
विनोद रसाईली, बुर्तिबाङ, बागलुङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्ज १२ वर्ष पुरा भई १३ वर्षमा प्रबेश गरेको छ ।
“गरिवी निवारणको लागि वातावरणि स्वास्थ्य शिक्षा” द्धारा सञ्चालित रेडियोले सामाजिक उत्तर दायित्व अन्र्तगत बाल गृहमा आश्रित २७ जना बालवालिकालाई कपि तथा पेन्शिल हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रममो आयोजना गदै रेडियोले बाल गृहमा पुगेर हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष झक बहादुर बुढा,तमानखोला गाउँपालिका कार्यपालिका सदस्य मिना कुमारी बुढाथोकी,लगाएतको उस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष बुढाले रेडियोलाई १३ वर्ष प्रबेशको अवसरमा सुभकामना दिदै समाजमा रेडियोको महत्व रहेको भन्दै रेडियोले यस्तोखालको काम प्रशंसनिय रहेको बताउनु भएको थियो । सहयोगले विद्यार्थीको शिक्षामा उल्लेखनिय सहयोग गर्ने बताउनु भएको छ ।
यस्तै रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पण्डेले बिद्यार्थी शिक्षामा सहयोग पुग्ने आशाका साथ सहयोग गरिएको बताउनु भयो । पण्डेले रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा रहेका वेशाहरा तथा अनाथ बालबालिकाको लागी सहयोग गर्न पाउदा खुशी भएको प्रतिक्रिया दिनु भयो । साथै रेडियोले ढोरपाटन नगरपालिका २ को खल्लबाङमा रहेको अर्नाकोट माध्यामिक विद्यालयका २० जना विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण गरिएको छ ।
बागलुङ जिल्लाको पश्चिम क्षेत्र सहितआसपासकाजिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, पर्वत, म्याग्दी, मुस्ताङ, प्युठान, रुकुम, रोल्पा, रुपन्देही, स्याङजा, नवलपरासी, कपिलवस्तु लगाएत क्षेत्रकाश्रोताले प्रत्यक्ष र अनलाईन मार्फत विश्वभर सुन्दै आउनु भएको छ । विभिन्नचुनौतीकोभिड १९ तथाविभिन्नप्राकृर्तिक विपत्तिको सामनागर्दे सिमितश्रोत र साधनका बावजुट यस क्षेत्रको विकास समृद्धिमा स्थानिय सरकार तथाअन्यविभिन्ननिकायले गरिरहेका राम्राकामको प्रचार प्रसार खराबप्रबृर्तिको निरन्तर खवरदारी गर्ने यहाँकाकला संस्कृर्ति, पर्यटन प्रर्वधनलाई जर्गेनागर्ने, राज्यको नजर पुग्ननसकेको क्षेत्रमा राज्यलाई उत्तरदायीबनाउने नागरिकलाई सुसुचितबनाउने जस्ता कार्यमा रेडियोले निरन्तर भुमिका निर्वाह गर्दे आइरहेको छ ।