकाई गठन गरिएको छ । क्षेत्र नं. २ बागलुङ प्रदेश सभा २ अन्र्तगत निर्माण व्यवसाहीहरुको भेलाले खिम बहादुर पुन अध्यक्ष रहेको ९ सदस्य समितीको गठन गरिएको जनाईएको छ ।
समितीको उपाध्यक्षमा जाल बहादुर कुवंर क्षेत्री, सचिव तेजिन्द्र थापा, कोषाध्यक्ष खुम बहादुर अदै, सदस्यहरुमा क्रमश नरजंग घर्तिमगर, मसुमन अर्गेजा, धर्म बहादुर घर्ति, लालसिंह घर्ति शिवराज कंडेल चयन भएका छन ।
त्यस्तै दिपक कुमार अदै सहित ४ सदस्य सल्लाहकार समितीको गठन गरिएको छ ।
समितीमा सुरेन्द्र कुमार बुढा मगर, लिङकन घर्ति मगर, लाल बहादुर घर्ति रहनु भएको हो । ठेक्का व्यवस्थापन समिती तर्फ सुमित घर्ति मगर, लालसिंह घर्ति, भुमिराज पुन, तारा घर्ति मगर, विर बहादुर वि.क. चयन हुनुभएको हो ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालका र तमानखोला गाउँपालिका अन्र्तगत रहेका व्यवसाही समितीमा आवद्ध रहेका हुन । निर्माण व्यवसाही संघ बागलुङ जिल्ला सदस्य दिपक कुमार अदैको अध्यक्षतामा बसेको बैठकले समितीको चयन गरिएको बताइएको छ ।