spot_img

जिल्ला प्रशासन बागलुङ द्धारा बुर्तिबाङ बजार अनुगमन

बुर्तिबाङ ,बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा बुर्तिबाङमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको सक्रियतामा बुर्तिबाङ बजारका दुई दर्जन बढि पसल, होटल मेडिकलको अनुगमन गरिएको हो ।

यहाँ स्थित होटल, विभिन्न मेडिकल, गल्ला किराना पसल, पाउरोटी उद्योग, होटल लगाएतको अनुगमन गरिएको थियो । खाध्य वस्तुको म्याद रहे नरहेको, होटलमा सरसफाईको अवस्था, मेडिकल तथा फार्म सिमाफार्मसिस्ट भए नभएको, व्यवसायदर्ता भएन भएको लगाएतका विषयमा अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा दुई वटा मेडिकल बन्द गरिएको हो । क्षितिज पोलिक्लिनिक एक स्थानमा दर्ता गरि दुई स्थानबाट व्यवसाय गरिएको र सिटि क्लिनिकमा फार्मसिस्ट नभएका कारण नगरपालिकामा ध्यानाकर्षण गराउने गरि सटर बन्दगर्न लगाइएको थियो ।
त्यस्तै अनुगमन गरिएका व्यावसायी मध्य अधिकांसलाई दर्ता प्रमाणपत्र देखिने स्थानमा राख्न , मुल्य सुचि टाँस गर्न, व्यवसाय अनिवार्य स्थानिय तहमा समेत दर्ता गर्न , लेवलन भएका सामान नराख्न सुझाब दिइएको थियो ।
एक महिनामा पुनह अनुगमन गरिने र दिइएको सुझाव पालना नभएको खण्डमा कार्वाही प्रक्रिया अगाडी बढाउने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत दिनेश शर्मा, ढोरपाटन नगरपालिकाको तर्फदेखि चुडामणी भुषाल, पत्रकार, प्रहरी , उद्योग बाािण्ज्य संघ ढोरपाटनका पदाधिकारी लगाएतको उपश्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित